Dictionary

All Word

21251 गीर्वाण ना. देवता; सुर।
21252 गीर्वाण युद्धविक्रम शाह ना. वि. सं. १८५४-मा जन्म भई ऐ. ५५-मा राजगद्दीमा बस्ने र वि. सं. १८७३-मा दिवङ्गत हुने शाहवंशीय चौथा राजा।
21253 गुँगो वि. बोली राम्ररी नफुटेको; बोल्न नसक्ने; लाटो; लठेब्रो।
21254 गुँज ना. माछो झैँ पानीमा बस्ने, माछाको जस्तै तर विशाल शरीर भएको, फुल पार्ने साटो पशु झैँ बियाउने र बच्चालाई दुध चुसाउने एक अनौठो भीमकाय मत्स्यजाति; सोँस (डल्फिन)।
21255 गुँड ना. १. चराचुरुङ्गीले रुखका हाँगा, टोड्का आदि र घरका दलिन, खटप्वाल आदिमा बनाएको बास बस्ने ठाउँ वा घर; चराहरूको घर।
21256 गुँड ना. २. गर्भ।
21257 गुँड ना. ३. आमा (एकै गुँडका छोराछोरी)।
21258 गुँडुलिनु अ.क्रि. १. सेलरोटीजस्तो बाटुलो हुनु; गुँडुलो पर्नु; गुँडुल्किनु; घुँगुरिनु।
21259 गुँडुलिनु अ.क्रि. २. मान्द्रो, कपडा, बोरा आदि बेरिएजस्तो हुनु।
21260 गुँडुली ना. गुँडलिने काम वा प्रक्रिया।
21261 गुँडुलो ना. वृत्ताकार रेखा, डोरी वा त्यस्तै खालको कुनै पदार्थ; कुँडुलो।
21262 गुँडुल्याइ ना. गुँडुलिने भाव, क्रिया वा प्रक्रिया।
21263 गुँडुल्याइनु क.क्रि. गुँडुलिने पारिनु।
21264 गुँडुल्याउनु प्रे. क्रि. गुँडुलिने पार्नु; गुँडुलो तुल्याउनु।
21265 गुँडुल्किनु अ.क्रि. गुँडुलिनु।
21266 गुँडुल्को ना. १. गुँडुलो। वि.
21267 गुँडुल्को ना. २. गुँडुलोजस्तो; वृत्ताकार।
21268 गुँडुल्क्याइ ना. गुँडुल्किने भाव, क्रिया वा प्रक्रिया।
21269 गुँडुल्क्याइनु क.क्रि. गुडुल्को पारिनु।
21270 गुँडुल्क्याउनु प्रे. क्रि. गुडुल्को पार्नु; गुँडुल्याउनु; गुँडुलिन लाउनु।
21271 गुँडुल्याइ ना. गुँडुलिने भाव, क्रिया वा प्रक्रिया।
21272 गुँडुल्याइनु क.क्रि. गुँडुलो पारिनु।
21273 गुँडुल्याउनु स.क्रि. १. गुँडुलो पार्नु; बाटुलो पार्नु। प्रे. क्रि.
21274 गुँडुल्याउनु स.क्रि. २. गुँडुलिन लाउनु।
21275 गुँद ना. सिम परेको ठाउँमा पलाउने, बोजोका जस्तै च्याप्टा तर लामा पात हुने, पातका टुप्पामा कोदाका जस्तै झुप्पादार फल फल्ने तथा गुन्द्री, सुकुल आदि बुन्न उपयोग हुने एक जातको झार वा त्यसैको जरो; ठुलो जातको मोथे।
21276 गुँद ना. विशेष प्रकारको खोटोबाट बन्ने, अखाद्य भेदमा कागत, कपडा आदि टाँस्ने काममा प्रयोग हुने र खाद्य भेदमा मिठाई, औषधी आदि बनाउन प्रयोग हुने पदार्थ।
21277 गुँदपाक ना. गुँद मिसाई बनेको मिठाई।
21278 गुँदरी ना. हे. गुन्द्री।
21279 गुँला ना. १. दुवैतिर छालाले मोरेको, दायाँतिर हातले र बायाँतिर गजाले बजाइने ढोलक जातको एक बाजा।
21280 गुँला ना. २. श्रावण शुक्लपक्षको प्रतिपदादेखि भाद्र कृष्ण अमावास्यासम्मका जम्मा तिस दिन बौद्ध धर्मावलम्बीहरूले मान्ने धार्मिक चाड वा मेला।
21281 गुइँठे वि. जिउडाल र शरीरको ढाँचा नमिलेको; पुड्को; ग्याँचे।
21282 गुइँठो ना. १. गाईबस्तुको गोबर सुकी बनेको पदार्थ।
21283 गुइँठो ना. २. गोबरको बाटुलो वा थेप्चो चक्का बनाई भित्ताहुँदो सुकाएर बाल्नका निम्ति तयार पारिने मोटो पाप्रो; सुकाएका गोबरको इन्धन।
21284 गुइयाँ ना. १. भित्री सल्लाह; मतो।
21285 गुइयाँ ना. २. आत्मीयता; गहिरो मित्रता।
21286 गुइयाँ ना. ३. खेलकुदमा आफ्नो पक्षको साथी; हित्तचित्त मिलेको साथी; जोडा वा जोडी;सहयोगी।
21287 गुइयाँ ना. ४. कुनै कुराको प्रचार वा हल्ला।
21288 गुएलो ना. हे.गुहेली।
21289 गुघुती ना. हे. घुगुती।
21290 गुचमुच्च क्रि.वि. हे. गुजमुज्ज।
21291 गुच्चा ना. गुडाएर खेल्ने काँच, मसिना आकारको ढुङ्गा आदिको मट्याङ्ग्राका आकारको सानो गोली; गुज्जा।
21292 गुच्छ / गुच्छक ना. गुच्छा।
21293 गुच्छा ना. एकै भेट्नामा फलेका अनेक फल वा एकै भेट्नामा फुलेका अनेक फूलको झुप्पा; गुच्छ; गुच्छक।
21294 गुच्छादार वि. गुच्छैगुच्छा भएको; गुच्छा परेको।
21295 गुच्छो ना. १. फूलहरूको झुप्पो; फूलहरू बाँधिएको मुठो।
21296 गुच्छो ना. २. पोते, धागो, रिबन आदिको झुप्पो।
21297 गुजमुज ना. सलक्क र सिनित्त पर्नुपर्ने कुनै पनि वस्तुमा परेका खुम्चाखुम्ची; खजमज।
21298 गुजमुजिनु अ.क्रि. लुगा आदि वस्तुमा मुजा-मुजा पर्नु; खजमजिनु; गुजुमुज्ज पर्नु।
21299 गुजमुजे वि. गुजुमुजु परेको; खुम्चिएको; मुजैमुजा परेको (गुजमुजे कपाल, गुजमुजे बुट्टा, गजुमुजे सयपत्री इ. )।
21300 गुजमुज्ज क्रि.वि. १. कागत, कपडा आदि खुम्चिने वा गुजमुजिने गरी।