Dictionary

All Word

21701 गुरुबा/गुरुबाबु ना. २. मन्त्रदान गर्ने आचार्य।
21702 गुरुबा/गुरुबाबु ना. ३. पण्डित बाजे; पुरोहित बाजे।
21703 गुरुबा/गुरुबाबु ना. ४. विरोधी कुरो सिकाउने (व्यङ्ग्यमा )।
21704 गुरु भाटो ना. छाना छाउँदा दाँतीका दुवैतिरबाट च्यापेर लगाइने मुख्य भाटो; ज्वारभाटो; धरमभाटो।
21705 गुरुभेटी ना. हे. गुरुदक्षिणा।
21706 गुरुमन्त्र ना. १. गुरुद्वारा दीक्षाका रूपमा गुप्तरूपले दिइने मन्त्र; गायत्री मन्त्र।
21707 गुरुमन्त्र ना. २. कुनै खास कामका निम्ति योग्य वा अनुभवी व्यक्तिबाट पाइने युक्ति; प्रेरणा वा मन्त्रणा।
21708 गुरुमन्त्र ना. ३. खराब कामका निम्ति उक्साउने वा हौस्याउने सल्लाह (व्यङ्ग्यार्थमा)।
21709 गुरुमा ना. १. पढाउने स्त्री; गुरुआमा; शिक्षिका; अध्यापिका।
21710 गुरुमा ना. २. गुरुपत्नी।
21711 गुरुमा ना. ३. मन्त्रदान गर्ने स्त्री।
21712 गुरुमापा ना. नेपालको प्राचीन इतिहासमा प्रसिद्ध, फागुन शुक्ल पूर्णिमाका राति काठमाडौँको टुँडिखेलमा भोजन दिइने गरिएको एक बालभक्षक राक्षस।
21713 गुरुमुख ना. १. गुरुको मुखारविन्द।
21714 गुरुमुख ना. २. गुरुका मुखबाट मन्त्र सुन्ने वा दीक्षा लिने काम। वि.
21715 गुरुमुख ना. ३. कुनै गुरुबाट धार्मिक दृष्टिले मन्त्र लिइएको वा सिकिएको।
21716 गुरुमुखी ना. पञ्जाबी भाषाको लिपि।
21717 गुरुयोजना ना. कुनै निर्माणकार्य वा उद्योग आदिको सञ्चालनका लागि तयार गरिएको मुख्य योजना वा कार्यक्रम।
21718 गुरुवार/गुरुवासर ना. बृहस्पतिवार; बिहीबार।
21719 गुर्कनु अ.क्रि. भीरपहरा आदिबाट खस्नु वा झर्नु; लड्नु; मर्नु।
21720 गुर्काइ ना. गुर्किने वा गुर्काउने क्रिया- प्रक्रिया।
21721 गुर्काइनु क.क्रि. गुर्किने पारिनु।
21722 गुर्काउनु स.क्रि. १. कुनै वस्तुलाई साहसपूर्वक पल्टाउनु; कुनै काम हिम्मतसाथ गर्नु।
21723 गुर्काउनु स.क्रि. २. फुर्तीसाथ खानु।
21724 गुर्काउनु स.क्रि. ३. मैथुन गर्नु; बलात्कार गर्नु।
21725 गुर्किनु अ.क्रि. १. भीरपहराबाट खसेर वा फाल हालेर मर्नु; चोला उठ्नु।
21726 गुर्किनु अ.क्रि. २. गुर्कनु।
21727 गुर्क्याइ ना. गुर्किने भाव, क्रिया वा प्रक्रिया।
21728 गुर्जा ना. सुनचाँदीबाट बनाइएको विशेष खालको माङ्गलिक दण्ड वा गदा।
21729 गुर्जु ना. १. बौद्धमार्गी नेवार-जातिको पुरोहित; वज्राचार्य।
21730 गुर्जु ना. २. वज्राचार्यजातिका पुरुषलाई सम्बोधन गर्दा भनिने आदरसूचक शब्द।
21731 गुर्जो ना. पीपलका जस्तै पात हुने, मसिना राता फल फल्ने र पहेँला फूल फुल्ने तथा मोटो डाँठ हुने, आयुर्वेदिक औषधीका निम्ति उपयुक्त लहरो वा बुटी; गुडूची।
21732 गुर्दुङ ना. घर छाइसकेपछि मेलो मार्न डाँडा, भाँटा र खरलाई चोयाले कस्ने काम; धुरी मार्ने काम।
21733 गुर्दुम ना. ढुङ्गा, माटा आदिको ढिस्को; चट्टान।
21734 गुर्दौली ना. मसिना थुँगा र पहेँलो रङको फूल फुल्ने एक जातको फूल; हे. गोदावरी।
21735 गुर्बो ना. एउटै भेट्नामा सेता टीका-टीका परेका अनेक पात हुने र बिचमा घुम्रेको शङ्खाकार रातो रङको ठुलो एउटा पात हुने, त्यसका बिचमा घोगो र घोगाका माथिल्लापट्टि पहेँलो कोपिला हुने, भ्याकुरजस्तो सेतो कन्द फल्ने एक वनस्पति; आयुर्वेदका अनुसार शूलरोग र अलकाईलाई नाश गर्ने त्यसैको कन्द।
21736 गुर्भे ना. दिनमा आँखा नदेख्ने र लाटोजस्तो भएर एकै ठाउँमा गुँडुल्किरहने एक थरी विषालु सर्प।
21737 गुर्र क्रि.वि. गुडेको शब्द सुनिने गरी (कुनै वस्तु); कराएको वा गर्जेको आवाज आउने गरी (पेट कराउने, बाघ-भालु गर्जने, बादल गड्कने आदि किसिम )।
21738 गुर्रागुर्री ना. परस्परमा आवेशपूर्वक देखाउने आक्रोश; ङार्रङुर्र।
21739 गुर्रिनु अ.क्रि. १. गुरगुर शब्द गर्नु; वायुविकारले पेट कराउनु।
21740 गुर्रिनु अ.क्रि. २. बाघ, भालु आदि गर्जनु।
21741 गुर्रिनु अ.क्रि. ३. गोलो वा चक्कावाल वस्तु गुड्नु वा गुडेको आवाज आउनु।
21742 गुऱ्याई ना. गुर्रिने तथा गुऱ्याइने भाव, क्रिया वा प्रक्रिया।
21743 गुऱ्याईनु क.क्रि. गुऱ्याउने काम गरिनु; गुडाइनु।
21744 गुऱ्याउनु प्रे. क्रि. १. कुनै गोलो परेको वस्तुलाई गुडाउनु; हुत्त्याउनु; हुऱ्याउनु।
21745 गुऱ्याउनु प्रे. क्रि. २. गुर्रिन लाउनु।
21746 गुलकन्द ना. अत्तरगुलाफका पातहरू माडेर चिनीमा मली काँचको भाँडामा हालेर सूर्यपाकद्वारा तयार गरिएको सुगन्धित मुरब्बा।
21747 गुलजार वि . १. चहलपहल वा रमिताले पूर्ण भएको (बस्ती,सहर आदि); हरिलोभरिलो तथा आकर्षक (खेती, बगैँचा आदि)।
21748 गुलजार वि . २. आनन्ददायक; शोभायुक्त; सुशोभित (घर, परिवार आदि )।
21749 गुलदस्ता ना. फूल र पातहरू सजाई राम्ररी बाँधिएको सुन्दर गुच्छा वा झुप्पा।
21750 गुलबकावली ना. धाप वा गिलो जमिनमा उम्रने, विभिन्न रङका लामा र सुगन्धित फूल फुल्ने एक बोट वा त्यसैको फूल।