Dictionary

All Word

77551 रेणुका ना. १.बालुवा।
77552 रेणुका ना. २. मसिनु कण; धुलो।
77553 रेत्नु स.क्रि. रेत लाउनु; रेतले खुर्कनु; कुँद्नु।
77554 रेत ना. १.काठ, धातु आदिलाई मसिनु धुलो आउने गरेर खुर्कने प्रसिद्ध ज्याबल; रेत्ने औजार।
77555 रेत ना. २. बालुवा।
77556 रेताइ ना. रेत्ने क्रिया वा प्रक्रिया।
77557 रेताइनु क.क्रि. रेत्न लाइनु।
77558 रेताउनु प्रे. क्रि. रेत्न लाउनु।
77559 रेतिनु क.क्रि. रेत्ने काम गरिनु।
77560 रेतिलो वि. १.रेतको जस्तै धार भएको।
77561 रेतिलो वि. २. बलौटे।
77562 रेती ना. काठपातको काममा करौँतीले काटेको भागलाई सम्म पारेर मिलाउँदै बिट मार्ने चेप्टो वा गोलो ज्याबल।
77563 रेन्चु ना. पेच, ढिम्री आदि कस्ने मुख भएको वा प्वाल परेको ज्याबल।
77564 रेन्ज ना. १.कुनै दुई स्थान वा पङ्क्तिको अन्तराल; दुरी।
77565 रेन्ज ना. २. भूगोलमा विषम धरातललाई सङ्केत गरिने भाग वा ठाउँ।
77566 रेन्जर ना. १.वनबगैँचाको रक्षा गर्ने व्यक्ति वा त्यस्तो काम गर्नेको एक पद।
77567 रेन्जर ना. २. वनरक्षक।
77568 रेफ ना. अक्षरका थाप्लामा लगाइने हलन्त रकार () चिह्न (जस्तै- पूर्ण, वर्ष, हुर्र इ.)।
77569 रेफ ना. १.झुटो दोषारोपण; फरेब।
77570 रेफ ना. २. छनक; व्यङ्ग्य; घच्का।
77571 रेफ ना. (उदा. - तिमी बिनसित्ति अरूलाई केको रेफ लाउँछौँ !)।
77572 रेफरी ना. मैदानमा खेलकुद सुरु भएपछि त्यसको सञ्चालन तथा आवश्यक निर्णय गर्न नियुक्त व्यक्ति।
77573 रेफीभवन ना. शब्दभित्रका कुनै वर्ण रेफमा परिवर्तित हुने काम (जस्तै- द्वादश> बाह्र, एकादश >एघाह्र इ.)।
77574 रेयोन ना. कृत्रिम रेशाद्वारा तयार पारिएको एक प्रकारको कपडा।
77575 रेल्नु स.क्रि. १.कुनै वस्तु आवश्यकताभन्दा बेसी हाल्नु; ओइरिनु।
77576 रेल्नु स.क्रि. २. जथाभाबीसँग धेरै खर्च गर्नु; हुरेल्नु।
77577 रेल्नु स.क्रि. ३. कुनै वस्तु वा कुरालाई सकेसम्म घचेट्नु; ठेल्नु।
77578 रेल ना. इन्धन वा वाष्पशक्तिद्वारा लिकमा गुडेर चल्ने, थुप्रै मानिस अटाउने सवारी; रेलवे।
77579 रेलगाडी ना. रेल।
77580 रेलमार्ग ना. रेल चल्ने फलामको बाटो।
77581 रेलवे रेलमार्ग; रेल।
77582 रेलाइ ना. रेल्ने भाव, क्रिया वा प्रक्रिया।
77583 रेलाइनु क.क्रि. रेल्न लाइनु।
77584 रेलाउनु प्रे. क्रि. रेल्न लाउनु।
77585 रेलिङ ना. बार्दली; झ्याल, गिर्दा आदिमा लगाइने ग्रिल वा डन्डीहरूको छेकबार।
77586 रेलिनु क.क्रि. रेल्ने काम गरिनु।
77587 रेलो वि. १.चाहिएभन्दा बढी नै हुन खोजेको; छेलोखेलो; मनग्य।
77588 रेलो वि. २. रेल्नुसम्म रेलिएको; प्रशस्त खर्चिएको।
77589 रेलो वि. ना. रासका रास; थुप्रोथुप्रो।
77590 रेलो वि. ४. मानिसहरूको खचाखच; घुइँचो; भिड।
77591 रेलोखेलो वि. छेलोखेलो।
77592 रेवती ना. १.सत्ताइस नक्षत्रमध्येको आखिरी नक्षत्र।
77593 रेवती ना. २. बलरामकी पत्नीको नाम।
77594 रेसम ना. एक प्रकारको किराबाट निस्कने, बलियो, टलकदार तन्तु वा धागो।
77595 रेसम कागत ना. भारत आदि देशतिर नेपाली कागतलाई भनिने नाम; नेपाली काग।
77596 रेसमदार वि. रेसमजस्तो; रेसमका ढाँचाको।
77597 रेसमी वि. रेसमले बनेको; रेसमको।
77598 रेसा ना. बोटबिरुवाका डाँठपात वा जीवका शरीरमा हुने तन्तु।
77599 रेसमदार वि. रेसा भएको; रेसाजस्तो।
77600 रेस्टुराँ ना. जलपान गर्ने ठाउँ वा पसल; चमेनाघर, भोजनालय।