Dictionary

All Word

4401 अमूर्त भावना ना. छैटौँ इन्द्रियको अनुभूतिको अभिव्यक्ति वा स्थापना ।
4402 अमूर्तरूप ना. चक्षुरिन्द्रियले नदेखिने, तर मनले मात्र थाहा पाइने रूप।
4403 अमूर्तवाद ना. अन्तर्जगत्‌को अमूर्त चिन्तन गरिएको एक किसिमको दर्शन; आत्मवाद; शून्यवाद ।
4404 अमूर्ति वि. १. मूर्ति नभएको; आकाररहित । ना.
4405 अमूर्ति वि. २. विष्णु ।
4406 अमूल वि. १. मूल नभएको; निर्मूल ।
4407 अमूल वि. २. प्रमाण नभएको; निराधार; अप्रामाणिक।
4408 अमूल वि. ३. मिथ्या; भ्रामक ।
4409 अमूल वि. ४. जरा नभएको ।
4410 अमूलक वि. १. मूल वा जड नभएको; अमूल ।
4411 अमूलक वि. २. निराधार ।
4412 अमूलक वि. ३. मिथ्या; जड ।
4413 अमूल्य वि. १. मोल गर्न नसकिने; अनमोल ।
4414 अमूल्य वि. २. बहुमूल्य; किम्मती ।
4415 अमूल्य वि. ३. उत्तम; श्रेष्ठ ।
4416 अमृत वि. १. नमरेको; जिउँदो ।
4417 अमृत वि. २. अमरत्व दिने; नमर्ने; अमर।
4418 अमृत वि. ३. अति मिठो।
4419 अमृत वि. ४. प्यारो; अभीष्ट । ना.
4420 अमृत वि. ५. खाँदा अमर हुने पदार्थ; सुधा; पीयूष।
4421 अमृत वि. ६. पानी।
4422 अमृत वि. ७. घिउ; दुध।
4423 अमृतकर ना. १. चन्द्रमा ।
4424 अमृतकर ना. २. वैद्य ।
4425 अमृतगर्भ ना. जीवात्मा; परब्रह्म ।
4426 अमृततरङ्गिणी ना. १. जून।
4427 अमृततरङ्गिणी ना. २. नदी ।
4428 अमृतपानी ना. बिहानबेलुकी धानका बालाका टुप्पामा रहने पानी ।
4429 अमृतफल ना. १. नास्पाती।
4430 अमृतफल ना. २. सुन्तला।
4431 अमृतरश्मि ना. अमृतसमानका किरण हुने ग्रह; चन्द्रमा।
4432 अमृतवान लाहाको रोगन लगाइएको, माटाको भाँडो; घिउ, तेल, अचार आदि हाल्ने माटाको भाँडो ।
4433 अमृतवायु ना. प्राणवायु; अक्सिजन ।
4434 अमृतस्रवा ना. पानीलहरो ।
4435 अमृतांशु ना. चन्द्रमा ।
4436 अमृत्यु वि. १. नमर्ने; अमर । ना.
4437 अमृत्यु वि. २. नमर्ने स्थिति; अमरता ।
4438 अमेजन ना. दक्षिण अमेरिकामा भएको, संसारमा सबभन्दा ठुलो नदी।
4439 अमेरिकन वि. अमेरिकाली।
4440 अमेरिका ना. १. पृथ्वीको पश्चिमी गोलार्धमा उत्तरी ध्रुवप्रदेशदेखि दक्षिणी ध्रुवप्रदेशसम्म फैलिएका दुई महाद्वीप ।
4441 अमेरिका ना. २. उत्तरी अमेरिकाको एक संयुक्त राज्य ।
4442 अमेरिकाली वि. १. अमेरिकाको; अमेरिकासम्बन्धी ।
4443 अमेरिकाली वि. २. अमेरिकानिवासी । ना.
4444 अमेरिकाली वि. ३. अमेरिकाको मान्छे ।
4445 अमेरिकी वि. अमेरिकाली ।
4446 अमेल ना. १. बेमेल; फुट; वैमनस्य । वि.
4447 अमेल ना. २. फुट्टा; सिलसिला नमिलेको; असम्बद्ध।
4448 अमोक्ष वि. १. मोक्ष नभएको; अमुक्त ।
4449 अमोक्ष वि. २. प्रतिबन्धित। ना.
4450 अमोक्ष वि. ३. मोक्षको अभाव।