Dictionary

All Word

77801 रोरी ना. माङ्गलिक कार्यविशेषमा प्रयोग गरिने र टीका लगाइने अबिरजस्तो रातो धुलो; रोचना; सिम्रिक।
77802 रोरे वि. कुनै न कुनै निहुँ झिकेर रोइरहने; रुने स्वभावको; रुन्चे; पिन्चे।
77803 रोर्‍याइँ ना. सानोतिनो निहुँ पारेर केटाकेटी रोइरहने काम; रोरे हुने चाल; रुन्चेपन।
77804 रोल ना. १.जागिरदारहरूको माथिल्लो दर्जामा चढ्ने पालो; उन्नतिक्रम।
77805 रोल ना. २. क्रम; नम्बर।
77806 रोलदार वि. रोल पाउने; रोलवाला।
77807 रोल्नु स.क्रि. १.कुनै वस्तु पेलेर धुलोपिठो पार्नु; पहिरो लाउनु।
77808 रोल्नु स.क्रि. २. कुनै कार्यमा मनग्गे खर्च गर्नु; रेल्नु।
77809 रोलर ना. १.लोहोरोजस्तो पेल्ने, पथार्ने आदि काम लिइने साधन; बेलन।
77810 रोलर ना. २. मुद्रण हुने सामग्रीमा मसी दल्ने उपकरणविशेष।
77811 रोलाइ ना. रोल्ने क्रिया वा प्रक्रिया।
77812 रोलाइनु क.क्रि. रोल्न लाइनु।
77813 रोलाउनु प्रे. क्रि. रोल्न लाउनु।
77814 रोलिनु क.क्रि. १.पहिरो लाइनु; पेलिनु।
77815 रोलिनु क.क्रि. अ.क्रि. २. पहिरो जानु वा भत्कनु।
77816 रोल्पा ना. नेपालको रापती अञ्चलमा पर्ने उत्तरी भेगको एक पहाडी जिल्ला।
77817 रोल्याइँ ना. रोलिने चाल; रोलिने अवस्था।
77818 रोल्याइ ना. रोलिने क्रिया वा प्रक्रिया।
77819 रोल्वालिङ ना. नेपालको पूर्वी भागमा पर्ने विभिन्न शिखरमध्ये एक शिखर; गौरीशङ्कर भएको हिमालको एक शृङ्खला।
77820 रोष ना. १.रिसको आवेग; क्रोधको उद्धेग।
77821 रोष ना. २. रिस; क्रोध।
77822 रोष ना. ३. जोस।
77823 रोसम ना. १.इलम; उद्योग; पेसा।
77824 रोसम ना. २. अभ्यास; आद।
77825 रोसम ना. ३. जानकारी; ज्ञान।
77826 रोसम ना. ४. रोसममुहाली।
77827 रोसम ना. (उदा.- कुस्लेको रोसम स्वरित भयो।- ल. प्र. देवकोटा, 'सुलोचना'।)।
77828 रोसम मुहाली ना. कुस्लेहरूले परम्परागत रूपमा बजाउने काठ खोपेर बनाइएको सोझो र ठाडो बाजा; कुस्ले बाजा।
77829 रोस्ट ना. सिङ्गै कुखुरो गल्ने र बिल्ने गरी बनाइने खाद्य पदार्।
77830 रोह ना. १.कुनै काम कुराको नीतिनियम वा विधि।
77831 रोह ना. २. कामको सिलसिला; कार्यक्रम।
77832 रोहण ना. १.चढ्ने काम; चढाइ।
77833 रोहण ना. २. अङ्कुरित हुने काम; उम्राइ; उमार।
77834 रोहबर क्रि.वि. अगिल्तिर; सामुन्ने; समक्ष (उदा.- अहिलेसम्म अड्डामा झगडियाको रोहबर भएको छैन। )।
77835 रोहबरी ना. रोहबर।
77836 रोहिणी ना. १.सत्ताइस नक्षत्रमध्ये चौथो नक्षत्र।
77837 रोहिणी ना. २. चन्द्रमाकी स्त्रीको नाम।
77838 रोहिणी ना. ३. गाई।
77839 रोहिणी ना. ४. बिजुली।
77840 रोहिणी ना. ५. डल्ला मालाकार पात हुने, पहेँला फूल फुल्ने, राता ग्रन्थि र रौंले ढाकिएको फल लाग्ने,भाँच्ता दुध निस्कने एक जातको सदाबहार रुख।
77841 रोहित ना. १.गाढा वा चढेको रातो रङ।
77842 रोहित ना. २. रगत; रक्।
77843 रोहित ना. ३. गुराँसको फूल।
77844 रोहित ना. ४. रतुवा; मृग ।
77845 रोहित ना. ५. एक जातको असल खालको माछो; रोहु।
77846 रोहित ना. ६. पुराणप्रसिद्ध राजा हरिश्चन्द्रका छोराको नाम।
77847 रोहित ना. वि. ७. चढ्दो रातो रङको; लोहि।
77848 रोही वि. १.चढ्ने वा उक्लने; अवरोहण गर्ने (अश्वारोही, पर्वतारोही इ.)।
77849 रोही वि. २. बरको रुख; वटवृक्ष।
77850 रोहु ना. ठुलो असल जातको माछोविशेष।