Dictionary

All Word

78001 लक्ष्य ना. २. ताकेको कुरो; ताक; उद्देश्य; ध्येय।
78002 लक्ष्य ना. ३. आक्षेप गरिएको विषय।
78003 लक्ष्य ना. ४. लाखको सङ्ख्या।
78004 लक्ष्यभेद ना. अस्थिर लक्ष्य वा निसानामा तारो हान्ने काम।
78005 लक्ष्यभेदक पदक ना. चाँदमारीको प्रतियोगितामा विजयी हुने सैनिकहरूलाई प्रदान गर्ने उद्देश्यले १९८० सालमा स्थापित एक पदक।
78006 लक्ष्यवेध ना. लक्ष्यभेद।
78007 लक्ष्यवेधी वि. लक्ष्यवेध गर्ने।
78008 लक्ष्यसिद्धि ना. आँटेको वा चिताएको कुरो पुग्ने स्थिति; लक्ष्यको प्राप्ति।
78009 लक्ष्यार्थ ना. १. पाउन चाहेको कुरो; ताकेको कुरो वा अर्।
78010 लक्ष्यार्थ ना. २. लक्षणाशक्तिबाट बुझिने अर्।
78011 लक्षाहुति ना. देवप्रीतिका निमित्त वैदिक विधानअनुसार गरिने लक्षहोम; रुद्री, गायत्री वा सो सरहका कुनै स्तुति लाखपल्ट दोहऱ्याएर गरिने हवनकार्य।
78012 लख्नु स.क्रि. १. लख काट्नु; अनुमान वा अड्कल गर्नु।
78013 लख्नु स.क्रि. २. विचार गर्नु; सोच्नु।
78014 लख ना. १. कुनै विषयमा गरिएको अनुमान वा घत; अड्कल; अन्दाज।
78015 लख ना. २. अक्षरको शिरमा लगाइने एकारको चिह्न ( े)।
78016 लखकानो ना. अक्षरमा लगाइने लख र कान्दानीको चिह्न; ओकारको चिह्न; ओकार ( ो )।
78017 लखटट्टु वि. मरन्च्याँसे; दुब्लो।
78018 लखतरान वि. धेरै परिश्रमले थाकेर लस्त भएको; अति थकि।
78019 लखन ना. लक्ष्मण।
78020 लखनतिवारी वि. काम न काजसित डुलिरहने; बिकामे।
78021 लखन थापा ना. १. गोरखाका एक सिद्धको नाम।
78022 लखन थापा ना. २. वि.स. १९३३ मा गोरखाको बुङकोटमा सहादत प्राप्त गरेका सहिद।
78023 लखने वि. राम्रो लच्छिन भएको ( अवज्ञामा)।
78024 लखनटाट वि. मरन्च्याँसे; लखटट्टु।
78025 लखनतेवारी वि. इलम-रोजगार वा काम केही नभई खालि डुलिरहने।
78026 लखन्तरे वि. जन्मका क्रमअनुसार आठौं; जन्तरेपछिको।
78027 लखेटाइ ना. लखेट्ने क्रिया वा प्रक्रिया।
78028 लखेटाइनु क.क्रि. लखेट्न लाइनु।
78029 लखेटाउनु प्रे. क्रि. लखेट्न लाउनु; लखेटाइमा पार्नु।
78030 लखेटालखेट ना. परस्परमा लखेट्ने काम।
78031 लखेटिनु क.क्रि. लखेट्ने काम गरिनु; खेदिनु।
78032 लखेटो ना. १. लखेट्ने वा लघार्ने काम।
78033 लखेटो ना. २. आखेट; खेदो।
78034 लखेटो ना. ३. कामको चेपाइ।
78035 लखौटी ना. १. वेश्या; फुँडी।
78036 लखौटी ना. २. ल्याइते स्वास्नी।
78037 लखौरी वि. लखरलखर अरूको घर चहार्ने।
78038 लखौरो वि. काम न काज यताउति हिँडिरहने; हल्लनदास।
78039 लग्नु स.क्रि. कुनै वस्तु वा सरसामान आदि लिएर जानु; लैजानु; लानु।
78040 लखपति वि. लाखौँ रुपियाँको सम्पत्ति भएको; ठुलो धनाढ्य; लाखपति; लाखको मालिक।
78041 लखपातर ना. धेरै पोइ भएकी वा नाठा खेलाउने स्त्री; फुँडी; वेश्या।
78042 लखबन्धक ना. आफूले बन्धकमा लिएर भोग गरेको घरजग्गा आदि फेरि अर्कालाई बन्धक राख्ने काम; बन्धकमाथिको पनि बन्धक।
78043 लखरलखर क्रि.वि. बिकाममा र बिनसित्ति यताउति हिँड्ने वा ओहोरदोहोर गर्ने चाल।
78044 लखर्किनु अ. क्र. लखरलखर हिँड्नु।
78045 लखर्क्याइ ना. लखर्किने क्रिया वा प्रक्रिया।
78046 लखर्क्याउनु प्रे. क्रि. लखर्किने पार्नु।
78047 लखाइ ना. लख्ने भाव, क्रियावा प्रक्रिया।
78048 लखाइनु क.क्रि. लख्न लाइनु।
78049 लखाउनु प्रे.क्रि. लख्न वा गम्न लाउनु।
78050 लखाकी ना. इनारबाट पानी झक्न डोल, वाल्टिन आदि झुन्ड्याइने डोरी; ठुलो मोटो खालको डोरी।