Dictionary

All Word

78301 लटपटाउनु अ.क्रि. बोल्दा जिब्रो लर्बराउनु; अलमलिनु; अकमकाउनु।
78302 लटपटिनु अ.क्रि. १. अल्झने किसिमले बेह्रिनु; लुटपुटिनु; लपेटिनु।
78303 लटपटिनु अ.क्रि. २. मिसिनु।
78304 लटपटिनु अ.क्रि. ३. अलमलिनु; अल्झनु।
78305 लटपटिनु अ.क्रि. ४. लट्याङपट्याङ हुनु; लऱ्याङबऱ्याङ हुनु; कामको अल्झोमा पर्नु।
78306 लटपटिनु अ.क्रि. ५. लाटलुट हुनु; लसपस हुनु।
78307 लटपटिनु अ.क्रि. ६. सन्दिग्ध हुनु।
78308 लटपटे वि. लटपट वा भद्रगोल गर्ने; गोलमाले; भताभुङ्ग पार्ने।
78309 लटपट्याइ ना. लटपटिने तथा लटपट्याउने भाव, क्रिया वा प्रक्रिया।
78310 लटपट्याइनु क.क्रि. लटपट परिनु।
78311 लटपट्याउनु स.क्रि. १. गिलो र डल्लो वस्तु सुक्खा पदार्थमा मिसाउनु; लटपट पार्नु; लोटपोट पार्नु।
78312 लटपट्याउनु स.क्रि. २. अलमल्याउनु।
78313 लटपट्याउनु स.क्रि. ३. बेर्नु; लपेट्नु।
78314 लटमुखा वि. मौकामा बोल्न वा मनका कुरा प्रकट गर्न नसक्ने।
78315 लटरपटर ना. १. गडबडी; गोलमाल; लटनपटन।
78316 लटरपटर ना. २. छ्यासमिस; घुलमिल; लसपस।
78317 लटरम्म क्रि.वि. फलफूलले बोटबिरुवा नै ढाक्ने गरी; फल वा फूल झुप्पैझुप्पा भएर; भरेली।
78318 लटरी ना. नगद वा कुनै चिजको पुरस्कारप्राप्तिका लागि गोला झिकेर वा अन्य युक्ति अँगालेर खेलिने मौकाबाजीको खेल; चिट्ठा।
78319 लटीपटी ना. सर्वस्व; सिरीखुरी; लट्टीपट्टी।
78320 लट्कनु अ.क्रि. १. कुनै मुद्दामामिला नछिनिएर वा कामकुरो आदि नटुङ्गिएर टाँगिइरहनु; बाँकी रहनु।
78321 लट्कनु अ.क्रि. २. झुन्डिनु; तुर्लुङ्ग हुनु; झोलिनु।
78322 लट्काइ ना. लट्कने तथा लट्काउने भाव, क्रिया वा प्रक्रिया।
78323 लट्काइनु क.क्रि. लट्कने पारिनु; झुन्ड्याइनु।
78324 लट्काउनु स.क्रि./प्रे.क्रि. १. काम कुरो नसिद्ध्याई अलमल्याइराख्नु; रोकिरहनु; टाँग्नु।
78325 लट्काउनु स.क्रि./प्रे.क्रि. २. लट्कन लाउनु; लट्कने पार्नु।
78326 लट्किनु अ.क्रि. १. लट्कनु।
78327 लट्किनु अ.क्रि. २. लट्कने होइनु।
78328 लट्क्याइ ना. लट्किने भाव, क्रिया वा प्रक्रिया।
78329 लट्टा ना. १. मयल, चोप आदिले जमेर डल्लोडल्लो परेको केश; गुजुल्टो परेको रौँ।
78330 लट्टा ना. २. चिउरा, चामल, गुन्द्रुक आदि बिग्रेर वा टाँसिएर भएको चपरो।
78331 लट्टा ना. ३. जोगीहरूको केशपाश; जटा।
78332 लट्टाई ना. लटाइ।
78333 लट्टाई ना. चङ्गा उडाउँदा धागो बेर्न प्रयोग गरिने काठको बेलनाकार साधन।
78334 लट्टिनु अ.क्रि. १. दुईतीन थरी वस्तु एकअर्कामा जेलिई वा टाँसिई एउटै गुजुल्टो हुनु; जोल्टिनु।
78335 लट्टिनु अ.क्रि. २. मयल, चोप आदिले वा यस्तै लेसाइलो पदार्थले रौँ आदि जमेर डल्लो पर्नु; लट्टा पर्नु।
78336 लट्टी ना. १. मुठो पारेको धागाको एक परिमाण; लरियो; लच्छा; लर्को।
78337 लट्टी ना. २. एक सय बिस गज धागो चक्का आकारमा बेरेको मुठो।
78338 लट्टीपट्टी ना. श्रीसम्पत्ति; सिरीखुरी; सर्वस्व।
78339 लट्टु १ ना. धागाले भेट्नुमा बेही झट्का दिएर च्याम्पटी झैँ घुमाउँदै खेलिने एक प्रकारका खेलौना; भुरुङ।
78340 लट्टु २ वि. १. मायापिर्तीमा नराम्रोसँग लागेको; आसक्त; लग्गु।
78341 लट्टु २ वि. २. कुनै काममा एकोहोरो लागेको।
78342 लट्टे १ ना. भिजाएको अनदीको चामल पानी नहालीकन घिउ वा तेलमा भुटेर खुदो आदि गुलियो मिसाई पकाएको खानेकुरो; चाम्रे; ढकनी।
78343 लट्टे २ ना. लाम्चा भुवादार पात हुने, गाढा राता वा सेता झुप्पाकार फूल फुल्ने एक बोट वा त्यसमा फल्ने ससाना दाना; नचनी; रामदाना।
78344 लट्टे ३ वि. १. लटैलट्टा परेको; मयल वा लेसाइलो पदार्थले जमेको।
78345 लट्टे ३ वि. २. जटाधारी; जटावाल; जटे।
78346 लट्टेझाँक्री ना. लट्टावाल झाँक्री; लट्टा पालेको वनझाँक्री।
78347 लट्टेपड्काइ ना. लट्टेका दाना भुट्दा पड्के झैँ छिटोसँग बोल्ने वा पढ्ने काम।
78348 लट्टेपा ना. भुटेको लट्टेलाई खुदोमा मुछेर बनाइएको रोटी।
78349 लट्टो ना. कुनै कामकुराप्रतिको एकोहोरो लगाव; आसक्ति।
78350 लट्ट्याइ ना. १. लट्टिने भाव, क्रिया वा प्रक्रिया।