Dictionary

All Word

77301 रुद्राक्ष ना. १.वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुलको तीन गुना बराबरको नाप; पर्वन, अग्नि वा विद्या बराबरको नाप।
77302 रुद्राक्ष ना. २. तीन अमल बराबरको नाप; तीन अङ्गुल।
77303 रुद्रानन ना. १.वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुलको पाँच गुना बराबरको नाप; तल, इन्द्रिय, भूत वा वाण बराबरको नाप।
77304 रुद्रानन ना. २. पाँच अमल बराबरको नाप; पाँच अङ्गुल।
77305 रुद्राभिषेक ना. विशेषतः रुद्रीपाठ गर्दै शिवलिङ्गमा चढाइने जलको धारो।
77306 रुद्री ना. रुद्रको पूजा तथा उपासनाका निम्ति शिवलिङ्गमा अविच्छिन्न जलधारा दिँदै गरिने वैदिक पाठ; यजुर्वेदको रुद्रस्तोत्र।
77307 रुद्री ना. रुद्राष्टाध्यायी पाठ।
77308 रुधिर ना. १.रगत; रक्।
77309 रुधिर ना. २. रातो रङ।
77310 रुधिलो ना. हे. रुदिलो।
77311 रुनारानी ना. सानातिना टुक्राटाक्री; ससाना रुना।
77312 रुनारानी ना. (उदा.- बगरमा रुनारानीबाहेक अरू थोक के पो पाइएला र !)।
77313 रुनु ना. १.बालुवा वा धुलाका कण।
77314 रुनु ना. २. ज्यादै थोरै परिमाण; रैन।
77315 रुन्कारुन्की ना. सानातिना धेरै रुन्का; रुनारानी।
77316 रुन्को ना. साह्रै सानो टुक्रो; रुनु।
77317 रुन्चे वि. १.सानोतिनो कारणले पनि रुने; पिच्चपिच्च रोइरहने स्वभावको; पिन्चे।
77318 रुन्चे वि. स्त्री. रुन्ची।
77319 रुन्चे वि. ना. २. बालक-बालिकालाई रोऱ्याइँ लागिरहने रोग।
77320 रुन्चे वि. ३. लोकसंस्कृतिका अनुसार रोएको अभिनय गरेर दर्शकलाई हँसाउने विदूषक।
77321 रुन्चे भतेर ना. दुलही अन्भाउने दिन हुने, दुलहीपट्टिकै घरको भोज।
77322 रुन्झुन ना. पाउजेब, मुजुरा, सितार आदि झन्झनाएको वा बजेको शब्द; झन्कार।
77323 रुपन्देही ना. नेपालको पश्चिमाञ्चल विकास- क्षेत्रभित्र पर्ने लुम्बिनी अञ्चलको तराई खण्डमा स्थित एक जिल्ला।
77324 रुपलाइन ना. हे. रोपलाइन।
77325 रुपसी वि. रूपवती; सुन्दरी (नारी)।
77326 रुपहारा वि. रूप नभएको; नराम्रो; कुरूप।
77327 रुपहारा वि. रुपहारा छोरी, हूपहारा छोरो ( उखान )।
77328 रुपा ना. १.चाँदी।
77329 रुपा ना. वि. २. चाँदीजस्तो; चाँदीको।
77330 रुपाताल ना. पश्चिमी नेपालको गण्डकी अञ्चलको कास्की जिल्लामा रहेको एक प्रसिद्ध ताल।
77331 रुपामक्खी ना. चाँदीको धाउ।
77332 रुपासे ना. प्रेमी वा प्रेमिकाले परस्परमा 'राम्रो वा राम्री छौ' भनी व्यङ्ग्यसाथ गर्ने सम्बोधन; रूपसी।
77333 रुपियाँ ना. १.नेपाली सय पैसा वा दुई मोहर बराबर मूल्यको चाँदीको सिक्का वा मुद्रा; रुपियाँ।
77334 रुपियाँ ना. २. भारतको अधिको चौसट्ठी पैसा र अहिलेको सय पैसा मोलको चाँदीको मुद्रा।
77335 रुपियाँ ना. ३. त्यति नै मूल्यको अचेल चलेको कागजी मुद्रा वा नोट।
77336 रुपियाँ ना. ४. धनसम्पत्ति; दौल।
77337 रुपियाँ पैसा ना. १.धातु वा कागजका विभिन्न प्रकार र मूल्यका मुद्रा; चलसम्पत्ति।
77338 रुपियाँ पैसा ना. २. रुपियाँ र पैसा।
77339 रुपी ना. कलेजी भुईंमा सेता धर्के टीका हुने, पहेँलो चुच्चो भएको, नुहाएर कोरीबाटी गरेझैं देखिने एक जातको चरो, सारौँ ।
77340 रुपैयाँ ना. हे. रुपियाँ।
77341 रुपैयाँ पैसा ना. रुपियाँ पैसा।
77342 रुपौला वि. १.चाँदीको जस्तो रङको; सेतो।
77343 रुपौला वि. ना. २. त्यस्तो रङको धुलो।
77344 रुपौला मसी ना. चाँदीजस्तो रङको अक्षर लेख्ने मसी।
77345 रुपौलो वि. चाँदीजस्तो सेतो; चाँदीका रङको; सफेद।
77346 रुपौलो वि. स्त्री. रूपौली।
77347 रुप्सिलो वि. रूप राम्रो भएको; उज्यालो अनुहारको (उदा.- नेपालमा कतै तारेभीर छ भने कतै रुप्सिलो छहरो पनि छ)।
77348 रुप्से वि. रुप्सिलो; धेरै राम्रो (जस्तै- रुप्से छहरो )।
77349 रुबल ना. सोभियत रुसमा प्रचलित सय कोपेक मूल्यको सिक्का वा मुद्रा।
77350 रुबाई ना. उर्दूफारसीमा चार चरण हुने एक प्रकारको मुक्तक कविता वा सो कविता लेखिने छन्दको एक शैली।