Dictionary

All Word

77651 रोकाइनु क.क्रि. रोक्न लाइनु।
77652 रोकाउनु प्रे. क्रि. रोक्न लाउनु।
77653 रोकारोक ना. परस्परमा रोक्ने काम; छेकाछेक।
77654 रोकिनु क.क्रि. रोक्ने काम गरिनु; थामिनु।
77655 रोकावट ना. रोक्ने काम; रोक्का; मनाही; हटक; प्रतिबन्ध।
77656 रोकाहा वि. रोक लगाउने; रोक्ने।
77657 रोक्का ना. रोक्ने वा बन्देज लगाउने काम; रोकावट।
77658 रोक्का पुर्जी ना. कुनै भइरहेको कामकारबाई कानुनविपरीत भएमा वा त्यसबाट हानिनोक्सानी हुने भएमा त्यसको चलन वा उपभोग रोक्नका लागि सम्बन्धित सरकारी अड्डाबाट लेखिने पुर्जी; रोकावटपुर्जी।
77659 रोखपोख ना. १.जग्गाजमिन आदिको उब्जनी हुनेनहुने, असलखराब आदि छुट्ट्याउने र मिलाउने काम।
77660 रोखपोख ना. २. सापोनापो; सरदर।
77661 रोग ना. शरीर अस्वस्थ हुने शारीरिक विकार; व्यथा; बिमारी।
77662 रोगग्रस्त वि. रोग लागेको; रोगी।
77663 रोगन ना. कुनै वस्तु राम्रो पार्न वा टल्काउनका निम्ति लेपन गरिने लेसिलो वस्तु; रँगाउने पदार्थ; पालिस।
77664 रोगनदार वि. १.रोगन गरिएको।
77665 रोगनदार वि. २. चम्किलो।
77666 रोगनाशक ना. प्रतिरोधक शक्तिको उत्पादन गरी रोगलाई नाश पार्ने वस्तु।
77667 रोग प्रतिकार ना. कुनै पनि रोगलाई रोकथाम गर्ने काम।
77668 रोगाइ ना. रोगाउने क्रिया वा प्रक्रिया।
77669 रोगाइनु अ.क्रि. रोगी होइनु।
77670 रोगाउनु अ.क्रि. १.रोग लाग्नु; बिरामी पर्नु।
77671 रोगाउनु अ.क्रि. २. निकै दिन बिरामी हुनु; थलिनु।
77672 रोगाहा वि. रोग लागिरहने वा बिरामी भइरहने; दीर्घ रोगी।
77673 रोगाहा वि. स्त्री. रोगाही।
77674 रोगिणी / रोगिनी ना. रोगीको स्त्री रूप; स्त्री रोगी; रोगी आइमाई।
77675 रोगी वि. १.रोग लागेको; रुगण; बिरामी।
77676 रोगी वि. २. सधैँजसो बिरामी हुने; एक न एक रोग लागेको।
77677 रोगीखाना ना. रोगीहरूलाई राखेर उपचार तथा रेखदेख गरिने घर।
77678 रोग्याहा वि. रोग लागिरहन; दीर्घ रोगी।
77679 रोग्याहा वि. स्त्री. रोग्याही।
77680 रोङ ना. लेप्चा जातिले बोल्ने भाषा।
77681 रोङगोङ ना. लेप्चा जातिको एक थर।
77682 रोङ लिपि चिनियाँ अक्षर लेखिने लिपि।
77683 रोचक वि. १.रुचि लाग्ने; चाखलाग्दो; आकर्षक।
77684 रोचक वि. २. दिल बहलाउने; मनोरञ्जक।
77685 रोचक वि. ३. रुचि वा भोक जगाउने; रुच्ने।
77686 रोचना ना. १.कुनै मङ्गलकार्यमा देवतालाई चढाइने अबिरजस्तो रातो चूर्ण; रोरी; रचना।
77687 रोचना ना. २. शोभा बढाउने वस्तु।
77688 रोचा ना. बिर्कोसमेत भएको तामाको ठुलो गाग्री।
77689 रोचे ना. हातमुख धुँदा पानी हालिने एक प्रकारको भाँडो।
77690 रोज्नु स.क्रि. १.आफूलाई चाहिएको वा मन परेको कुरो छानेर लिनु।
77691 रोज्नु स.क्रि. २. कुनै वस्तु आफूले राम्रो मान्नु वा मन पराउनु।
77692 रोज्नु स.क्रि. ३. कुनै उमेदवारलाई चुन्नु; निर्वाचन गर्नु।
77693 रोज्नु स.क्रि. ४. वरण गर्नु।
77694 रोज ना. १.दिवस; दिन।
77695 रोज ना. २. वार (प्रायः लिखतका कागतमा प्रयोग हुँदा)।
77696 रोज ना. क्रि.वि. ३. प्रतिदिन; दिनहुँ;नित्य।
77697 रोजरोज क्रि.वि. दिनका दिन; दिनैपिच्छे ।
77698 रोजरोज क्रि.वि. (उदा. - रोजरोज दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछू। -भानुभक्त।)।
77699 रोजगार वि. रोजगारी गर्ने; व्यवसायी; इलमी ( विप. बेरोजगार )।
77700 रोजगारी ना. जीविका वा इलमउद्योगका निम्ति गरिने कुनै काम; कामधन्दा; व्यवसाय; पेसा।