Dictionary

All Word

4351 अमित्रता ना. अमित्र हुनाको भाव वा स्थिति; शत्रुता।
4352 अमिन वि. १. अमानत राख्ने । ना.
4353 अमिन वि. २. जग्गाजमिनको नापजाँच गर्ने वा सो काममा खटिएको कर्मचारी।
4354 अमिनी ना. १. अघिको मधेस, तराईको तल्ला तहको अदालत।
4355 अमिनी ना. २. जग्गाजमिनहरूको नापजाँचसम्बन्धी काम गर्ने कामदार।
4356 अमिनी गोस्वारा ना. मोफसलका अमिनी अड्डाहरूका कागतपत्रहरू रहने अड्डा।
4357 अमिर वि. १. ज्यादै धनी; धनाढ्य; सम्पत्तिवान्।
4358 अमिर वि. २. इज्जतदार; भलादमी ।
4359 अमिर वि. ३. ना. धनीमानी ।
4360 अमिरी ना. १. धनीपना; धनाढ्यपन ।
4361 अमिरी ना. २. गहकिलोपन ।
4362 अमिरी ना. ३. भलादमीपना ।
4363 अमिलिनु अ.क्रि. १. कुनै वस्तु विकृत भएर अमिलो हुनु।
4364 अमिलिनु अ.क्रि. २. मनमा ठुलो पिर पर्नु; चिन्तित हुनु ।
4365 अमिली ना. १. साना मसिना पात हुने र लामा कोसादार अमिलो फल फल्ने ठुलो जातको रुख; त्यसैको फल; तित्री ।
4366 अमिली ना. २. साना तीनचोसे आकारका पात हुने र मसिना अमिला कोसा फल्ने एक जातको झार; चरीअमिलो ।
4367 अमिली घाँस ना. रातो रङको खण्डाकार फूल फुल्ने एक जातको घाँस।
4368 अमिलुवा वि. मिलनसार नभएको; बेमेलको; अमिल्दो ।
4369 अमिले ना. चरीअमिलो।
4370 अमिलो ना. १. निबुवा, कागती, सङ्खत्रो, बिमिरो आदिका रसको जस्तो स्वाद।
4371 अमिलो ना. २. चुक; च्वाँठ; अमिलो पदार्थ। वि.
4372 अमिलो ना. ३. चुकका स्वादको; अमिल्चुके ।
4373 अमिलो पालुङ्गो ना. अमिलो स्वाद हुने एक जातको पालुङ्गो।
4374 अमिलो लुँडे ना. अमिलो स्वाद हुने एक जातको लुँडे।
4375 अमिल्चुके वि. कुनै वस्तु विकृत भएर अलिअलि अमिलो भएको; अमिल्च्याहा।
4376 अमिल्चो/अमिल्च्या/अमिल्च्याहा वि. अलिअलि अमिलो; थोरै अमिलो।
4377 अमिल्दो वि. कसैसित पनि मिल्ने स्वभाव नभएको; मिलनसार नभएको; बेमेलको; अड्बाङ्गे ।
4378 अमिल्याइ ना. अमिलिने भाव, क्रिया वा प्रक्रिया।
4379 अमिल्याइनु क.क्रि. अमिलिने पारिनु; अमिलो पारिनु ।
4380 अमिल्याउनु प्रे.क्रि. १. अमिलिने पार्नु; अमिलो तुल्याउनु ।
4381 अमिल्सो/अमिल्स्या/अमिल्स्याहा वि. हे. अमिल्चो।
4382 अमिश्रित वि. १. कुनै पनि चिज नमिसिएको; मिसावट नभएको।
4383 अमिश्रित वि. २. शुद्ध; चोखो ।
4384 अमुक सर्व. १. फलानो; ढिस्कानो । वि.
4385 अमुक सर्व. २. खास ।
4386 अमुक सर्व. ३. तोकिएको ।
4387 अमुककालिक वि. कुनै खास समयमा केन्द्रित; समकालिक; एककालिक।
4388 अमुक्त वि. १. मुक्त नभएको; बाँधिएको ।
4389 अमुक्त वि. २. परतन्त्र; परवश।
4390 अमुक्ति ना. १. मुक्त नभएको स्थिति; बन्धनमा परेको अवस्था; परतन्त्रता; पराधीनता।
4391 अमुक्ति ना. २. दासता; दासत्व।
4392 अमुख्य वि. मुख्य नभएको; अप्रधान; गौण ।
4393 अमुग्ध वि. १. मुग्ध नभएको; अनासक्त ।
4394 अमुग्ध वि. २. चतुरो; सिपालु ।
4395 अमूर्त वि. १. मूर्ति नभएको; रूप नभएको; आकार नभएको; इन्द्रियबाट अनुभव गर्न नसकिने; निराकार। ना.
4396 अमूर्त वि. २. परमेश्वर।
4397 अमूर्त वि. ३. आत्मा।
4398 अमूर्त वि. ४. काल ।
4399 अमूर्त वि. ५. आकाश ।
4400 अमूर्त वि. ६. वायु ।