Dictionary

All Word

21501 गुनगुनाहट ना. गुनगुनाउने चाल वा काम।
21502 गुना ना. १. पल्ट; खेप; ताल।
21503 गुना ना. २. स्तनपायी वर्गमा पर्ने, लामो पुच्छर भएको, वानर-जातिको एक प्रकार; लामपुछ्रे बाँदर। वि.
21504 गुना ना. ३. हे. गुणा।
21505 गुना ना. पेच काटिएको रेखा।
21506 गुनाइ ना. गुन्ने भाव, क्रिया वा प्रक्रिया।
21507 गुनाइनु क.क्रि. गुन्न लाइनु।
21508 गुनाउनु प्रे. क्रि. गुन्न लाउनु।
21509 गुनासो ना. १. आत्मीय जनसँग प्रकट गरिने मनको पिर-मर्का वा दुखेसो।
21510 गुनासो ना. २. शोक-प्रकट; पछुतो।
21511 गुनाह १. दोष; कसुर; अपराध।
21512 गुनाह २. पाप।
21513 गुनाहगार वि. १. अपराधी; कसुरदार; अभियुक्त।
21514 गुनाहगार वि. २. पापी।
21515 गुनिउँ ना. गुन्यू।
21516 गुनिउँ चोलो ना. गुन्यूचोलो।
21517 गुनिनु क.क्रि. विचार गरिनु; सोचिनु।
21518 गुनिया ना. हे. गुन्यू।
21519 गुनिया चोलो ना. गुन्यूचोलो।
21520 गुनिलो वि . १. अर्काले गरेको गुणलाई नबिर्सने; गुणको कदर गर्ने; कृतज्ञ।
21521 गुनिलो वि . २. गुणवान्; गुनी।
21522 गुनी ना. कालो अनुहार हुने र पुच्छर लामो हुने, शरीरको रङ सेतो र कालो मिसिएर खैरोखैरो देखिने एक जातको वानर; पहरे बाँदर।
21523 गुनी ना. गुण भएको; कृतज्ञ; गुणी।
21524 गुनुगुनु क्रि.वि. स्पष्टसँग नसुनिने गरी बिस्तारै कुरा गर्ने वा गाउने किसिमले; अझ चड्का गुनगुन हुने चालमा।
21525 गुनेरगानु ना. हे. गुन्दरगानु।
21526 गुन्जाइस ना. हुने, रहने, राखिने वा अटाउने ठाउँ; अवकाश।
21527 गुन्टा ना. हे. गुन्टो।
21528 गुन्टागुन्टी ना. साना-ठुला धेरै गुन्टा; पोकोपन्तरो; कुम्लोकुटुरो।
21529 गुन्टिनु अ.क्रि. १. गुन्टाजस्तो भई बेरिनु; एकै पोको परेर बेरिनु।
21530 गुन्टिनु अ.क्रि. २. ग्याँचे हुनु; पुड्को हुनु।
21531 गुन्टिनु अ.क्रि. ३. असफल वा फेल हुनु।
21532 गुन्टिनु अ.क्रि. ४. खतम हुनु; घुसमुन्टिनु।
21533 गुन्टे वि. १. गुन्टाका छाँटको; ग्याँचे; पुड्को।२. गुन्टेमार्सी।
21534 गुन्टे मार्सी ना. खैरा, बाटुला गेडा फल्ने एक जातको धान; त्यसैको चामल; गुन्टे।
21535 गुन्टो ना. ओढ्नेबिछ्याउने आदि बेरेर डोरीले कसेको ठुलो पोको; त्यस्ता लुगाफाटाको गुठुरो (बेडिङ)।
21536 गुन्ट्याइ ना. गुन्टिने क्रिया वा प्रक्रिया।
21537 गुन्ट्याइनु क.क्रि. गुन्ट्याउने काम गरिनु।
21538 गुन्ट्याउनु स.क्रि. गुन्टा बनाउनु; गुन्टाजस्तो पार्नु।
21539 गुन्ठुनिनु अ.क्रि. १. गाँठागाँठा पारेर बटारिनु वा साह्रो हुनु; पुक्कपुक्क परी मसिना डल्ला निस्कनु।
21540 गुन्ठुनिनु अ.क्रि. २. ग्याँचे हुनु; डल्लिनु वा पुड्किनु।
21541 गुन्डा ना. हे. गुन्डो।
21542 गुन्डागिरी ना. दल वा गठ बनाई सिधासाधा व्यक्तिहरूलाई ढाँट्ने, छल्ने, लुट्ने, पिट्ने आदि काम; बदमासी चाल।
21543 गुन्डो वि. १. ठाँटबाँट र रवाफ देखाउने तथा बदमास स्वभाव पनि भएको।
21544 गुन्डो वि. २. सजिसजाउ भएको; ठाँटिलो।
21545 गुन्डो वि. ३. लाज-घिन पचेको वा स्वास्नीमानिससँग लहसिन खोज्ने; रन्डीबाज।
21546 गुन्ड्याइँ ना. गुन्डो हुनाको क्रिया वा ढाँचा।
21547 गुन्दरगानु ना. बाटुला पात हुने, पहेँला ससाना फूल फुल्ने, राता मसिना बाटुला फल लाग्ने, जरामा फल्ने तथा विषनाशक र सन्निपात ज्वर नाश गर्ने गुण भएको भ्याकुरजस्तो कन्द।
21548 गुन्द्री ना. पराल, पाट वा बाबियाका डोरीहरूको तान लगाई गुँद, पराल आदिबाट बनेको सुकुलजस्तो ओछ्याउने।
21549 गुन्द्रुक ना. सागपात आदि भुँड्काभुँड्कीमा खाँदी अमिल्याएर सुकाइएको, तिहुन वा सितन बनाएर खाइने वस्तु।
21550 गुन्द्रुके वि. १. गुन्द्रुकसँग सम्बन्धित; गुन्द्रुक जस्तै।