Dictionary

All Word

77401 रूढ वि. १.उम्रेको वा टुसाएको।
77402 रूढ वि. २. चढेको; आरूढ।
77403 रूढ वि. ३. सबैले मानेको; प्रसिद्ध।
77404 रूढ वि. ४. व्यवहारमा चलेको; प्रचलि।
77405 रूढ वि. ५. वृद्धि भएको; बढेको।
77406 रूढ वि. ना. ६. प्रकृतिप्रत्ययको अर्थदेखि भिन्न अर्थ बुझाउने शब्द।
77407 रूढि ना. १.धेरै समयदेखि चलेको प्रथा; चलन।
77408 रूढि ना. २. उठान;उत्पत्ति; जन्म।
77409 रूढि ना. प्रसिद्धि; फैलोट; वृद्धि।
77410 रूढि ना. ४. प्रचलित अर्।
77411 रूढि ना. वि. ५. पहिलेदेखि चलेको; परम्परादेखि मानिँदै आएको।
77412 रूढिबुढी ना. बुढापाकादेखि चलिआएको प्रथा; पहिलेदेखि मानिँदै आएको रीतिथिति; पुर्ख्यौली चाल।
77413 रूढिभाँडी वि. दिग्दारीलाग्दो; उराठिलो।
77414 रूढिलक्षणा ना. काव्यमा पाइने लक्षणा नामक शब्दशक्तिको एक भेद (यसमा व्यङ्ग्यार्थको अपेक्षाविना प्रचलनवश मुख्यार्थमा बाधा वाक्यप्रयोग हुन्छ, जस्तै- काममा कुशल )।
77415 रूढिवाद ना. पुर्ख्यौली चालचलन जस्ताको तस्तै मान्नुपर्छ भन्ने मत वा सिद्धान्त; परम्परावाद।
77416 रूढिवादी वि. रूढिवाद मान्ने वा मन पराउने।
77417 रूढिविकृति ना. परम्परादेखि चलेको विसङ्गतिजन्य स्थिति; पहिलेदेखिको बिग्रँदो चालचलन।
77418 रूढी ना. हे. रुढी।
77419 रूप ना. १.थाहा पाइने कुनै व्यक्ति वा वस्तुको आकार र रङ वा वर्ण; अनुहार; चेहरा।
77420 रूप ना. २. आकृति; शरीर, देह।
77421 रूप ना. ३. पहिरन; भेष।
77422 रूप ना. ४. प्रतिमा; मूर्ति।
77423 रूप ना. ५. समानता; सादृश्य।
77424 रूप ना. ६. वाक्यमा प्रयुक्त रूपायित शब्द; फर्म।
77425 रूपक ना. १.साहित्यमा उपमान र उपमेयको अभिन्न सम्बन्ध देखाई वर्णन गर्दा पर्ने एक अर्थालङ्कार (उदा.- हाँस्तछे बालिका यौटी बालसूर्य भईकन। ) २. नाटक, प्रकरण, भाण, व्यायोग, समवकार, डिम, ईहामृग, अङ्क, वीथी र प्रहसन- यी दश भेद हुने अभिनेयकाव्य वा दृश्यकाव्य।
77426 रूपक कार्यक्रम ना. रेडियो ( आकाशवाणी) द्वारा प्रसारित हुने नाटक, प्रहसन आदि कार्यक्रम।
77427 रूपकातिशयोक्ति ना. काव्यमा अतिशयोक्ति अलङ्कारको एक भेद।
77428 रूपतत्त्व ना. कुनै पनि भाषाका शब्दको बनोटमा पाइने पूर्वसर्ग, परसर्ग, मध्यसर्ग आदि।
77429 रूपभेद ना. शब्दको अर्थ वा स्वरूप आदिमा हुने आंशिक परिवर्तन।
77430 रूपमय वि. रूपले युक्त; अति सुन्दर; साऱ्है राम्रो।
77431 रूपराशि ना. सौन्दर्यको खानी; सुन्दरता।
77432 रूपरेखा ना. पछि हुने वा गरिने कामको मोटामोटी अनुमान; पूर्वयोजना।
77433 रूपरेखा ना. २. मूर्ति आदि तयार पार्न कोरिएको रेखा; मूर्तिको खाका।
77434 रूपरेखा ना. ३. मसौदा; खेस्रा।
77435 रूपवती वि. रूप भएकी; राम्री; सुन्दरी।
77436 रूपवान् वि. रूप भएको; सुन्दर; राम्रो।
77437 रूपसज्जा ना. रूप सजाउने काम; डिजाइन।
77438 रूपसाधन ना. १.व्याकरणअनुसार वचन, लिङ्ग आदिका भेदले शब्दका विभिन्न रूप बनाउने प्रक्रिया।
77439 रूपसाधन ना. २. प्रसाधन।
77440 रूपसी वि. हे. रुपसी।
77441 रूपहारा वि. हे. रुपहारा।
77442 रूपा ना. रुपा।
77443 रूपाङ्कन ना. १.कुनै भावी कार्य, योजना आदिको रूप निश्चित गर्ने वा बनाउने काम।
77444 रूपाङ्कन ना. २. बनौट, बुनौट आदिको विशेष ढाँचाकाँचा सोच्ने वा निर्धारित गर्ने काम।
77445 रूपाङ्ग ना. १.शब्दका रूपका अङ्ग (स्त्रीत्व, कर्तृत्व,कर्मत्व आदि)।
77446 रूपाङ्ग ना. २. धातुरूपका अङ्ग (वाच्य, लिङ्ग, पुरुष, काल, वचन आदि)।
77447 रूपाताल ना. हे. रुपा ताल।
77448 रूपात्मक वि. रूपको प्रमुखता भएको; रूपयुक्।
77449 रूपात्मकता ना. रूपात्मक हुनाको भाव वा अवस्था।
77450 रूपान्तर ना. अर्को रूपमा लैजाने वा उल्थ्याउने काम; अर्को रूप; भिन्न रूप।