Dictionary

All Word

20001 गढ ना. १. प्राचीन राज्य-व्यवस्थामा सुरक्षाको बन्दोबस्त मिलाउने ठाउँ वा गौँडो।
20002 गढ ना. २. सेना वा हातहतियार तैनाथ गरिएको ठाउँ; गढी; किल्ला; दुर्ग।
20003 गढन्त वि. १. कुनै विषयमा गम्भीररूपले विचार गर्ने; विचारवान्।
20004 गढन्त वि. २. वास्तविकता नभए पनि कुराले ठिक्क पारिएको; हो जस्तो बनाइएको।
20005 गढन्त वि. ३. काल्पनिक; गडन्ता।
20006 गढाइ ना. गढ्ने क्रिया वा प्रक्रिया।
20007 गढाइनु क.क्रि. गहिरो रूपमा विचार गर्न लाइनु।
20008 गढाउनु प्रे.क्रि. गहिराइसम्म पुऱ्याउनु; विचार गर्ने पार्नु।
20009 गढिनु अ.क्रि. गहिरिएर सोचिनु; अजमाइनु।
20010 गढी ना. सानो गढ (चिसापानी गढी, सिँधुली गढी, उदयपुर गढी इ.)।
20011 गण ना. १. कुनै एक विषयमा समानता भएका मानिस वा देवताको समुदाय; जमात; समूह; वर्ग।
20012 गण ना. २. चर; दूत।
20013 गण ना. ३. अनुचर; सेवक।
20014 गण ना. ४. शिवका पार्षद वा अनुचरहरूको दल।
20015 गण ना. ५. छन्दशास्त्रअनुसार लघुगुरुका हिसाबले रहेका तीनतीन अक्षरको आठ समूह (यगण, मगण, तगण, रगण, जगण, भगण, नगण र सगण)।
20016 गण ना. ६. पाणिनिका व्याकरणमा एकएक जमातमा छुट्ट्याइएका भू, अद्, चुर् आदि धातुसमूह।
20017 गण ना. ७. ज्योतिषशास्त्र- अनुसार मानिसमा रहेका तथा वरवधूका जन्मपत्रिका हेर्दा जुराइने देवगण, मनुष्यगण, राक्षसगण जस्ता तीन तहमध्ये कुनै एक।
20018 गण ना. ८. बहुवचन जनाउने एक चिह्न (महिलागण, सज्जनगण इ.)।
20019 गणक वि. १. गणना गर्ने; गन्ने। ना.
20020 गणक वि. २. हिसाब गर्ने यन्त्र (क्यालकुलेटर)।
20021 गणक वि. ३. गणित-ज्योतिषी; दैवज्ञ।
20022 गणचिह्न ना. आफ्ना पुर्खाहरूको सम्झनामा सङ्केतस्वरूप पुजिने चिह्न।
20023 गणतन्त्र ना. १. देशको शासनप्रणाली स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिहरूबाट सञ्चालित हुने राजनीतिक व्यवस्था; जनतन्त्र।
20024 गणतन्त्रवादी ना. गणतन्त्रमा विश्वास गर्ने वा गणतन्त्रका सिद्धान्तअनुसार चल्ने; गणतन्त्रको पक्षपाती।
20025 गणतन्त्री वि. १. गणतन्त्रसम्बन्धी; गणतन्त्रका सिद्धान्तअनुरूपको।
20026 गणतन्त्री वि. २. गणतन्त्रको अनुयायी।
20027 गणतन्त्रीय वि. गणतन्त्री।
20028 गणतान्त्रिक वि. गणतन्त्री।
20029 गणदेवता ना. समूहका रूपमा रहने देवता, आदित्य, विश्वदेवा, वसु, तृषित, अभाश्वर, अनिल, महाराजिक, साध्य र रुद्र - यी देवताको समूह।
20030 गणद्रव्य ना. सामूहिक हितका निम्ति कुनै संस्थामा जम्मा गरिएको धनराशि; साझा सम्पत्ति।
20031 गणन ना. गन्ने काम; गन्ती; गणना।
20032 गणना ना. १. गन्ती गर्ने काम; गनाइ।
20033 गणना ना. २. हिसाब; लेखा।
20034 गणना ना. ३. श्रेणी वा स्तरको निर्धारण; मान्ने काम।
20035 गणनायक ना. १. गणेश; गौरीपुत्र; गणपति।
20036 गणनायक ना. २. कुनै गणको वा समूहको नायक; दलको नेता।
20037 गणपति ना. १. गणेश; गणनायक।
20038 गणपति ना. २. कुनै गण वा समूहको नेता।
20039 गणपति ना. ३. सैनिक गणको प्रमुख।
20040 गणपाठ ना. एउटै नियमभित्र आउन सक्ने शब्दसमूह।
20041 गणपूरक वि. सभा, बैठक आदि सञ्चालन गर्दा कुनै प्रस्ताव पारित गर्न आवश्यक पर्ने अथवा गणपूर्तिका निम्ति तोकिएअनुसारको (सङ्ख्या)।
20042 गणपूर्ति ना. बैठक वा सभाको सञ्चालन गर्नका निम्ति नियमविधानअनुसार चाहिने सदस्यहरूको उपस्थिति; सदस्यसङ्ख्याको पुग्दो भेला (कोरम)।
20043 गणराज्य ना. प्लेटोद्वारा परिकल्पित तथा स्वायत्त शासनका गणमा सम्बद्ध राज्य; गणतन्त्री राज्य।
20044 गणिका ना. मूल्य लिएर यौवन बिक्री गरी जीविका चलाउने स्त्री; वेश्या; रन्डी।
20045 गणित ना. १. सङ्ख्या र परिणामसम्बन्धी विषयको शास्त्र; हिसाबको ज्ञान गराउने शास्त्र।
20046 गणित ना. २. गन्ने काम; गणना। वि.
20047 गणित ना. ३. हिसाब गरिएको; गणना गरिएको।
20048 गणितज्ञ वि. १. गणित जान्ने; गणितशास्त्रको ज्ञाता; गणितको विशेषज्ञ।
20049 गणितज्ञ वि. २. ज्योतिषी।
20050 गणेश ना. १. हात्तीको जस्तो टाउको र मानिसको शरीर भएको, निर्विघ्नताका प्रतीक मानिने एक देवता; गणपति; विनायक।