Dictionary

All Word

4001 अभिनीत वि. १. नजिक ल्याइएको; अगिल्तिर ल्याइएको ।
4002 अभिनीत वि. २. सिँगार गरिएको; अलङ्कृत; सुसज्जित ।
4003 अभिनीत वि. ३. अभिनय गरिएको; रङ्गमञ्चमा प्रस्तुत गरिएको (नाटक) ।
4004 अभिनेता ना. १. नृत्य, नाटक आदिमा अभिनय गर्ने व्यक्ति; रङ्गमञ्च वा चलचित्रमा अभिनय गर्ने कलाकार ।
4005 अभिनेता ना. २. चलचित्रको मुख्य पात्र; कुनै चरित्रको अनुकर्ता; नायक।
4006 अभिनेत्री ना. १. अभिनय गर्ने स्त्री; अभिनेताको स्त्रीरूप; महिला अभिनेता।
4007 अभिनेय वि. अभिनय गर्न योग्य वा सकिने; नाटक खेल्न लायक; नाटक खेल्न सकिने ।
4008 अभिन्न वि. १. नछुट्टिएको वा नबेग्लिएको; भिन्न नभएको; नकाटिएको; सिङ्गो; सग्लो ।
4009 अभिन्न वि. २. टाँसिएको; मिलेको; लेप्सिएको ।
4010 अभिन्न वि. ३. लागेको; संलग्न; सम्बद्ध।
4011 अभिन्नता ना. १. अभिन्न हुनाको भाव वा स्थिति; भिन्नताको अभाव।
4012 अभिन्नता ना. २. एकरूप वा समान हुनाको अवस्था; एकात्मता; एकरूपता ।
4013 अभिन्नता ना. ३. अभिन्न सम्बन्ध ।
4014 अभिन्न पद ना. हे. अभङ्ग पद ।
4015 अभिन्यास ना. १. कुनै वस्तुलाई कुनै विभागमा राख्ने काम ।
4016 अभिन्यास ना. २. कुनै वस्तुलाई क्रमबद्ध रूपमा राख्ने काम।
4017 अभिपोषण ना. अर्काले गरेका काममा स्वीकृति दिएर निश्चय गर्ने काम; समर्थन वा सदर गर्ने काम ।
4018 अभिपोषणीय वि. अभिपोषण गर्न लायक; स्वीकृत हुन योग्य; पुष्टि गरिन योग्य; सदर वा समर्थन गर्न लायक ।
4019 अभिप्राय ना. १. भन्न वा अर्थ्याउन खोजिएका कुराको सार; आशय; मतलब; तात्पर्य ।
4020 अभिप्राय ना. २. उद्देश्य; लक्ष्य ।
4021 अभिप्राय ना. ३. विचार ।
4022 अभिप्राय ना. ४. अभिलाषा; इच्छा।
4023 अभिप्राय ना. ५. सम्मति; राय ।
4024 अभिप्राय ना. ६. सादृश्यबाट असम्भव कुराको कल्पना गरिने नाटकको एउटा लक्षण।
4025 अभिप्रेत वि. १. खास उद्देश्य राखिएको; आन्तरिक इच्छा गरिएको; चाहेको; अभिलषित; वाञ्छित । ना.
4026 अभिप्रेत वि. २. सम्मति; स्वीकृति।
4027 अभिप्रेरणा ना. कुनै विषय वा वस्तुप्रति विशेष रूपमा ध्यानाकर्षण गराउने काम ।
4028 अभिभाँत ना. हे. ऐभाँत।
4029 अभिभारा ना. कुनै कामको जिम्मेवारी; जवाफदेही; उत्तरदायित्व।
4030 अभिभावक वि. १. पालनपोषण गर्ने; हेरविचार गर्ने; संरक्षक ।
4031 अभिभावक वि. २. छात्रछात्राको जिम्मा लिने वा जिम्मेदारी वहन गर्ने ।
4032 अभिभावक वि. ३. वशमा पार्ने ।
4033 अभिभावक वि. ४. जित्ने; पराजय गर्ने । ना.
4034 अभिभावक वि. ५. बाबुआमा वा संरक्षक व्यक्ति ।
4035 अभिभावन ना. १. पालनपोषण गर्ने काम; हेरविचार; संरक्षण।
4036 अभिभावन ना. २. जित्ने वा विजय प्राप्त गर्ने काम ।
4037 अभिभावन ना. ३. अभिभावकले गर्ने काम ।
4038 अभिभाषण ना. १. धेरै मानिस जम्मा भएका ठाउँमा कुनै विषयलाई लिएर गरिएको विद्वत्तापूर्ण भाषण; वक्तृता; व्याख्यान ।
4039 अभिभाषण ना. २. मुद्दाको छलफल हुँदा वकिलले गरेको बहस; वकालत।
4040 अभिभूत वि. १. हराइएको; जितिएको; पराजित ।
4041 अभिभूत वि. २. दुःखित; पीडित।
4042 अभिभूत वि. ३. कतै तानिएको; अधीनमा ल्याइएको; वशीभूत ।
4043 अभिभूत वि. ४. कुनै कुरा वा विचारले सताइएको; कुनै कुरा वा विचार बारबार मनमा आइरहेको।
4044 अभिमत वि. १. इच्छा एवं अभिलाषा राखिएको; चाहेको; रुचि लिइएको; वाञ्छित ।
4045 अभिमत वि. २. प्यारो; प्रिय ।
4046 अभिमत वि. ३. सम्मत; स्वीकृत । ना.
4047 अभिमत वि. ४. इच्छा; अभिलाषा।
4048 अभिमत वि. ५. विचार; राय ।
4049 अभिमन्त्रण/अभिमन्त्रणा ना. १. मन्त्रणाद्वारा संस्कार गरिने क्रिया ।
4050 अभिमन्त्रण/अभिमन्त्रणा ना. २. निम्तो; निमन्त्रण; आमन्त्रण।