Dictionary

All Word

19751 गगन ना. १. आकाश; नभ; अन्तरिक्ष।
19752 गगन ना. २. शून्य।
19753 गगनचर ना. १. आकाशमार्गबाट आवतजावत गर्ने देवता।
19754 गगनचर ना. २. ग्रह (तारा, नक्षत्र इ.)।
19755 गगनचर ना. ३. पक्षी। वि.
19756 गगनचर ना. ४. आकाशमा विचरण गर्ने; आकाशमार्गले हिँड्ने।
19757 गगनचारी वि. आकाशमा हिँड्ने; गगनचर।
19758 गगनचुम्बी वि. आकाशसम्म पुगे झैँ देखिने; अति अग्लो; आकाश छुने।
19759 गगनधूलि ना. १. आकाशमा उड्ने वा तुवाँलोका रूपमा व्याप्त हुने मसिनु धुलो।
19760 गगनधूलि ना. २. केतकीको फूल फक्रिँदा परागको रूपमा उड्ने धुलो; केतकी पराग।
19761 गगनभेदी वि. आकाशलाई भेदन गर्ने वा चिर्ने; आकाशभेदी; ठुलो र चर्को (शब्द वा स्वर)।
19762 गगनविहारी वि. गगनचारी (चन्द्र, सूर्य, पक्षी)।
19763 गगनसिंह ना. वि. सं. १९०३ मा रहस्यमय ढङ्गले हत्या गरिएका एक भारदार।
19764 गगनस्पर्शी वि. आकाशमा छुन पुग्ने; आकाश छुने; गगनचुम्बी।
19765 गगल ना. धुलोमैलो, घामको प्रखर किरण आदिबाट आँखा जोगाउन लगाइने कालो, निलो आदि रङको चस्मा।
19766 गग्रेटो ना. पानीका भरी गाग्रा राख्न बनाइएको ठाउँ; गाग्रो राख्ने आट वा टाँड।
19767 गग्लेटो ना. हे. गौलेतो।
19768 गङटो ना. हे. गँगटो।
19769 गङ्गा ना. १. हिमालय (गङ्गोत्री)-बाट निस्की दक्षिण-पूर्वी कोणतिर बग्दै गएर बङ्गोपसागरमा मिल्ने, हिन्दूहरूको पवित्र जलाशय र पितृमुक्तिको प्रतीक मानिएको भारतवर्षको प्रसिद्ध एक नदी; पुराणअनुसार सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथ राजाले तपस्याद्वारा पृथ्वीमा ल्याइएको भनी प्रख्यात भएको नदी; भागीरथी; जाह्नवी।
19770 गङ्गा ना. २. षड्चक्रको अभ्यास गर्ने योगसाधकको समाधि अवस्थामा प्रयोग हुने नाडी; ईडानाडी।
19771 गङ्गाजमुना ना. १. महाभारत वा अन्य पुराणले र भारतवर्षको प्राचीन इतिहासले चर्चा गर्दै आएका, पुण्यका स्रोत मानिने, प्रयागमा मिलेका दुई नदी; गङ्गा र जमुना नदी; पाण्डवहरूको तीर्थयात्रामा चर्चित गङ्गा र कृष्णको कालीयदमनमा चर्चित नदी।
19772 गङ्गाजमुना ना. २. कुनै पनि जुम्ल्याही दिदीबहिनी (नाम राख्ने चलनअनुसार)।
19773 गङ्गाजमुनी ना. १. नित्यकर्म तथा पूजाआजामा पानी चढाउन प्रयोग गरिने, तामो, पित्तल आदि धातु मिसाएर बनाइएको (जलपात्र)।
19774 गङ्गाजमुनी ना. २. पित्तल वा ढलोट र फलाम गाँसी सितारमा जड्नका लागि बनाइएको पर्दा।
19775 गङ्गाजल ना. गङ्गा नदीको पानी; भागीरथीको जल (प्रायः देव-पितृकार्यमा प्रयोग गरिने वा स्वच्छता, पवित्रता र निर्मलताको सङ्केत दिने अर्थमा, उदा.- गङ्गाजलले सूर्यलाई अर्घ। - उखान)।
19776 गङ्गा दशहरा ना. ज्येष्ठ शुक्ल प्रतिपदादेखि आरम्भ भई नियमित रूपमा स्नान गरी दशमीका दिन पापविमोचनका निम्ति हुने उत्सव; दशहरास्नानको समापन समारोह; दशहरा।
19777 गङ्गाद्वार ना. गङ्गा नदीले पहाडको बाटो छिचोली तराई प्रवेश गर्न लागेका ठाउँमा पर्ने तीर्थ; हरिद्वार।
19778 गङ्गाधर ना. शिरमा गङ्गाको वेग वहन गर्ने महादेव, शिव।
19779 गङ्गापुत्र ना. १. शन्तनु तथा गङ्गाका छोरा; भीष्म।
19780 गङ्गापुत्र ना. २. गङ्गातटमा बसेर दान-दक्षिणा लिने ब्राह्मण; पण्डा।
19781 गङ्गामाटी ना. गङ्गा नदीका स्पर्शले बराबर पखालेर पवित्र बनाइएको माटो; नदीका तटको माटो।
19782 गङ्गायात्रा ना. १. मरण निश्चय भइसकेपछि बिरामीलाई जिउँदै घाटमा लैजाने काम।
19783 गङ्गायात्रा ना. २. मृत्यु; मरण; परलोकको यात्रारम्भ।
19784 गङ्गालहरी ना. १. हावाका वेगले उठ्ने गङ्गाको तरङ्ग वा लहर।
19785 गङ्गालहरी ना. २. महाकवि जगन्नाथरचित गङ्गाविषयक प्रसिद्ध स्तुति-साहित्य।
19786 गङ्गालाभ ना. हिन्दू-संस्कारअनुसार मोक्षपद प्राप्तिको कारण मानिने पवित्र स्थल, पुण्यनदी आदिमा भएको मरण; गङ्गातटको मृत्यु।
19787 गङ्गासागर ना. समुद्रमा गङ्गा मिलेको ठाउँ; हिन्दूहरूको एक प्रख्यात तीर्थ जनकपुरको एक प्रसिद्ध ताल।
19788 गच्कनु अ.क्रि. मनको खुसी वा फुर्ती देखाउने गरी गजक्क पर्नु; गम्कनु।
19789 गच्काइ ना. गच्कने क्रिया वा प्रक्रिया।
19790 गच्काइनु क.क्रि. गच्कने पारिनु।
19791 गच्काउनु प्रे.क्रि. गम्काउनु।
19792 गच्किनु अ.क्रि. गच्कनु।
19793 गच्छ्गच्छ ना. १. जानुपर्ने ठाउँमा जाने वा आफ्नोआफ्नो बाटो लाग्ने काम; लाखापाखा; यत्रतत्र।
19794 गच्छ्गच्छ ना. २. विसर्जन; समाप्ति; टुङ्ग्याउनी।
19795 गच्छे ना. १. जुनसुकै काम गर्न आवश्यक पर्ने भौतिक वा बौद्धिक साधन; सामर्थ्य; औकात; हैसियत।
19796 गच्छे ना. २. आर्थिक क्षमता; पुँजी; सम्पत्ति।
19797 गच्छे ना. ३. हकदार वा प्रतिनिधिलाई हक बुझाइदिने काम; जिम्मा।
19798 गच्छ्याइ ना. गच्छ्याउने भाव, क्रिया वा प्रक्रिया।
19799 गच्छ्याइनु क.क्रि. गँसाइनु; जोडाइनु; खप्ट्याइनु।
19800 गच्छ्याउनु स.क्रि. १. एकभन्दा बढी वस्तु वा टुक्राहरू गाँस्नु; जोड्नु; खाप्नु; अन्तर्भाव गराउनु; मिलाउनु; जोल्ट्याउनु; अल्झाउनु।[गच्छे+आउ+नु]