Dictionary

All Word

19951 गडतीर ना. २. पानी लाग्न सक्ने वा नसक्ने ससानो बगर।
19952 गडतीर ना. ३. नदीतट।
19953 गडन्ता/गडन्ते वि. १. कुनै काममा घोरिने र त्यस कामलाई फत्ते गर्न खट्ने स्वभावको।
19954 गडन्ता/गडन्ते वि. २. गहिरोसम्म गाडिने (घोचो, घारो, कुरो इ.)।
19955 गडन्ता/गडन्ते वि. ३. काल्पनिक; मनगडन्ते।
19956 गडप ना. १. गहिराइसम्म पुग्ने वा डुब्ने काम।
19957 गडप ना. २. अर्काको सामान लिएपछि नदिने चाला; धितो पचाउने काम; हडप।
19958 गडबड ना. नियमअनुसार नभई तलमाथि पर्ने काम; गोलमाल; अन्डबन्ड।
19959 गडबडाइ ना. गडबड गर्ने वा गडबडाउने भाव, क्रिया वा प्रक्रिया।
19960 गडबडाइनु अ.क्रि. गडबड होइनु।
19961 गडबडाउनु अ.क्रि. तलमाथि परी अव्यवस्थित देखिनु; गडबड हुनु; गोलमाल हुनु।
19962 गडबडिनु अ.क्रि. गडबड होइनु; तलमाथि परिनु।
19963 गडबडे वि. १. गोलमाल भएको; तलमाथि परेको; सिलसिला नमिलेको।
19964 गडबडे वि. २. गडबड गर्ने; जथाभाबी गर्ने।
19965 गडबड्याइ ना. गडबडिने भाव, क्रिया वा प्रक्रिया।
19966 गडबड्याइनु क.क्रि. गोलमाल गरिनु; गडबड पारिनु।
19967 गडबड्याउनु प्रे.क्रि. क्रम वा नियम बिगार्नु; गडबड पार्नु; गोलमाल गर्नु।
19968 गडऱ्याङगुडुरुङ क्रि.वि. १. मेघ गर्जने किसिमले। ना.
19969 गडऱ्याङगुडुरुङ क्रि.वि. २. मेघ गर्जंदाको गड्याङगुडुङ ध्वनि।
19970 गडऱ्याङ्ङ क्रि.वि. चट्याङ पर्दा वा मेघ गर्जंदा ठुलो आवाज आउने किसिमसित।
19971 गडल वि. गहिरोसम्म भासिएको; गड्ने खालको।
19972 गडलगाडल ना. गाड्नेवर्ने काम।
19973 गडाइ ना. १. गड्ने भाव, क्रिया वा प्रक्रिया। [√ गाड्(+आइ)]
19974 गडाइ ना. २. गाड्ने भाव, क्रिया वा प्रक्रिया।
19975 गडाइनु क.क्रि. गड्न वा गाड्न लाइनु।
19976 गडाउ वि. १. गाडिएको वा धसिएको; गडुवा।
19977 गडाउ वि. २. मुद्दा-मामिला वा चारित्रिक अभियोगमा कसुरदार ठहरिँदै गएको।
19978 गडाउनु प्रे.क्रि. १. भास्न लाउनु; गड्न लाउनु।
19979 गडाउनु प्रे.क्रि. २. गाड्न लाउनु।
19980 गडिनु अ.क्रि. गाडिनु; भासिनु।
19981 गडी ना. गेडागुडी खानेकुरो ( मकै, चना, भटमास इ.)।
19982 गडुवा ना. टुटी गाँसिएको पानीको भाँडो; करुवा।
19983 गडुवा वि. गडेको वा गाडिएको; गडल।
19984 गडेरी ना. सानोतिनो खोल्सामा वा सुलसुले र मैलो पानी भएको ठाउँमा हुने एक जातको माछो।
19985 गड्कनु अ.क्रि. रवाफिलो पाराले वा डरधाक देखाउने उद्देश्यले आवेगमा आएर ठुलो स्वरले बोल्नु; कड्कनु; गर्जनु।
19986 गड्काइ ना. गड्किने भाव, क्रिया वा प्रक्रिया।
19987 गड्काइनु क.क्रि. फुर्ती देखाइनु; कड्काइनु।
19988 गड्काउनु प्रे.क्रि. गड्कने पार्नु; रवाफ देखाउनु।
19989 गड्किनु अ.क्रि. १. रवाफ वा फुर्तीसाथ बोलिनु; कड्किनु।
19990 गड्किनु अ.क्रि. २. गड्कनु।
19991 गड्ढा ना. जमिनमा खनेर वा आफैँ खोलिएर बनेको खाल्डो; खाडल; खाडी।
19992 गड्याङगुडुङ क्रि.वि. १. मेघ गर्जंदा झैँ ठुलठुलो आवाज आउने किसिमले।
19993 गड्याङगुडुङ क्रि.वि. २. कुनै पनि गह्रौँ सामान यताउति थचारिँदा झैँ आवाज निस्कने गरी। ना.
19994 गड्याङगुडुङ क्रि.वि. ३. मेघको गर्जन; बादलको कड्काइ।
19995 गड्याङगुडुङ क्रि.वि. ४. गडबड; गोलमाल।
19996 गड्याङमड्याङ ना. गोलमाल; गडबड।
19997 गड्याङ्ङ क्रि.वि. चट्याङ वा वज्र पर्दा झैँ ठुलो आवाज आउने चालले।
19998 गढ्नु अ.क्रि. १. कुनै विषयमा भित्री तहसम्म पुग्नु; गहिरिनु; एकाग्रतासाथ लाग्नु।
19999 गढ्नु अ.क्रि. २. कुनै तिखो वस्तु वा पेचिलो कुरो मर्मसम्म पुग्नु; गड्नु; बिझ्नु।
20000 गढ्नु अ.क्रि. ३. असत्य वा अजमाएका कुरामा लाग्नु।