Dictionary

All Word

20901 गाउँ खानु टु. २. गाउँलाई नै सोसेर वा कज्याएर आफ्नो हुँदो पार्नु र हैकम चलाउनु।
20902 गाउँखाने कथा ना. वक्ताले प्रश्नको रूपमा अड्को हाल्ने र श्रोताले नाउँ मात्रको गाउँ दिएपछि सो अड्को फुकाइदिने कथा; जान्ने कथा; कूट; पहेली।
20903 गाउँघर ना. नगरबाहिरको घरबस्ती भएको ठाउँ; भारोपर्म गर्दा र हारगुहार गर्दा सधैँजसो भेटघाट र सघाउपघाउ गरिरहने छरछिमेक।
20904 गाउँ पञ्चायत ना. पञ्चायती व्यवस्थाअनुसार व्यवस्थापिकाको प्रारम्भिक अङ्गका रूपमा रहेको, पहाडी क्षेत्रमा दुई हजारदेखि चार हजार र तराई क्षेत्रमा चार हजारदेखि आठ हजारसम्म जनसङ्ख्या पर्ने हिसाबले छुट्ट्याइएको प्रत्येक नौ वडामा विभाजित एक पञ्चायत वा गाउँ।
20905 गाउँफर्क ना. सहरतिर थुप्रिने प्रवृत्तिलाई गाउँतिर उन्मुख गराई गाउँकै उन्नतिबाट देशको सम्पूर्ण क्षेत्रमा विकास हुन सक्ने ठानिएको पञ्चायत व्यवस्थामा प्रतिपादित सिद्धान्त (गाउँ फर्क कार्यक्रम, गाउँ फर्क राष्ट्रिय अभियान आदि)।
20906 गाउँले वि. १. गाउँको बासिन्दा; गाउँमा बस्ने; ग्रामीण।
20907 गाउँले वि. २. एकै गाउँ-ठाउँमा बस्ने; गाउँघरको।
20908 गाउँले वि. ३. गाउँको सभ्यतामा हुर्केको; आधुनिक चालचलन नजान्ने।
20909 गाउँ विकास समिति ना. गाउँलाई नौ वटा वडाहरूमा बाँडी त्यहाँको विकास गर्नका लागि निर्माण गरिएको समिति।
20910 गाउँ सभा ना. गाउँ- पञ्चायत ऐनअनुसार तोकिएको पञ्चायती व्यवस्थाको सबभन्दा तल्लो तह तथा कुनै एक गाउँ वा गाउँको समूह।
20911 गाउनु स.क्रि. १. ताल, सुर, लय आदि मिलाएर गीत भन्नु; राग वा तान अलाप्नु; वन्दना वा भजन गर्नु।
20912 गाउनु स.क्रि. २. बढाई चढाई प्रशंसा गर्नु; फुर्क्याउनु।
20913 गाउजो ना. पानका छाँटका पात हुने एक जातको लहरो वा त्यसैको घाँस।
20914 गाउन ना. १. दीक्षान्त समारोहमा विश्वविद्यालयका उच्च पदाधिकारी र स्नातक तथा स्नाताकोत्तर उपाधि लिने छात्रहरूले लाउने औपचारिक पोसाक।
20915 गाउन ना. २. न्यायाधीशले इजलासमा बस्दा वा वकिलले बहस गर्दा पहिरिने पोसाक।
20916 गागन ना. अघिल्लो छेउ तिखो हुने हाँसको जस्तै चुच्चो भएको एक प्रकारको पानीहाँस।
20917 गागा ना. बालबोलीमा चिउरा वा अन्य गेडागुडी खानेकुरो; खेडी।
20918 गाग्री ना. पानी भरिने तामो, पित्तल आदि धातुको भाँडो; सानो वा मझौला गाग्रो।
20919 गाग्रो ना. १. घ्याम्पोभन्दा सानो र गाग्रीभन्दा ठुलो आकारको पानीको भाँडो।
20920 गाग्रो ना. २. पानी भरिने प्राय: माटाको ठुलो भाँडो।
20921 गाङ्गेय वि. १. गङ्गाबाट पैदा भएको; गङ्गासित सम्बन्धित।ना.
20922 गाङ्गेय वि. २. भीष्म पितामह।
20923 गाङ्गेय वि. ३. कार्तिकेय।
20924 गाछ ना. गाछी।
20925 गाछी ना. रुख, बोट (बरगाछी, पीपलगाछी इ.)।
20926 गाज ना. पानीमा साबुन आदि घोलिँदा वा आगामा छड्कने पदार्थ पाक्ता आउने फिँज।
20927 गाजर ना. मूलाका जातको, सूपका जस्तै पात र सेतो-पहेँलो रङ हुने, त्यसै वा तरकारी, अचार आदि बनाएर तथा सलादमा हालेर खाइने एक प्रसिद्ध कन्द।
20928 गाजल ना. सुगन्धित औषधीसमेत हाली मोसो र तेल मिलाएर बनाइएको आँखाका कोसमा लगाउने कालो- खैरो श्रृङ्गारसाधन।
20929 गाजली ना. १. गाजल लगाएकी आइमाई।
20930 गाजली ना. २. आँखाका वरिपरि कालो- खैरो रङ भएकी गाई।
20931 गाजलु ना. गाजल; लोकगीतमा बादलु, मादलुका किसिमले गजलको पर्यायमा प्रयुक्त शब्द। (उदा.- झमझम परेली आँखैमा गाजलु सम्झने क्वै छैन। - लोकगीत )।
20932 गाजले वि. १. गाजलजस्तो; गाजलको रङको।
20933 गाजले वि. २. गाजल लाएजस्तो आँखा देखिने ( मान्छे )।
20934 गाजले वि. ३. आँखाका वरिपरि कालो- खैरो रङ देखिने (गोरु)।
20935 गाजले वि. ४. कालो नाथ्री हुने (अनाज)।
20936 गाजेमाजे वि. १. छासमिस वा मिसमास भएर छुट्याउन नसकिने भएको; तलमाथि परेको।
20937 गाजेमाजे वि. २. सुल्झाउन अप्ठ्यारो पर्ने; गज्याङगुजुङ परेको।
20938 गाटर ना. खाँबा गाडेर बनाइने तराईतिरका घरको निदाल; मेठविना राखिने निदाल।
20939 गाड्नु स.क्रि. १. कुनै वस्तुलाई जमिनमुनि घुसार्नु; रोप्नु।
20940 गाड्नु स.क्रि. २. अँचेटेर थिच्नु; खाडलमा हालेर पुर्नु।
20941 गाड्नु स.क्रि. ३. रिनमा डुबाउनु; रिनमा पार्नु; धोका दिनु।
20942 गाड्नु स.क्रि. ४. अवनति गराउनु।
20943 गाड ना. १. वर्षाका कारणले तत्कालै बढेर आउने भल; बाढी; भलपहिरो।
20944 गाड ना. २. नदीभन्दा सानो खोलाभन्दा ठुलो हिँउदमा जँघार तर्न सकिने छरितो नदी।
20945 गाड चल्नु स.क्रि. भल बग्नु; बाढी आउनु।
20946 गाडधन ना. कसैले नभेट्टाओस् भनी सुरक्षासाथ माटामा गाडेर लुकाइएको सुन, चाँदी, काँसो, तामो आदि जायजेथा; गाडेको धन-सम्पत्ति।
20947 गाडा ना. १. मालसामान हालेर गुडाउँदै एक ठाउँबाट अर्का ठाउँमा लगिने, गोरु, राँगा, मानिस आदिले तान्ने चक्कावाल गाडी।
20948 गाडा ना. २. उखु वा आलु रोप्नका लागि बाटुलो खाडल पारेर खनिने ड्याङ ;डाँफा।
20949 गाडावान/वाल ना. १. गाडा ठेल्ने वा हाँक्ने व्यक्ति।
20950 गाडावान/वाल ना. २. गोरु वा राँगागाडीको चालक।