Dictionary

All Word

78151 लघु वि. ५. एकमात्रिक स्वर वा ह्रस्व स्वर; त्यसको चिह्न (I)।
78152 लघु वि. ६. एक मात्राको वा ह्रस्व उच्चारण हुने वर्ण (अ, इ, उ, क, कि, कु, इ.)।
78153 लघु उद्योग ना. थोरै श्रमसाधनले पनि स्थापित र सञ्चालित गर्न सकिने उद्योग; सानोखाले व्यवसाय।
78154 लघु उपन्यास ना. सड्क्षिप्त औपन्यासिक तत्त्व भएको लामो कथाजस्तो सानो उपन्यास।
78155 लघुकथा ना. कथातत्त्वले पूर्ण भएका ससाना कथा; छोटा कथा।
78156 लघुतम वि. सबैभन्दा छोटो वा सानो।
78157 लघुतम समापवर्त्य ना. दुई वा दुईभन्दा बढी सङ्ख्याले निश्शेष भाग जाने सबभन्दा सानो सङ्ख्या।
78158 लघुता ना. लघु वा छोटो हुनाको गुण वा अवस्था; हलुकोपन।
78159 लघुताभास ना. आफूलाई तुच्छ वा हीन ठान्ने मानसिक भावना वा त्यसको छनक।
78160 लघुत्व ना. लघु हुनाको चाल वा अवस्था; लघुता; हल्कापन।
78161 लघुदूधिका ना. सिउँडीका जस्ता बाक्लाचिल्ला पात हुने, त्यस्तै फुल्नेफल्ने, भाँच्दा दुध निस्कने एक जातको बोट वा त्यसैको फल।
78162 लघुनाटक ना. विषयवस्तु एउटै र पात्रहरू कम भएको, थोरै समयमा अभिनय गर्न सकिने वा पत्रपत्रिकामा प्रकाशित गर्न लेखिएको प्रायः व्यङ्ग्यप्रधान छोटो नाटक।
78163 लघुन्यास ना. कुनै वस्तु वा धन कसैका साथमा सानो रूपमा राख्ने वा जिम्मा लगाउने काम; सानो वा मामुली ढाँचाको धरौटी।
78164 लघुपत्र ना. लामा, बालिएका र धर्साधर्सा परेका खैरा जरा हुने, सेतो एक्लै एउटा फूल फुल्ने र कहिले गुलाफी फुल्ने भुइँमा हुने एक जातको बुटी; त्यसैको गानो वा कन्द।
78165 लघु परियोजना ना. थोरै पुँजी र श्रममा पूरा हुन सक्ने वा चालु गरिने ससाना खालका योजना; लघुयोजना।
78166 लघुयोजना ना. सानाखाले उद्योग वा योजना।
78167 लघुवाद ना. सानातिना झैझगडा वा मुद्दामामिला।
78168 लघुवाद न्यायालय ना. त्यस्तो झगडा वा मुद्दा हेर्ने सुरुको अदालत; जिल्ला अदाल।
78169 लघुशङ्का ना. पिसाब फेर्ने काम; मूत्रत्याग।
78170 लघु शोधप्रबन्ध ना. कुनै तह वा परीक्षा पूरा गर्नका लागि प्रस्तुत गरिने सङ्क्षिप्त शोधपत्र वा पढाइको सट्टा राखिएको सानो अनुसन्धानात्मक प्रबन्ध; अध्ययनपत्र; अनुसन्धानप्रधान लेख।
78171 लघूकरण ना. कडा वा ठुलो सजायलाई घटाएर हल्का वा सानो पार्ने काम; दण्डादेशलाई होलोखुकुलो वा नरम पार्ने काम।
78172 लङ ना. मिलेको घर वा पङ्क्ति; लाम; ताँती।
78173 लङौटिया वि. लँगौटिया।
78174 लङौटिया यार ना. लँगौटिया यार।
78175 लङौती ना. लँगौटी।
78176 लङ्का ना. एसिया महादेशमा भारतदेखि दक्षिणपट्टि रहेको, अघि रावणको राज्य भनिने एक द्वीप वा टापू।
78177 लङ्कापति ना. १. लङ्का देशको राजा।
78178 लङ्कापति ना. २. रावण।
78179 लङ्कापति ना. ३. विभीषण।
78180 लङ्कासानी ना. खोर्सानीका जस्ता पात हुने र मरिचका जस्ता काला दाना फल्ने एक प्रकारको बोट वा त्यसैको बास्ना आउने रातो, कमलो फूल; लङ्केश्वरी।
78181 लङ्गडा ना. लँगडा।
78182 लङ्गडाउनु अ.क्रि. लँगडाउनु; खोच्याउनु।
78183 लङ्गडो वि. लँगडो; खँजाहा; खोरन्डो।
78184 लङ्गर ना. १. डुङ्गा, जहाज आदिलाई पानीका माझमा अड्याउनुपर्दा साङ्लामा झुन्ड्याई तल पुग्ने गरी खसालिने ठुलो अङ्कुसे परेको फलामे सामान।
78185 लङ्गर ना. २. लङ्गुर।
78186 लङ्गुर १ ना. १. लामो पुच्छर र कालो मुख हुने एक जातको बाँदर।
78187 लङ्गुर १ ना. २. बाँदरको पुच्छर।
78188 लङ्गुर १ ना. 3. पुच्छर।
78189 लङ्गुर १ ना. ४. खास गरी हिमालको अग्लो लामो डाँडो (जस्तो- महालङ्गुर )।
78190 लङ्गुर २ ना. १. ठुलो खालको वा भित्ते घडीहरूको तलतिर झुन्डिएर हल्लिइरहने पुर्जाविशेष।
78191 लङ्गुर २ ना. २ घण्टाको रालो।
78192 लङ्गुरबुर्जा ना. सुरथ, पान, ईंट, चीड, ताज र लङ्गुरका बुट्टा भएको थर्कीमा चारपाटे तीनवटा गोटीले खेलिने जुवाको खेलविशेष।
78193 लङ्गुरे वि. १. लङ्गुरोजस्तो; लङ्गुरोको।
78194 लङ्गुरे वि. २. अल्गो र सानो।
78195 लङ्गुरो ना. हाँगाबिँगा नभएको अग्लो, सुरिलो र सानो लाथ्रो।
78196 लङ्घन ना. १. नाघ्ने वा फट्कने काम; टाङमुनि पार्ने काम।
78197 लङ्घन ना. २. आज्ञा, नियम, विधि आदिको अतिक्रमण; अटेऱ्याइँ।
78198 लङ्घन ना. ३. बिरामी अवस्थामा केही नखाई बस्ने काम; भोकोबसाइ; निराहार।
78199 लङ्घनीय वि. नाघ्नु वा फट्कनुपर्ने; लङ्घन गर्न योग्य।
78200 लङ्घित वि. १. लङ्घन गरिएको; नाघिएको।