Dictionary

All Word

77901 ऱ्याङठ्याङ ना. १.टाकटुक्क मिल्ने कुनै कामकुरो; तारतम्य; ठिकठाक।
77902 ऱ्याङठ्याङ ना. २. परस्परमा राय मिल्ने काम; मतैक्य।
77903 ऱ्याङऱ्याङ क्रि.वि. १.भित्री भाग जताततै खुला छोड्ने गरी।
77904 ऱ्याङऱ्याङ क्रि.वि. ना. २. त्यस्तो खुला छोड्ने काम वा चाल।
77905 ऱ्याङऱ्याङती क्रि.वि. सरासर जान हुने गरी घरको भित्री भाग खुला रहने गरी।
77906 ऱ्याङऱ्याङती क्रि.वि. ना. ऱ्याङऱ्याङ।
77907 ऱ्याल ना. राल।
77908 ऱ्याली ना. कुनै प्रदर्शन वा उत्सवका दृष्टिले घुम्ने मानि आदिको समूह; भेला; जमघट (उदा.- अस्ति काठमाडौँमा मानवअधिकारवादीहरूको ऱ्याली भएको थियो।)।
77909 ऱ्याले वि. राले।
77910 ऱ्याल्ल क्रि.वि. ऱ्याल वा कुनै रयालिँदो पदार्थ निस्के जस्तै गरी।
77911 ऱ्वाइँऱ्वाइँ क्रि.वि. घट्ट, जाँतो आदि घुम्ने वा ती घुमाउँदा मसिनो तिखो खालको आवाज आउने गरी।
77912 ऱ्वाम्म क्रि.वि. कुनै कमलो वस्तुमा तिखो हतियारले बेसरी रोप्ने वा चुच्चो गाड्ने चालसँग।
77913 ल १ देवनागरी वर्णमालाको अट्ठाइसौँ व्यञ्जन वर्ण; संस्कृत व्याकरणअनुसार दन्त्य र नेपाली उच्चारणअनुसार दन्तमूलीय सघोष, अल्पप्राण, पार्श्विक, व्यञ्जन; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिह्न; हात भाँच्यो ल।
77914 ल २ निपा. स्वीकृति, प्रेरणा, उदेक, आश्चर्य, खेद, आग्रह आदि जनाउँदा प्रयुक्त हुने शब्द।
77915 ल २ निपा. (उदा.- ल, हिजोको जस्तै गरुँला। ल, कस्तो नकाम भएछ। ल, अब बेर नगरौं। तिमी भरे छिटै घर जाऊ ल!)।
77916 लँगडा ना. १. एक जातको असल आँपको नाउँ।
77917 लँगडा ना. २. 'लँगडो' को तिर्यक् रूप।
77918 लँगडाइ ना. लँगडाउने काम वा किसिम।
77919 लँगडाइनु अ.क्रि. लँगडाउने होइन; खोच्याइनु।
77920 लँगडाउनु अ.क्रि. लँगडो हिँडे जस्तै चालले हिँड्नु; खोच्याउनु; लेच्याउनु।
77921 लँगडो वि. खोच्याएर वा लेच्याएर हिँड्ने; खँजाहा; खोरन्डो।
77922 लँगो ना. इस्टकोट; इस्कोट।
77923 लँगौटिया वि. १. उमेरमिल्दो; एकै दाँवलको।
77924 लँगौटिया वि. २. मन मिल्ने।
77925 लँगौटिया यार ना. बालककालदेखिको मन मिल्ने साथी; बालसँगाती; दौँतर।
77926 लँगौटी ना. कन्धनीमा घुसारेर उपस्थ र गुदद्वार छोप्ने सानो ठाडो धोती; कौपीन; धरो।
77927 लइन ना. पङ्क्ति वा श्रेणी; लाइन।
77928 लइन छोकडा ना. लइनछोकडो।
77929 लइन छोकडो ना. विदेशीहरूको सहवास वा सरसङ्गत पाएको र चनाखो तथा खाइलाग्दो भएको ठिटो।
77930 लइन छोकडो ना. स्त्री. लइनछोकडी।
77931 लउन्ठ ना. लेकमा हुने वा पाइने एक प्रकारको बोटविशेष।
77932 लकडी ना. १. रुख काटेको ठुलो मुढो वा काठको लामो गिँड।
77933 लकडी ना. २. बाल्ने काठ; दाउरो।
77934 लकपक ना. १. लाज, धक, त्रास आदिले बोली लरबराउने वा अस्पष्ट हुने चाल; कुरोकन्थो स्पष्ट नहुने स्थिति।
77935 लकपक ना. २. नातागत वा रोगका कारणले हिँड्दा धरमराउने काम।
77936 लकपक ना. लरबर हुने अवस्था।
77937 लकपकाइ ना. लकपकाउने काम वा किसिम।
77938 लकपकाइनु अ.क्रि. लकपक होइनु।
77939 लकपकाउनु अ.क्रि. अपूर्ण वा अस्पष्ट रूपले बोल्नु; लकपक गर्नु; अकमकाउनु।
77940 लकपकाहट ना. लकपकाउने काम, अवस्था वा किसिम; लकपकाइ।
77941 लकपकिनु अ.क्रि. लकपकाउनु।
77942 लकपकी ना. लकपकाउने काम; लकपक।
77943 लकपके वि. लकपक गर्ने; लकपकाउने।
77944 लकपक्याइ ना. लकपकिने काम वा किसिम।
77945 लकपक्याहट ना. लकपकिने काम, अवस्था वा किसिम।
77946 ल कमिसन ना. कानुन आयोग।
77947 लकरुवा निगालेचितुवा; चरीबाघ।
77948 लकवा/लकुवा ना. सम्पूर्ण अङ्ग नचल्ने र चेतनाशून्य बनाइदिने रोगविशेष; पक्षाघात; पक्षवात; लकुवा।
77949 लकाँसी ना. झ्यालढोकाको खापा अडिने ठेलाभित्र तेर्सो रहेको काठ।
77950 लकार ना. दन्त्यस्थानबाट उच्चारण गरिने, अन्तःस्थ वर्णको तेस्रो अक्षर; 'ल' अक्षर।