Dictionary

All Word

19251 खेली खेली २. खेल्ने काम; खेल (बालबोलीमा)।
19252 खेलुवा वि. १. धेरै खेल्ने; खेलबाड गर्ने।
19253 खेलुवा वि. २. फस्को; खुकुलो; फुको।
19254 खेलो ना. व्यापार-व्यवसाय आदिमा नाफा कमाउने उद्देश्यले पुँजी लगाउने काम; व्यवसाय; उद्यम; बेपार।
19255 खेलो फर्को/फुर्को ना. खरिद-बिक्रीको पेसा; बन्दबेपार; खेलो।
19256 खेलौना ना. १. केटाकेटीले खेल्ने पुतली आदि सामान।
19257 खेलौना ना. २. खेलबाडको सामग्री।
19258 खेलौना ना. ३. अर्काको इसारामा नाच्ने मानिस; कठपुतली।
19259 खेवरा ना. कुनै कामकुराको थालनी; प्रारम्भ, सुरु। (उदा.- तिम्रो रोपाइँ सकिएछ, आफ्नो त खेवरा पनि भएको छैन)। विप. मैझारो।
19260 खेवा १ ना. १. व्यापार आदिका मालसामान एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउने काम; खेप; ओसारपसार।
19261 खेवा १ ना. २. उक्त खेपको सामग्रीका रूपमा प्रयोग गरिने मालसामान।
19262 खेवा २ ना. १. नाउ वा डुङ्गाबाट नदी पार गर्दा लिइने महसुल; नाउबाट नदी तारेको ज्याला।
19263 खेवा २ ना. २. नदी तर्ने वा तार्ने काम।
19264 खेवैया ना. १. नाउ, डुङ्गा आदि खियाएर नदी तार्ने व्यक्ति; माझी; बोटे; मल्लाह।
19265 खेवैया ना. २. कुनै दुःख, सङ्कटबाट पार लगाउने व्यक्ति।
19266 खेस ना. ज्यादै मोटो धागाले बुनेको एक प्रकारको कपडा।
19267 खेसरी/खेसारी ना. हिउँदमा तराईतिर भुईंलहरामा फल्ने दाल जातिको एक थरी अन्न।
19268 खेस्रा ना. कुनै कागतपत्र, लेखरचना आदिको सरसरती लेखिएको रूप; मसौदा; प्रारूप।
19269 खेस्रो ना. सानोतिनो कागत; साधारण किसिमको वा खास महत्त्व नभएको कागतको टुक्रो।
19270 खै १ ना. १. कुनै कुरा थाहा पाउन गरिने खोजीनिती; चियोचर्चो।
19271 खै १ ना. २. कुनै विषयको सोधपुछ; केरकार।
19272 खै २ ना. फलाम, पित्तल, दाँत आदिमा लाग्ने कस; खिया; खई; काई।
19273 खै ३ निपा. विस्मय, दिक्दारी, अनिश्चय, बेवास्ता, गाली आदि बुझाउने अव्यय। (उदा.- खै, मलाई त थाहा छैन। खै, तेरो चाला त निको छैन है ! )।
19274 खैँचनु स.क्रि. १. कुनै वस्तुलाई बलपूर्वक आफूतिर खिच्नु वा तान्नु।
19275 खैँचनु स.क्रि. २. कसैको ध्यान आफूतिर आकर्षित गर्नु।
19276 खैँचनु स.क्रि. ३. खर्च कम गर्नु; किफायत गर्नु।
19277 खैँचनु स.क्रि. ४. शक्ति वा प्रभावले आफ्नो पक्षमा मिलाउनु; काबुमा राख्नु; एँचमा ल्याउनु।
19278 खैँचाइ ना. खैँचने भाव, क्रिया वा प्रक्रिया।
19279 खैँचाउनु प्रे. क्रि. खैँचन लाउनु; तान्न लाउनु।
19280 खैँचिनु अ.क्रि. तानिनु; कसिनु।
19281 खैँजडी ना. डम्फुजस्तो तर डम्फुभन्दा केही सानो हुने, घेरामा प्रायः मुजुरा जडिएको, एकातिर मात्र छालाले मढिएको, भजनकीर्तन आदिमा बजाइने प्रसिद्ध एक तालबाजा।
19282 खैँजडे वि. १. कुनै पर्व, उत्सव वा भोजभतेरमा नडाकीकन आउने; निम्तोविना पनि सम्मिलित हुने।
19283 खैँजडे वि. २. निम्त्याइएका व्यक्तिका साथ पछि लागेर आउने; कसैको पुच्छर भएर हिँड्ने।
19284 खैँजडे वि. ३. खैँजडी बजाएर हिँड्ने।
19285 खैखबर ना. १. खोजखबर; हालखबर।२. अवस्थाविशेषको कुरो वा घटनाक्रम।
19286 खैनी ना. चुन मिलाएर खाइने सुर्तीका पातको नशादार धुलो।
19287 खैमल ना. ढोकामा ताल्चा मार्नाका निम्ति जडिने साधन; खल्मा।
19288 खैर ना. १. कुशल; क्षेम; कुशलमङ्गल। अव्य.
19289 खैर ना. २. 'जे भयो भयो, केही फिक्री छैन' भन्ने जनाउन प्रयोग गरिने उद्गार; अस्तु।
19290 खैराँते वि. १. निम्न तहको; तल्लो कक्षाको।
19291 खैराँते वि. २. असभ्य; अशिष्ट; नसुहाउँदो।
19292 खैराँते वि. ३. माग्ने स्वभावको र झुत्रे झाम्रे।
19293 खैराँते वि. ४. लेनदेन आदिको व्यवहारमा नमिल्ने।
19294 खैरा ना. १. खयरको ठेक्का लिने व्यक्ति। वि.
19295 खैरा ना. २. खयरसम्बन्धी; खयरको (जङ्गल)।
19296 खैरे वि. १. खैरो रङको (कुकुर आदि)।
19297 खैरे वि. २. काम नलाग्ने; बेकम्मा।
19298 खैरेनी ना. १. खयरको वन; प्रशस्त खयर भएको वन; खयरघारी।
19299 खैरेनी ना. २. स्थानको नाम।
19300 खैरो वि. १. खयरको जस्तो रङको; फुस्रो रङ्गको; फुस्रो।