Dictionary

All Word

21101 गिँडिनु क.क्रि. गिँड्ने काम गरिनु; टुक्रिनु; ठुन्किनु।
21102 गिँडी ना. १. उखुको टुक्रा; गिँड।
21103 गिँडी ना. २. पेल्न ठिक्क पारेका उखुका डाँठ।
21104 गिँडुल्कागिँडुल्की ना. साना-ठुला धेरै गिँडुल्का।
21105 गिँडुल्किनु अ.क्रि. लामो डोलो वस्तु काट्दा गिँडुल्का हुनु; गिँडुल्को पर्नु।
21106 गिँडुल्को ना. १. रुख, उखु आदिको छोटोमोटो टुक्रो; ठुन्को; गिँड। वि.
21107 गिँडुल्को ना. २. भद्दा खालको डल्लो; नसुहाउँदो।
21108 गिँडुल्क्याइ ना. गिँडुल्किने भाव, क्रिया प्रक्रिया; गिँडुल्को पार्ने काम।
21109 गिँडुल्क्याइनु क.क्रि. गिँडुल्को पारिनु।
21110 गिँडुल्क्याउनु प्रे. क्रि. गिँडुल्को पार्नु।
21111 गिँडो ना. चनौटोमा चन्दन घोटिने श्रीखण्ड, रक्तचन्दन आदिको टुक्रे काठ।
21112 गिजल्नु स.क्रि. हे. गिजोल्नु।
21113 गिजलाइ ना. गिजल्ने भाव, क्रिया वा प्रक्रिया।
21114 गिजलाइनु क.क्रि. गिजल्न लाइनु।
21115 गिजलाउनु प्रे. क्रि. गिजल्न लाउनु।
21116 गिजलिनु क.क्रि. गिजोलिनु।
21117 गिजलो ना. हे. गिजोलो।
21118 गिजा ना. दाँत उम्रने र दाँतलाई सुरक्षित राख्ने अङ्ग; दाँतको घर।
21119 गिजिनु अ.क्रि. १. रमाइलो वा मनबहलाउका लागि ख्यालठट्टा गर्नु; जिस्किनु; ठट्टामस्करी गर्नु।
21120 गिजिनु अ.क्रि. २. निर्लज्ज भएर बोल्नु; इतरिनु; छिहिलिनु; छाडा कुरा गर्नु।
21121 गिजिङमिजिङ क्रि.वि. १. एकै ठाउँमा थुप्रिने वा सगबगाउने गरी (वस्तु, मानिस आदि )।२. ढङ्ग नपुऱ्याईकन।
21122 गिजिमिजी क्रि.वि. सगबगाउने चाल वा अस्पष्ट शब्दसित; गिजिङमिजिङ।
21123 गिजोल्नु स.क्रि. गिलो वस्तुलाई हातले बेसरी मुछ्नु वा मथेल्नु; गिजोलो पार्नु; हुँडल्नु; फोहरी ढङ्गले माडमुड पार्नु।
21124 गिजोलाइ ना. गिजोल्ने क्रिया वा प्रक्रिया।
21125 गिजोलाइनु क.क्रि. गिजोल्ने काम गराइनु; गिजलाइनु।
21126 गिजोलाउनु प्रे. क्रि. गिजोल्न लाउनु वा फोहरी पाराले मथेल्न लगाउनु।
21127 गिजोलिनु अ.क्रि. गिजोलिने वा मथेलिने काम हुनु; मथेलमाथेल हुनु।
21128 गिजोलो वि. १. दाल-भात, दही चिउरा आदि खानेकुरा मुछेर घिनलाग्दो बनाएको।
21129 गिजोलो वि. २. धेरै थरी काम मिसाएर गज्मौरो पारेको।
21130 गिज्ज क्रि.वि. मुखबाट फिँज काढ्ने वा निस्कने गरी (राल काढ्ने वा थुक निकाल्ने किसिम); घिनलाग्दो किसिमले (गिलो वस्तु मुछ्ने चाल )।
21131 गिज्जिनु हे. गिजिनु।
21132 गिज्याइ ना. १. गिजिने भाव, क्रिया वा प्रक्रिया।[गिज्याउ+आइ]
21133 गिज्याइ ना. २. गिज्याउने भाव, क्रिया वा प्रक्रिया।
21134 गिज्याइनु क.क्रि. गिज्याउने काम गरिनु; जिस्क्याइनु।
21135 गिज्याउनु स.क्रि. १. नाक, मुख आदि चलाएर कसैलाई जिस्क्याउनु; गिज्याउने काम गर्नु।
21136 गिज्याउनु स.क्रि. २. अर्कालाई लाज हुने खालको कुरा गरेर हँसी उडाउनु; ख्यालठट्टा गर्नु।
21137 गिज्याउनु स.क्रि. ३. कसैलाई उत्तेजित पार्नु।
21138 गिटकारी ना. गायनमा ताना छोड्दा घाँटीभित्र हुने एक प्रकारको स्वर-कम्पन।
21139 गिट्टी ना. मेसिनमा टुक्य्राएर अथवा घनले हिर्काएर मसिना पारिएका ढुङ्गाका टुक्रा; रोडा; खण्डाश्म।
21140 गिट्ठो / गिठो ना. तरुलका लहरामा फल्ने डल्लो वा लाम्चो फल।
21141 गिडगिड क्रि.वि. लत्रेर प्रार्थना गर्ने किसिमले; मन नपर्ने गरी; घिडघिड।
21142 गिडगिडाइ ना. गिडगिडाउने भाव, क्रिया वा प्रक्रिया।
21143 गिडगिडाइनु क.क्रि. गिडगिडाउने काम गरिनु।
21144 गिडगिडाउनु अ.क्रि. १. ज्यादै बिन्तिभाउ गर्नु; निमुखा भएर प्रार्थना गर्नु; घिडघिडाउनु।
21145 गिडगिडाउनु अ.क्रि. २. दिक्क लाग्ने गरी कचकचाउनु।
21146 गिडगिडाउनु अ.क्रि. ३. हाँस आदि चरा कराउनु।
21147 गिडान ना. रुख काटिसकेपछि हाँगाबिँगा छिमलेर ठाउँ-ठाउँमा गिँडी गिँड बनाउने काम।
21148 गिताङ्गे ना. गीत गाउने व्यक्ति; गानबजान गर्ने मानिस; गायक।
21149 गितार ना. सारङ्गीका आकारको सितार जस्तै गरी रेटेर बजाइने छवटा तार लागेको एक बाजा।
21150 गितारु वि. गायक।