Dictionary

All Word

4201 अभेद्य वि. २. भाँच्न नहुने वा नसकिने ।
4202 अभेद्य चट्टान ना. पानी छिर्न नसक्ने खालको चट्टान; खँदिलो चट्टान।
4203 अभोग वि. उपभोग नगरिएको; चलनमा नल्याइएको; व्यवहार नगरिएको ।
4204 अभोगी वि. भोग नगर्ने; त्यागी; विरक्त ।
4205 अभोग्य वि. भोग गर्न नहुने; उपभोग गर्न नसकिने वा नहुने; भोग गर्न अयोग्य ।
4206 अभोज्य वि. खान नहुने; खान अयोग्य; अखाद्य।
4207 अभौतिक वि. १. भौतिक वस्तुसँग सम्बन्ध नभएको ।
4208 अभौतिक वि. २. परलोक वा अध्यात्मजगत्सँग सम्बन्ध भएको ।
4209 अभ्यञ्जन ना. आँखामा लगाउने गाजल; अञ्जन; सुर्मा।
4210 अभ्यन्तर ना. १. भित्री मन ।
4211 अभ्यन्तर ना. २. माझ; बिच; मध्य ।
4212 अभ्यन्तर ना. ३. गुप्त कुरा; गुप्त रहस्य; गुप्त कथा।
4213 अभ्यर्चन/अभ्यर्चना ना. १. पूजा वा आराधना गर्ने भाव वा अवस्था; पूजन; अर्चना।
4214 अभ्यर्चन/अभ्यर्चना ना. २. सजावट; शृङ्गार ।
4215 अभ्यर्चन/अभ्यर्चना ना. ३. आदर; सम्मान।
4216 अभ्यर्थना ना. १. प्रार्थना; बिन्ती; निवेदन ।
4217 अभ्यर्थना ना. २. उठेर विनयपूर्वक प्रार्थना गर्ने काम ।
4218 अभ्यर्थना ना. ३. कुनै विशिष्ट व्यक्तिसित कुनै कार्यविशेषका निम्ति गरिने नम्रतापूर्वकको प्रार्थना।
4219 अभ्यर्थनीय वि. १. प्रार्थना गरिने; बिन्ती बिसाइने ।
4220 अभ्यर्थनीय वि. २. उठेर विनयपूर्वक स्वागत वा सत्कार गरिने ।
4221 अभ्यर्थी वि. १. प्रार्थना गर्ने; प्रार्थी ।
4222 अभ्यर्थी वि. २. कुनै कुरा माग्ने; याचक।
4223 अभ्यसित वि. १. अभ्यास गरिएको; प्रयोग गर्न जानिएको ।
4224 अभ्यसित वि. २. पढेको; घोकेको; पठित; अभ्यस्त ।
4225 अभ्यस्त वि. १. अभ्यास गरेको; रफत गरेको; मिहिनेत गरेको ।
4226 अभ्यस्त वि. २. दक्ष; निपुण; प्रवीण।
4227 अभ्यागत ना. १. घरमा वास बस्ने गरी आएको सत्कारयोग्य व्यक्ति; अतिथि; पाहुना | वि.
4228 अभ्यागत ना. २. भेट गर्न आएको; अगाडि आएको ।
4229 अभ्यावेदन ना. दुई सरकारका वादविवादमा पठाइने नम्रतापूर्वकको लेख वा चिठी ।
4230 अभ्यास ना. १. कुनै पाठ्य विषयमा निरन्तर दोहोऱ्याई तेहऱ्याई पूर्ण ज्ञान प्राप्त गर्ने काम; रफत ।
4231 अभ्यास ना. २. कुनै कार्यको व्यावहारिक पक्षतिर विशेष रूपमा बारम्बार गरिने मिहिनेत ।
4232 अभ्यासमूलक वि. अभ्यास गर्नुपर्ने; खुब मिहिनेतसँग व्यवहारमा ल्याउनुपर्ने।
4233 अभ्यासी वि. अभ्यास गर्ने; मिहिनेत गर्ने; रफत गर्ने; घोक्ने ।
4234 अभ्युक्ति ना. १. आलोचना वा व्यङ्ग्यका ढाँचामा बताइएको कुनै कुरा।
4235 अभ्युक्ति ना. २. कसैका विषय वा सम्बन्धमा भनिएको उक्ति; टीका।
4236 अभ्युत्थान ना. १. पदोन्नति; उदय; बढिबढाउ ।
4237 अभ्युत्थान ना. २. कुनै सभा आदिमा विशष्ट व्यक्ति आउँदा सम्मानका निम्ति आसन छाडेर उठ्ने काम।
4238 अभ्युदय ना. १. उन्नति; समुन्नति; समृद्धि; बढिबढाउ ।
4239 अभ्युदय ना. २. उदय; उत्पत्ति।
4240 अभ्युन्नत वि. उन्नति भएको; उठेको।
4241 अभ्युन्नति ना. १. समुन्नति; पदोन्नति।
4242 अभ्युन्नति ना. २. समृद्धि।
4243 अभ्रक/अभ्रख ना. आगाले नजल्ने पारदर्शी र पत्रेदार खनिज पदार्थविशेष; अब्रख।
4244 अमङ्गल ना. १. मङ्गल वा कल्याणको अभाव; अकल्याण; अशुभ; बिच्छुक; कुलच्छिन; अपशकुन | वि.
4245 अमङ्गल ना. २. मङ्गल नभएको; बिच्छुकी; अलच्छिनी ।
4246 अमङ्गलकारी वि. कसैको कल्याण नगर्ने; हित नगर्ने; अहितकारी।
4247 अमचुर ना. हे. अम्चुर ।
4248 अमन१ ना. कुनै वस्तु खाने इच्छा नहुने स्थिति; खान मन नलाग्ने वा छुद्दे नहुने स्थिति; अरुचि ।
4249 अमन२ ना. शान्ति; सुख; चैन ।
4250 अमन चैन ना. शान्ति र सुख; सुख र शान्ति।