Dictionary

All Word

20951 गाडिनु क.क्रि. गडिनु; भित्र पस्नु; भासिनु।
20952 गाडी ना. मालमत्ता वा यात्रीलाई एक ठाउँबाट अर्को ठाउँ ओसारपसार गर्ने वाहन; सवारी (मोटर, रेल, बग्गी इ.)।
20953 गाडीवान/वाल ना. गाडी हाँक्ने व्यक्ति; गाडावान; गाडावाल।
20954 गाडे वि. १. बिच डाँडीमा दुवैतिर सिधा पर्ने गरी भुमरी परेको (बस्तुभाउ)।
20955 गाडे वि. २. जोर भुमरी परेको (हलपिराहा मानिने गोरु)।
20956 गाढ वि. १. ज्यादै; घनिष्ठ; धेरै दह्रो; बलियो।
20957 गाढ वि. २. बाक्लो; घना। ना.
20958 गाढ वि. ३. पानीको धार वा प्रवाह; बाढी; गाड।
20959 गाढा वि. १. धेरै; ज्यादै; अतिशय।
20960 गाढा वि. २. बाक्लो; जम्दै गएको (झोल पदार्थ)
20961 गाढा वि. ३. हल्का नभएको; चम्किलो (रङ)।
20962 गाढा वि. ४. घनिष्ट; मिलनशील (प्रेम, सम्बन्ध)।
20963 गाण्डीव ना. पुराणअनुसार अग्निदेवबाट प्राप्त भएको अर्जुनको धनु।
20964 गाता ना. पत्रदार पुस्तकको बचाउका लागि अघिल्लो र पछिल्लो छेउमा पत्रकै आकार बनाएर राखिने काठको पातलो फल्याक वा गत्ता आदिको दह्रो पातो; पुस्तकको जिल्द।
20965 गाताबन्दी वि. गाता बाँधिएको; जिल्द हालिएको।
20966 गातो ना. गाता; जिल्द।
20967 गात्र ना. पृथ्वी, वायु, जल, तेज र आकाशजस्ता पञ्च महाभूततत्त्वबाट निर्मित अन्नमय शरीर; स्थूल शरीर; देह।
20968 गाथ ना. मान्य जनको सन्चोबिसन्चोबारे प्रयोग गरिने शरीरवाची शब्द; शरीर; जिउ।
20969 गाथगादी ना. गाथ र गादी; राजाको गाथ र राजसिंहासन।
20970 गाथा ना. १. सरलता तथा विस्तारपूर्वक गाइने सत्य घटना र विशिष्ट तथ्ययुक्त प्रभावोत्पादक गीतिकथा; गीतात्मक कथा वा वृत्तान्त (व्याले )।
20971 गाथा ना. २. कसैको प्रशंसा वा स्तुति; स्तोत्र; गुणगान।
20972 गाथिक ना. गाथा गाउने व्यक्ति। स्त्री. गाथिका।
20973 गादी ना. छाला नरम पार्ने वा टाँस्ने कामका निम्ति बोसो वा माड हाल्ने सिङ ( ठोक्रो )।
20974 गादी राजकीय अभिषेकपूर्वक आरोहण गरिने गद्दी; राजसिंहासन; राजगद्दी।
20975 गादीबैठक ना. हे. गद्दीबैठक।
20976 गादी मुबारक / मुमारख ना. १. राज्याभिषेकपछि पहिलोपल्ट राजगद्दीमा बसी जनसाधारणलाई दर्शन दिँदा जनताले राजालाई चढाउने नगदी वा जिन्सी उपहार।
20977 गादी मुबारक / मुमारख ना. २. त्यस किसिमको राजकीय शुल्क वा कर।
20978 गादो ना. पछिल्तिर कम्मरबाट दुवै छेउ अघिल्तिर ल्याई दाहिनेछेउ देब्रे काँधमा र देब्रेछेउ दाहिने काँधमा सप्को मारी दोहोरो छड्के पारेर शरीरमा भिर्ने वा लाउने कपडा; दौरा आदिको साटो बेरिने आङको पहिरन।
20979 गाध वि . १. गहिराइ थाहा पाइने; सजिलैसँग तर्न सकिने। ना.
20980 गाध वि . २. पार तर्न सकिने नदी; चाँचल; जँघार।
20981 गान ना. १. लय, ताल, सुर आदि मिलाएर गाइने गीत; गाना; भजनकीर्तन।
20982 गान ना. २. वर्णन; प्रशंसा।
20983 गानबजान ना. गाउने र बजाउने काम; स्वर र बाजा मिलाएर गाइने भजनकीर्तन, गीत-गान आदि।
20984 गानविद्या ना. शास्त्रीय सिद्धान्तअनुसार सङ्गीतको ताल, सुर र लयको सूत्रबद्ध ज्ञान गराउने शास्त्र; सङ्गीतविद्या।
20985 गाना ना. गीत; गान।
20986 गानाबजाना ना. हे. गानबजान।
20987 गानिनु अ.क्रि. १. आइमाईको स्तनमा धेरै दुध भएर चर्कनु; कल्चौँडामा दुध भरिएर टन्कनु।
20988 गानिनु अ.क्रि. २. पीप- रगत आदि भरिएर खटिरो टन्कनु।
20989 गानिनु अ.क्रि. ३. गानुजस्तै साह्रो हुनु।
20990 गानु/ गानो ना. १. डल्लो।
20991 गानु/ गानो ना. २. पिँडालु, गुन्दरगानु आदिको कन्द।
20992 गानु/ गानो ना. ३. वायुविकारबाट उत्पन्न हुने पेटको रोग; गोला; शूल।
20993 गान्टे वि. १. स्वाभाविक रूपमा बढ्न नसकी गाँठिएको; गान्टो परेको।
20994 गान्टे वि. २. पुड्के; डल्ले; ग्याँचे।
20995 गान्टे काल्तोरी ना. हे. गाँठेकाल्तोरी।
20996 गान्टे मुला ना. सलगमको आकारको एक जातको मूला; लेकाली मूला; डल्ले मूला; गाँठेमूला।
20997 गान्टो वि. १. सलक्क बढ्न नसकी गठ्याङ्गिएको; राम्ररी नबढेको; पुड्को; डल्लो। ना.
20998 गान्टो वि. २. फूलको पराग रहने गाँठो; कर्णिकार।
20999 गान्धर्व वि. गन्धर्वसँग सम्बन्धित; गन्धर्वको।
21000 गान्धर्वक ना. नाचगानका क्रियामा निपुण व्यक्ति; गवैया; उस्ताद।