Dictionary

All Word

19851 गजिलो वि. गज वा चौडाइतिरको भाग फराकिलो भएको; ठुलो गजको।
19852 गजी वि. ठुलो गज भएको; गजिलो।
19853 गजीखल ना. वैद्यहरूको रसादि औषधी पिँध्ने ठुलो र गहिरो खालको खल।
19854 गजुर ना. देवदेवीका मन्दिरमा राखिने शिखरका आकारको ठाडो चुच्चे धुरी; कलश।
19855 गजुवा वि. कालो रङको शरीर र खैरो रङको टाउको वा थुतुनो भएको (गोरु)।
19856 गजेट ना. सर्वसाधारणको जानकारीका लागि आधि- कारिक र औपचारिक कुरा प्रकाशित गरिने सरकारी पत्र; राजपत्र।
19857 गजेटेड वि. १. राजपत्रमा उल्लेख भएको; राजपत्राङ्कित (पद, सूचना, नाम इ.)।
19858 गजेटेड वि. २. अधिकृत स्तरको।
19859 गजेटो ना. उखुको रसबाट खुदो वा सखर बनाउँदा र ज्यामिर आदिको चुक पकाउँदा गाजको रूपमा मैलो फिँज निकाल्ने बेल्चाका आकारको चोयाको साधन।
19860 गजेन्द्र ना. १. गजराज; ठुलो हात्ती; श्रेष्ठ हात्ती।
19861 गजेन्द्र ना. २. ऐरावत; इन्द्रको वाहन।
19862 गजेन्द्रमोक्ष ना. १. पुराण आदिका अनुसार हात्तीलाई ग्राहले समातेका बेला विष्णुले सुदर्शन चक्रद्वारा ग्राहलाई मारी गजराजलाई बचाएको प्रसङ्गमा आधारित कथानक।
19863 गजेन्द्रमोक्ष ना. २. दैवी विपत्तिमा बहादुरीपूर्वक कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले १९९५ सालमा स्थापित नेपालको एक राष्ट्रिय पदक।
19864 गजो ना. १. बेला, सारङ्गी आदि तारका बाजाहरू रेटेर बजाइने धनुजस्तो आकारको साधन; गज।
19865 गजो ना. २. ट्याम्को, दमाहा, नगराजस्ता छालाले मोरेका बाजा बजाइने छोटो-छोटो डन्डी।
19866 गजो ना. ३. हनुमान् नाच्ने नचुवाहरूले परस्परमा जुधाउन लिने लौरो।
19867 गज्कनु अ.क्रि. गजक्क पर्नु; गच्कनु; गम्कनु।
19868 गज्काइ ना. गज्कने क्रिया वा प्रक्रिया।
19869 गज्काइनु क.क्रि. गज्कन लाइनु; गजक्क पारिनु।
19870 गज्काउनु प्रे.क्रि. गजक्क हुने पार्नु; गज्कन लाउनु; गम्काउनु।
19871 गज्किनु अ.क्रि. १. गजक्क परिनु।
19872 गज्किनु अ.क्रि. २. गच्कनु; गम्कनु।
19873 गज्ज क्रि.वि. गिलो वस्तु एकैपल्ट मुछ्ने, मथेल्ने वा मुखबाट धेरै फिंज काढ्ने किसिमले।
19874 गजमोरो ना. हे. गज्मौरो।
19875 गज्मौरिनु अ.क्रि. १. गजमज र खजमज हुनु; एकै ठाउँमा गुजुमुज्ज हुनु।
19876 गज्मौरिनु अ.क्रि. २. अलपत्र पर्नु; बिथोलिनु।
19877 गज्मौरो ना. १. मालसामानको थान्कोमान्को हुन नसकी असरल्ल परेको स्थिति; अलपत्र परेका मालतालको समूह; गज्मोरो।
19878 गज्मौरो ना. २. घन्चमन्च गरेर बस्नुपर्ने चाल; एकै ठाउँको गुजुमुज्ज बसाइ वा ठेलमठेल।
19879 गज्मौरो ना. ३. साँगुरो अवस्था; भिडभाड।
19880 गज्याङगुजुङ/गज्याङमज्याङ क्रि.वि. १. अनेक प्रकारका वस्तु एकै ठाउँमा अव्यवस्थित ढङ्गले मिसमास हुने किसिमले। ना.
19881 गज्याङगुजुङ/गज्याङमज्याङ क्रि.वि. २. त्यस्तो अव्यवस्थित स्थिति वा ढङ्ग।
19882 गज्रौटो ना. गाजल राख्ने भाँडो; गाजलको बट्टा।
19883 गट्टा ना. १. केटाकेटीले खेल्ने मसिना र गोल मिलेका ढुङ्गाका टुक्रा।
19884 गट्टा ना. २. कमलको फूल वा गेडा।
19885 गट्टा ना. ३. नरिवल, बेल आदिको फल।
19886 गट्टा ना. ४. नरिवल वा गुड्गुडे हुक्काको पानी रहने भाँडो।
19887 गट्टा ना. ५. टुपी नराख्ने जातिलाई हियाउँदा भन्ने शब्द।
19888 गट्टा ना. ६. गोल वा डल्लो वस्तु।
19889 गट्टागट्टी ना. गट्टा र गट्टीको समूह; साना-ठुला धेरै गट्टा।
19890 गट्टी ना. १. गुच्चा खेलमा पहिलोपल्ट हानिने ठाउँमा राखिने ढुङ्गा वा अरू वस्तु।
19891 गट्टी ना. २. गट्टाको खेलमा प्रयोग गरिने मसिना, बाटुला ढुङ्गा वा अरू कुनै साना र डल्ला वस्तु; गट्टा।
19892 गट्टी ना. ३. कलमको पाइपनिर राखिने एक किसिमको ढिम्री।
19893 गट्टे ना. १. फल वा गेडा झारिसकेको तोरी, फापर, तिल आदिको बोट; जरुवा। वि.
19894 गट्टे ना. २. गट्टाका ढाँचाको; गट्टा भएको।
19895 गट्टे पिङ ना. दायाँ-बायाँ दुवैतिर पाङ्ग्रा राखी बिचको फल्याकमा मान्छे बस्ने र डोरी वा लट्ठीले तानेर पिङका रूपमा खेलिने केटाकेटीको एक खेल।
19896 गट्टो ना. कटहर आदिको कलिलो फल; छिप्पिइनसकेको फर्सी; कैँडो।
19897 गट्ठा ना. १. जमघट; भेला वा जम्मा; गठ।
19898 गट्ठा ना. २. बलियो गरी कसेको ठुलो भारी।
19899 गट्ठा ना. तोप, बन्दुक आदि अस्त्रको गोली, बारुद आदि विस्फोटक वस्तु।
19900 गट्ठाघर ना. सेना वा सैनिकसम्बन्धी हातहतियार, गोला, बारुद आदि राख्ने सरकारी घर; शस्त्रागार।