Dictionary

All Word

78401 लठारो ना. १. बाबियो, फलामका तार आदिको मोटो डोरी; लखाकी।
78402 लठारो ना. २. लामो समयसम्म परिरहने झगडा।
78403 लठारो ना. ३. नटुङ्गिएका कामको चापाचाप; झमेला।
78404 लठाऱ्याइ ना. लठारिने क्रिया वा प्रक्रिया।
78405 लठिँगरे / लठिङ्गरे वि. १. लठुवा; लट्ठक।
78406 लठिँगरे / लठिङ्गरे वि. २. लबिधरे; लर्दू।
78407 लठिबज्र वि. १. अलपत्रिँदो अवस्थाको; लठिबज्रे; लठाबज्र।
78408 लठिबज्र वि. ना. २. मेलोमेसो केही नभएको काम।
78409 लठिबज्र वि. ३. लट्ठी लिएर जुध्ने वीरहरूको समूह।
78410 लठिबज्रे वि. १. काम राम्ररी सँभालेर गर्न नसक्ने; काम गर्ने काइदा नजानेको।
78411 लठिबज्रे वि. २. मेलोमेसो केही नपाइने।
78412 लठुवा वि. १. लट्ठक; मूर्ख; लठिङ्गरे।
78413 लठुवा वि. २. लबिधरे; लर्दू।
78414 लठेउरो वि. लाटो स्वभावको; लठेप्रो; लठ्यौरो; लठरो।
78415 लठेप्रो / लठेब्रो वि. लठेउरो।
78416 लठेप्रो / लठेब्रो वि. स्त्री. लठेप्री / लठेब्री।
78417 लठैत ना. लाठो लिएर हिँड्ने व्यक्ति वा व्यक्तिहरूको समूह।
78418 लठ्याङ्ग्रिनु अ.क्रि. लठाङ्ग्रिनु।
78419 लठ्याङ्ग्रो / लठ्यौरो वि. लट्ठक; लठेउरो; लठेप्रो; लठेब्रो।
78420 लड्नु स.क्रि. १. लडाईं गर्नु; जुध्नु; झगडा गर्नु; लाप्पालाप्पी खेल्नु।
78421 लड्नु स.क्रि. २. लोट्नु; पछारिनु; गिर्नु; ढल्नु।
78422 लड्नु स.क्रि. ३. लेट्न; सुत्नु; पल्टनु।
78423 लड्नु स.क्रि. ४. नोकरीका निम्ति सेवाआयोग आदिका परीक्षामा सामेल हुनु; प्रतिस्पर्धामा भाग लिनु।
78424 लडकपन ना. १. लडकाको स्वभाव वा प्रकृति; बालकपन; ठिटौली; ठिट्याइँ।
78425 लडकपन ना. २. नासमझ हुनाको स्थिति।
78426 लडकपन ना. ३. बाल्यावस्था।
78427 लडकी ना. १. केटी; ठिटी।
78428 लडकी ना. २. पुत्री; छोरी।
78429 लडको ना. १. केटो; ठिटो; लडिका।
78430 लडको ना. २. पुत्र; छोरो।
78431 लडखड क्रि.वि. लड्दै -भिड्दै; दुःखका साथमा।
78432 लडखडाइ ना. लडखड गर्ने भाव, क्रिया वा प्रक्रिया।
78433 लडखडाइनु क.क्रि. लरखराइनु।
78434 लडखडाउनु अ.क्रि. लरखराउनु; धर्मराउनु।
78435 लडन्त ना. लड्ने वा झगडा गर्ने काम; जुधाजुध; हातमिसामिस; भिडन्त; युद्ध; घमासान; लडभिड।
78436 लडन्ता/ लडन्ते वि. लडन्त गर्ने स्वभावको; युद्धमा लागेको।
78437 लडबड क्रि.वि. १. रोगले वा कमजोरीले चलहल गर्न नसक्ने गरी; हिँड्न र उभिन नसक्ने चालले; धरमर।
78438 लडबड क्रि.वि. २. डर, रोग, धक आदिले अस्पष्ट आवाज आउने गरी; लरबर।
78439 लडबडाइ ना. लडबडाउने भाव, क्रिया वा प्रक्रिया।
78440 लडबडाइनु अ.क्रि. लडखडाइनु; लकपकाइनु; धर्मराइनु।
78441 लडबडाउनु अ.क्रि. १. हिँड्न वा उभिन नसकेर धर्मराउनु वा लड्न खोज्नु।
78442 लडबडाउनु अ.क्रि. २. लकपकाउनु; लरबरिनु; धकाउनु।
78443 लडबडिनु अ.क्रि. लडबडाउनु।
78444 लडबड्याइ ना. लडबडिने भाव, क्रिया वा प्रक्रिया।
78445 लडबुडिनु अ.क्रि. लुडबुडिनु।
78446 लडबुड्याइ ना. लुडबुड्याइ।
78447 लडबुड्याइनु क.क्रि. लुडबुड्याइनु।
78448 लडबुड्याउनु स.क्रि. / प्रे. क्रि. लुडबुड्याउनु।
78449 लडभिड ना. परस्परमा लड्ने र भिड्ने काम; झैझगडा; कलह; लडन्।
78450 लडाइँ ना. १. दुई विरोधी दल वा पक्ष खास गरी सशस्त्र सैनिकहरू लड्ने र एक अर्कालाई मारपिट गर्ने काम; सङ्ग्राम; युद्ध; रण; लडन्।