Dictionary

All Word

4101 अभिलेखन ना. २. लेख; लेखोट; धातु, शिला आदिमा लेखिएको वा खोपिएको विषय ।
4102 अभिलेख सङ्ग्रहालय ना. प्राचीन हस्तलिखित ग्रन्थ एवं पुरातात्त्विक वस्तुहरूको सङ्ग्रह गरिएको घर ।
4103 अभिलेखालय ना. १. अभिलेख राखिने घर वा कोठा ।
4104 अभिलेखालय ना. २. मिसिल जम्मा गरेर राखिने अड्डा; मिसिल फाँट ।
4105 अभिलेखी वि. अभिलेखसम्बन्धी; अभिलेखको ।
4106 अभिलेखी प्राकृत ना. अशोक, कनिष्क, रुद्रदामन आदिका अभिलेखहरूमा पाइएको प्राकृत भाषा ।
4107 अभिवक्ता ना. १. वादी र प्रतिवादीका पक्षबाट कुनै मुद्दामामिलाका सम्बन्धमा अधिकारपूर्वक बोल्ने व्यक्ति (प्लिडर) ।
4108 अभिवक्ता ना. २. अधिवक्ताभन्दा तल्लो र अधिकर्ताभन्दा उपल्लो तहको वकिल ।
4109 अभिवन्दन/अभिवन्दना ना. १. आदर एवम् सम्मानपूर्वक गरिएको प्रणाम; विनयपूर्वकको नमस्कार ।
4110 अभिवन्दन/अभिवन्दना ना. २. स्तुति; प्रशंसा।
4111 अभिवन्दनीय/अभिवन्द्य वि. अभिवन्दना गर्न लायक; आदर तथा सम्मान गर्नुपर्ने।
4112 अभिवादक वि. अभिवादन गर्ने; सम्मानपूर्वक प्रणाम गर्ने; विनयपूर्वक नमस्कार गर्ने ।
4113 अभिवादन ना. १. ढोग; नमस्कार; प्रणाम ।
4114 अभिवादन ना. २. ठुलाबडा वा सम्माननीय व्यक्तिहरूलाई गरिने आदरभाव ।
4115 अभिवादन ना. ३. शुभकामना; बधाई।
4116 अभिवादन ना. ४. प्रशंसा; स्तुति।
4117 अभिवृत्ति ना. १. आन्तरिक विचार वा धारणा ।
4118 अभिवृत्ति ना. २. कुनै वस्तुप्रतिको मानसिक दृष्टिकोण।
4119 अभिवृद्धि ना. १. तल्लो तहबाट माथिल्लो तहमा वृद्धि हुने काम ।
4120 अभिवृद्धि ना. २. थोरैबाट धेरै हुने स्थिति ।
4121 अभिवृद्धि ना. ३. उन्नति; बढिबढाउ।
4122 अभिवृद्धि ना. ४. सामान्य अवस्थाबाट विशेष अवस्थामा पुग्ने प्रक्रिया।
4123 अभिव्यक्त वि. राम्ररी व्यक्त गरिएको; राम्रोसँग प्रकट गरिएको; अभिव्यक्ति दिइएको ।
4124 अभिव्यक्ति ना. १. विषयवस्तुको अनुभूति वा हृदयमा पलाएको भावना प्रकट गर्ने क्रिया ।
4125 अभिव्यक्ति ना. २. शब्द, चेष्टा आदिद्वारा मनको भाव वा विचारलाई व्यक्त गरिने क्रिया।
4126 अभिव्यक्तिवाद ना. रसको उत्पत्ति, भुक्ति आदि नभएर अभिव्यक्ति हुन्छ भन्ने संस्कृत साहित्यशास्त्रको सिद्धान्त।
4127 अभिव्यञ्जक वि. १. मनको भाव वा विचार प्रकट गर्ने; प्रकाशित गर्ने; व्यक्त गर्ने ।
4128 अभिव्यञ्जक वि. २. शब्द; वाक्य आदिद्वारा आन्तरिक अर्थको अभिव्यञ्जना गर्ने ।
4129 अभिव्यञ्जन ना. आफ्नो मनको विचार वा भाव सोझो ढङ्गले व्यक्त नगरी घुमाएर व्यक्त गरिने वा भनिने भाव, गुण वा अवस्था ।
4130 अभिव्यञ्जना ना. १. कुनै शब्द वा वाक्यद्वारा कुनै कुरो सोझो र सरल ढङ्गले प्रकट नगरी व्यङ्ग्यात्मक वा ध्वन्यात्मक रूपले व्यक्त गर्ने भाव, गुण, प्रक्रिया वा अवस्था ।
4131 अभिव्यञ्जना ना. २. विषयवस्तुको हृदयमा परेको कलात्मक छाप वा प्रभाव।
4132 अभिव्यञ्जनावाद ना. कुनै पनि कविता वा कला कवि वा कलाकारको बाहिरी वस्तुजगत्भन्दा अन्तर्मनका अवस्थाको प्रस्फुटन हो भन्ने सिद्धान्त; कला र अभिव्यञ्जनालाई अभिन्न मान्ने र अभिव्यञ्जनालाई सहजानुभूति मान्ने मत वा सिद्धान्त।
4133 अभिव्यञ्जनावादी वि. अभिव्यञ्जनावादमा विश्वास गर्ने; अभिव्यञ्जनावादको अनुयायी।
4134 अभिव्याप्ति ना. सबैतिर फैलिने वा ढाकिने स्थिति; सर्वव्यापकता ।
4135 अभिशङ्का ना. १. कुनै विषय वा वस्तुप्रतिको सन्देह; शङ्का; अविश्वास।
4136 अभिशङ्का ना. २. डर; भय; त्रास ।
4137 अभिशङ्का ना. ३. आरोप; अभियोग।
4138 अभिशप्त वि. बेसरी सरापिएको; सराप दिइएको; सराप्ने काम गरिएको; शापित।
4139 अभिशाप ना. १. कुनियतपूर्वक गरिएको गाली; सराप; शाप ।
4140 अभिशाप ना. २. फत्तुर; दोष; फरेब; आरोप ।
4141 अभिशाप ना. ३. बात; कलङ्क ।
4142 अभिशून्य ना. १. अदालतले गरेका निर्णयलाई रद्द गर्ने क्रिया।
4143 अभिशून्य ना. २. मनमा कुनै किसिमको चिन्ता, ताप आदि नलिने किसिम ।
4144 अभिशून्यीकृत वि. अदालतले गरेको निर्णय रद्द गरिएको वा खाली गरिएको।
4145 अभिश्रुति ना. अपनिहिति स्वरसँग त्यसभन्दा पूर्वगामी वा पश्चगामी स्वरको समीभवन।
4146 अभिषिक्त वि. १. अभिषेक गरिएको; सेचन गरिएको ।
4147 अभिषिक्त वि. २. राज्याभिषेक गरिएको; राजतिलक दिइएको ।
4148 अभिषिक्त वि. ३. राजसिंहासनमा बसाइएको।
4149 अभिषेक ना. १. पानी छर्कने वा सेचन गर्ने काम; सिञ्चन ।
4150 अभिषेक ना. २. स्नान गर्ने वा नुहाउने काम ।