Dictionary

All Word

77351 रुमल्नु स.क्रि. सबैतिर पुग्ने वा ढाक्ने किसिमले घुमाउनु; ओल्टाइपल्टाइ गर्नु।
77352 रुमलाइ ना. रुमल्ने क्रिया वा प्रक्रिया।
77353 रुमलिनु अ.क्रि. १.हराएजस्तो वा कता हो कता भएर अलमलिनु; रुमलोमा पर्नु।
77354 रुमलिनु अ.क्रि. २. धुँवा,बाफ, कुहिरो आदि बाटो नपाएर परिधिभित्रै घुम्नु।
77355 रुमलिनु अ.क्रि. क.क्रि. ३. ओल्टाइपल्टाइ गरिनु।
77356 रुमलो ना. १.कामको चटारो वा चेपाचेपले हुने झमेला; अल्झोबिल्झो।
77357 रुमलो ना. २. धुवाँ रङमङिएर निस्कने ठुलो मुस्लो।
77358 रुमल्याइ ना. रुमलिने काम वा किसिम।
77359 रुमल्याहट ना. रुमलिने अवस्था वा किसिम।
77360 रुमानी वि. शृङ्गारी; रोमान्सेली।
77361 रुमाल ना. हात-मुख र आङ पुछिने वा माल - सामान पोको पारिने, विभिन्न आकार- प्रकारको लाम्चिलो चारकुने कपडाको टुक्रो।
77362 रुमाले वि. १.गाउँठाउँका निवासीका दृष्टिमा सहरमा बसेकाले खान-लाउन धौधौ परेको; नबेसाई खान नपुग्ने ( मान्छे); दरिद्र; कङ्गाल।
77363 रुमाले वि. ना. २. नेपालीहरूको एक थर।
77364 रुम्जाटार ना. ओखलढुङ्गा जिल्लामा पर्ने जोसमनी सम्प्रदायका सन्त ज्ञान दिलदासको प्रसिद्ध कर्मभूमि।
77365 रुम्जाटार ना. नेपालको ठुलो टार।
77366 रुम्जाटार ना. पुर्वेली गुरुङहरूको मुख्य वासस्थान।
77367 रुम्टाराम्टी ना. १.जग्गाजमिनका सानातिना धेरै टुक्रा; फोगटाफोगटी।
77368 रुम्टाराम्टी ना. २. राँटाराँटी।
77369 रुम्टो ना. १.जमिनको सानोतिनो टुक्रो; फोगटो।
77370 रुम्टो ना. २. राँटो।
77371 रुरु ना. प्रायः नदीनालाका छेउछाउमा देखिने, हाँगाबिँगा भएका सिङ, छोटो पुच्छर र खैरो वर्णको हुने एक जातको मृग।
77372 रुरु क्षेत्र ना. पाल्पा र गुल्मी जिल्लाको दोसाँधमा कालीगण्डकीको किनारमा पर्ने, माघे सङ्क्रान्तिमा र कात्तिक एकादशीदेखि पूर्णिमासम्म ठुलो मेला लाग्ने, हृषीकेशको मूर्ति भएको एक तीर्थस्थल।
77373 रुरु क्षेत्र ना. (यो मूर्ति पाल्पाली राजा मुकुन्दसेनले कालीगण्डकीमा स्नान गर्दा भेट्टाएर स्थापित गरेका हुन् भन्ने जनश्रुति छ।)।
77374 रुल ना. १.नियम; काइदा; रीति।
77375 रुल ना. २. सोझो धर्को तान्न उपयोग गरिने काठ, प्लास्टिक आदिको साधनविशेष।
77376 रुल ना. ३. सादा, बुट्टे वा सानाठुला रेखा अङ्कित गर्ने टाइपको प्रकार।
77377 रुलदार वि. रुल वा धर्को भएको (कापी, कागत आदि)।
77378 रुलर ना. सोझो धर्को तान्नका निम्ति आड राखिने काठ, प्लास्टिक आदिको सामान; रुल।
77379 रुवाइ ना. रुने भाव, काम वा किसिम।
77380 रुवाइनु क.क्रि. रुने पारिनु।
77381 रुवाउनु प्रे. क्रि. १.दुःख दिनु।
77382 रुवाउनु प्रे. क्रि. २. रुने पार्नु; रुन लाउनु।
77383 रुवाबासी ना. रुने-कराउने काम; धेरै जनाको रुवाइ; रोइ - कराइ।
77384 रुष्ट वि. कुनै कार्यकारणले रिसाएको; कुपित; क्रुद्ध।
77385 रुष्टता ना. रुष्ट हुने स्थिति वा चाल; जङ्गिनेपन।
77386 रुस ना. एसियादेखि युरोपसम्म फैलिएको एक देश।
77387 रुसी वि. १.रुस-देशसम्बन्धी; रुस देशको।
77388 रुसी वि. २. रुस देशको निवासी।
77389 रुसी वि. ना. ३. रुस देशको भाषा।
77390 रुहाइ ना. रुहुने क्रिया वा प्रक्रिया।
77391 रुहाइनु क.क्रि. रुहुन लाइनु।
77392 रुहाउनु प्रे. क्रि. रुहुन लाउनु।
77393 रुहिनु क.क्रि. रुहुने काम गरिनु।
77394 रुहुनु स.क्रि. १.दुहे झैँ गरी गेडा मात्र आउने गरेर धान, गहुँ आदिका बाला तान्नु।
77395 रुहुनु स.क्रि. २. दाँतीमा धान, दुबो आदि हालेको काँगियोले लिखा झार्नु।
77396 रूक्ष वि. १.चिल्लो, पोसिलो वा मसिनु नभएको; रुखो; फुस्रो;खस्रो; सुक्खा।
77397 रूक्ष वि. २. बिझाउने; कर्कश; कठोर।
77398 रूख ना. हे. रुख।
77399 रूखासूखा वि. हे. रुखासुखा।
77400 रूखो वि. हे. रुखो।