Dictionary

All Word

19701 गँगर्किनु अ.क्रि. जाडो वा चिसोले कठ्याङ्ग्रिनु; गँगरिनु।
19702 गँगर्क्याइ ना. गँगर्किने भाव, क्रिया वा प्रक्रिया।
19703 गँगर्क्याइनु क.क्रि. जाडोले कक्रक्क पारिनु; गँगऱ्याइनु।
19704 गँगर्क्याउनु प्रे.क्रि. जाडोले कक्रक्क पार्नु; परिस्थितिले गँगऱ्याउनु।
19705 गँगऱ्याइ ना. गँगरिने किसिम, क्रिया वा प्रक्रिया।
19706 गँगऱ्याइनु क.क्रि. जाडोले कक्रक्क पारिनु; गँगर्क्याइनु।
19707 गँगऱ्याउनु स.क्रि. / प्रे.क्रि. १. जाडोले कक्रक्क पार्नु; गँगर्क्याउनु।
19708 गँगऱ्याउनु स.क्रि. / प्रे.क्रि. २. गँगरिन लाउनु।
19709 गँगौटी ना. १. गङ्गाको स्पर्शले पखालिएर पवित्र भएको माटो।
19710 गँगौटी ना. २. नदीका किनारको माटो; गङ्गामाटी।
19711 गँजडी वि. गाँजा खाने बानी भएको; गाँजाको अम्मली; गँज्याहा।
19712 गँजौटो ना. एक हातको पन्जामा अटाउन सक्नेसम्मको नापो; एक पसरको परिमाण।
19713 गँज्याहा वि. गाँजाको अम्मली; गँजडी।
19714 गँडास ना. काठको आधारमा अड्याइएको, सुपारी काट्ने सरौतोजस्तो बिँड भएको, पराल, घाँस आदि काटेर भुसा बनाउने हतियार; तराईतिर घाँसबाट भुसा तयार पार्ने सरौताका आकारको हतियार।
19715 गँडासो ना. दाउरा, मुढा, काठपात, घाँस आदि काट्ने काममा प्रयोग गरिने बिँड भएको हतियार।
19716 गँडाहा वि. गाँड भएको वा गाँड उम्रेको; गँडोहो; गँड्याहा।
19717 गँडेउलो ना. हे. गँड्यौलो।
19718 गँड्यौलो ना. १. वर्षाकालमा झरीका बेला बग्रेल्ती निस्कने, गोबर, मलको रास वा चिसो माटोमा घुस्रिएर बस्ने, प्राणीका पेटको जुकाजस्तो हाड नभएको, लगभग एक बित्तासम्म लमाइ हुने, तामो जस्तै रङको, राती टल्कने र सर्प झैँ घस्रिने कृमिवर्गको एक किरो; गँडेउलो; बर्स्यौलो।
19719 गँडेरो ना. १. हिलोमा बस्न रुचाउने सानो खालको माछो।
19720 गँडेरो ना. २. गण्डकी नदीमा पाइने सोही जातको तर ठुलो आकारको माछो; राइगँडेरो।
19721 गँडेला ना. दुब्लो र पातलो देखिने साखिने खालको एक जातको माछो।
19722 गँडोहो वि. गाँड भएको; गँडाहा।
19723 गँड्याहा वि. हे. गँडाहा।
19724 गँड्याहा ना. गाँड भएको वा गाँड उम्रेको; गँडोहो; गँड्याहा।
19725 गँड्यौलो ना. १. वर्षाकालमा झरीका बेला बग्रेल्ती निस्कने, गोबर, मलको रास वा चिसो माटोमा घुस्रिएर बस्ने, प्राणीका पेटको जुकाजस्तो हाड नभएको, लगभग एक बित्तासम्म लमाइ हुने, तामो जस्तै रङको, राती टल्कने र सर्प झैँ घस्रिने कृमिवर्गको एक किरो; गँडेउलो; बर्स्यौलो।
19726 गँथाइ ना. गाँथ्ने भाव, क्रिया वा प्रक्रिया।
19727 गँदे ना. हे. गन्धेझार।
19728 गँधारा ना. मसिना खुट्टा हुने र अलि अलि उड्ने, विभिन्न रङ भएको, छोइदिँदा ठस्स गनाउने खालको, प्रायः धानमा लाग्ने रोगाणु जातको किरो; पतेरो।
19729 गँधे ना. सखरखण्डका आकारका पात हुने, जरामा सखरखण्डकै जस्तो कन्द फल्ने, त्यसै फललाई थेबे झैँ कुटेर अचार खाइने, कडा गन्ध भएको एक जातको झार; गँदे।
19730 गँवार वि. १. सहरिया सभ्यतादेखि टाढै बसेको वा भएको गाउँको बासिन्दा; गाउँले।
19731 गँवार वि. २. शिष्टता नजानेको; असभ्य; मूर्ख।
19732 गँवैया वि. गाउँमा बस्ने; गाउँले; ग्रामीण।
19733 गँसाइ ना. गाँस्ने भाव, क्रिया वा प्रक्रिया।
19734 गँसाइनु क.क्रि. गाँस्न लाइनु।
19735 गँसाउनु प्रे.क्रि. गाँस्न लाउनु।
19736 गँसुवा वि. दुइटा जोडिएको; गाँसिएको।
19737 गँसोट ना. १. गाँसिएको स्थिति वा अवस्था; गाँस।
19738 गँसोट ना. २. गाँस्ने प्रक्रिया।
19739 गँसोट ना. ३. गाँसिएको ठाउँ।
19740 गइँनेनी ना. गाएर जीवन-निर्वाह गर्ने जातकी आइमाई; गाइने जातकी स्त्री; गाइनेकी पत्नी।
19741 गइनु अ.क्रि. जाने काम हुनु; जाइनु।
19742 गउँत ना. १. गाईको मूत; गोमूत्र।
19743 गउँत ना. २. चोखीनितीका निम्ति खाइने गाईको मुत
19744 गउँते वि. १. गउँतको जस्तै रङ भएको; गउँतका स्वादको।
19745 गउँते वि. २. सड्न थालेको।
19746 गउँत्याइ ना. गउँत्याउने काम वा किसिम।
19747 गउँत्याइनु क.क्रि. गाईबाछीद्वारा मूत्रत्याग गरिनु।
19748 गउँत्याउनु स.क्रि. गाईले गउँत दिनु; गाईले मुत्नु।
19749 गउन ना. हे. गौन।
19750 गकार ना. देवनागरी वर्णमालाको तेस्रो व्यञ्जनवर्ण; 'ग' अक्षर।