Dictionary

All Word

78101 लगाम ना. घोडाका मुखमा रहने काँडावाल फलामे बाग वा सामानका दुवै टुप्पामा बाँधिएको, घोडचढीले समाउने छाला वा डोको लामो फित्ता; बागडोर; करेली।
78102 लगायत ना. यो. समेत; सहि।
78103 लगायत ना. यो. (उदा.- अघि सय रुपियाँमा पसललगायत सिङ्गै घर बहालमा पाइन्थ्यो )।
78104 लगार्नु स.क्रि. भगाउने, धपाउने, समाउने वा मार्ने विचारले कसैको पछि लाग्नु; पिछा गर्न; लखेट्नु; खेद्नु।
78105 लगाराइ ना. लगार्ने काम वा किसिम; खेदाइ।
78106 लगारिनु क.क्रि. लगार्ने काम गरिनु; खेदिनु।
78107 लगारो ना. लगार्ने अवस्था; खेदो।
78108 लगालग क्रि.वि. पालो नबिराई वा एकपछि तुरुन्तै अर्को लागेर; लगातार; धमाधम।
78109 लगालगी क्रि.वि. क्रम वा सिलसिला नटुटाई; एकनाससित; लगालग।
78110 लगित्या ना. कुनै व्यक्तिकहाँ आफ्नो पेसाअनुसारको काम गर्न स्थायी रूपले लाग्ने व्यक्ति।
78111 लगिनु क.क्रि. लग्ने काम गरिनु।
78112 लगी ना. आफूलाई चाहिने समयानुसारको काम वा सरसामानका लागि त्यस्तो पेसा भएका मानिसहरूलाई स्थायी रूपले लगाउने व्यक्ति।
78113 लगीलगित्या ना. प्रचलनअनुसार गाउँका विभिन्न जातिका परिवार र तीनचार व्यावसायिक जातिका बिचमा हुने स्थायी सम्बन्ध।
78114 लगीलगित्या ना. (यसमा एकै गाउँका कामी, दमाईं, सार्की आदिको अर्को कुनै एक परिवारसँग स्थायी सम्बन्ध हुन्छ र उनीहरूले त्यस परिवारका निम्ति आवश्यक सरसामान बनाइदिने र काममा सघाउने गर्छन्।
78115 लगीलगित्या ना. यसरी काम गरेबापत लगीबाट उनीहरूले बाली काटिसकेपछि वर्षभरिको एकमुस्ट र विशेष चाडपर्वमा आफ्नो भाग पाउँछन्।
78116 लगुख ना. हातले ठोकेर बजाइने, छालाले मोहोरिएको एक प्रकारको प्राचीन वाद्य।
78117 लगुड ना. १. काठको लामो गिँड।
78118 लगुड ना. २. लौरो; लट्ठी।
78119 लगुना ना. स्तनधारी समूहमा पर्ने, रातोरातो जिउमा सेता थोप्ला भएको, अढाई फिटसम्म अग्लो हुने, चित्तलका भन्दा छोटा खुट्टा भएको, एक्लै हिँड्न मन पराउने चित्तलकै जातको मृग।
78120 लगेदा ना. गद्दी, हौदा आदि कस्ता बिछ्‌याइने बाक्लो ऊनी कपडा; एक प्रकारको जीनपोस लुगा।
78121 लगेस्रो ना. १. कुनै वस्तुमा लागेर बाँकी रहेको चिज; रहल।
78122 लगेस्रो ना. २. रिनपान आदिको लेस वा शेष।
78123 लग्गा ना. १. कुनै कुरामा लागेको हिस्सा; अंश; लग्घा।
78124 लग्गा ना. २. मातहतको जिम्मा; ढेस्सा।
78125 लग्गा ना. ३. जमिन नाप्ने नौहाते टाँगो; लग्गी।
78126 लग्गी ना. १. लग्गा ; लग्घी।
78127 लग्गी ना. २. नाउ चलाउनका निम्ति ठेलिने घारो वा टाँगो।
78128 लग्गु वि. १. एकोहोरोसित कुनै कामकुरो वा व्यसनमा लागेको; तल्लीन।
78129 लग्गु वि. २. विषयवासनामा अनुरक्त; कामुक; लम्पट।
78130 लग्गु वि. ३. व्यसनी; अम्मली।
78131 लग्गु जुवाडेजस्तो वि. सबै कुरा बिर्सेर एउटै कुरामा एकोहोरो लाग्ने।
78132 लग्घा ना. हे. लग्गा।
78133 लग्घी ना. लग्गी।
78134 लग्न ना. १. ज्योतिषशास्त्रअनुसार कुनै ग्रहको क्रान्तिवृत्तको उदय हुने बेलामा क्षितिजमा स्पर्श हुने भाग वा अंश।
78135 लग्न ना. २. विवाह, व्रतबन्ध आदि कुनै माङ्गलिक कार्य गर्ने मुहूर्त; साइत; लगन।
78136 लग्न ना. वि. ३. जोरिएको; टाँसिएको।
78137 लग्नकुण्डली ना. लगनको कुण्डली वा पत्रिका; जन्मकुण्डली।
78138 लग्नग्रन्थि ना. लगनगाँठो।
78139 लग्नदिन ना. लग्न वा महर्त भएको दिन।
78140 लग्नपत्रिका/पत्री ना. विवाह, व्रतबन्ध आदि माङ्गलिक कार्यको ठिक समय उल्लेख गरिएको लेखोट वा टिपोट।
78141 लघार्नु स.क्रि. लगार्नु; लखेट्नु।
78142 लघाराइ ना. लघार्ने क्रिया वा प्रक्रिया।
78143 लघारालघार ना. परस्परमा लघार्ने काम; आपसको लघाराइ।
78144 लघारिनु क.क्रि. लगारिनु; खेदिनु।
78145 लघिमा ना. १. आठ सिद्धिमध्ये एक (यसको प्रभावले सिद्ध पुरुष आकृतिमा सानो र हलुका बन्न सक्छ)।
78146 लघिमा ना. २. लघु हुनाको भाव वा स्थिति; हलकापन; लघुता।
78147 लघु वि. १. लामो वा ठुलो नभएको; छोटो वा सानो।
78148 लघु वि. २. गह्रौँ नभएको; हलुको; हलौँ।
78149 लघु वि. ३. अलिकति; थोरै।
78150 लघु वि. ४. कनिष्ठ; कान्छो।