Dictionary

All Word

77251 रुङाइनु क.क्रि. रुङ्न लाइनु।
77252 रुङाउनु प्रे. क्रि. रुङ्न लाउनु।
77253 रुङिनु क.क्रि. रुँगिनु।
77254 रुच्नु अ.क्रि. १.खाने इच्छा वा मन हुनु; रुचि लाग्नु।
77255 रुच्नु अ.क्रि. २. कुनै वस्तु मन पर्नु; निको लाग्नु।
77256 रुचाइ ना. रुच्ने वा रुचाउने काम।
77257 रुचाइनु क.क्रि. मन पराइनु; निको मानिनु।
77258 रुचाउनु प्रे. क्रि. १.मन पराउनु; निको मान्नु।
77259 रुचाउनु प्रे. क्रि. स.क्रि. २. कुनै वस्तु छान्नु; रोज्नु।
77260 रुचि ना. १.खाने मन वा इच्छा; भोगको चाहना; भोक।
77261 रुचि ना. २. अभिलाषा; धोको; चाह।
77262 रुचि ना. ३. खानेकुराको स्वाद।
77263 रुचि ना. ४. कुनै वस्तुलाई मन पराउने काम; खुसीलाग्दो चाख।
77264 रुचि ना. ५. किरण; कान्ति; आभा; चमक।
77265 रुचि ना. ६. सौन्दर्य; शोभा।
77266 रुचिकर वि. १.रुचि उत्पन्न गर्ने; खान मन लाग्ने; भोक लगाउने।
77267 रुचिकर वि. २. मन रमाउने; मनपर्दो।
77268 रुचिकारक वि. रुचि पैदा गर्ने; रुचि जगाउने।
77269 रुचिवर्द्धक वि. रुचि बढाउने; रुचिकारक।
77270 रुचिर वि. १.रुचिअनुसारको; मनपर्दो।
77271 रुचिर वि. २. सुन्दर; मनोहर; राम्रो।
77272 रुचिर वि. ३. चहकिलो; चम्किलो।
77273 रुचिर वि. ४. मिठो वा स्वादिलो।
77274 रुचिरा ना. जगण, भगण, सगण, जगण र गुरु अक्षर मिलेर बन्ने, चार अक्षरमा यति हुने अतिजगती छन्दको एक भेद।
77275 रुजु ना. १.सक्कल प्रतिसित नक्कल मिडाउने र जाँच्ने काम।
77276 रुजु ना. वि. २. उपस्थित; हाजिर।
77277 रुजु ना. ३. तम्तयार; तत्पर।
77278 रुजुकार ना. रुजु गर्ने व्यक्ति।
77279 रुजु बही ना. हाजिरकापी।
77280 रुजु हाजिर ना. गयल नभई नित्य आउनुपर्ने काम; दैनिक उपस्थिति।
77281 रुजू ना. हे. रुजु।
77282 रुझ्नु अ.क्रि. परेको पानीले निथ्रुक्क हुनु; झरीमा पर्नु; भिज्नु।
77283 रुझाइ ना. रुझ्ने काम वा किसिम।
77284 रुझाइनु क.क्रि. रुझ्ने पारिनु; भिजाइनु।
77285 रुझाउनु प्रे. क्रि. रुझ्ने वा भिज्ने पार्नु।
77286 रुझनु अ.क्रि. रुझ्ने स्थितिमा परिनु।
77287 रुढी ना. आँठे, बिफर, हैजा आदि सङ्क्रामक रोग; महामारी; देशान।
77288 रुण्ड ना. टाउको नभएको शरीर; धड; गिँड; मुर्कट्टा।
77289 रुदन्ती ना. एक प्रकारको महत्त्वपूर्ण बुटी; सञ्जीवनी।
77290 रुदिलो ना. रातो खालको भेट्नु भएको, पातको तल्लो भाग दाँती परेको हुने, अति बास्ना आउने फूल फुल्ने र पात एवं जरो, बाथ, जुका र चुर्नामा औषधी लाग्ने बुटोविशेष; रुधिलो।
77291 रुद्ध वि. १.पीडा, चिन्ता आदिले आवाज फुट्न नसकेको; कण्ठ रोकिएको।
77292 रुद्ध वि. २. बाटो छेकिएको; अवरुद्ध।
77293 रुद्धकण्ठ वि. कण्ठ रुद्ध भएको; गला रोकिएको; भक्कानु परेको।
77294 रुद्र ना. १.शिवको प्रलयकारी एक रूप।
77295 रुद्र ना. २. अजैकपाद, अहिर्बुध्न, स्रष्टा, विश्वरूपहर, बहुरूप, त्र्यम्बक, अपराजित, वृषाकपि, शम्भु, कपर्दी र रैवत- शिवका यी एघार गणको नाम।
77296 रुद्र ना. वि. ३. भयङ्कर; डरलाग्दो।
77297 रुद्रघण्टी ना. घाँटीको माझमा बाहिरपट्टि उठेको हाडको फुकुन्डो।
77298 रुद्र मल्ल ना. वि. सं. १३६५ तिर अरिमल्लका युवराज भएर रहने राजकुमार।
77299 रुद्रवेणी ना. गुल्मी जिल्लामा पर्ने बडीगाउँ र कालीगण्डकीको दोभानमा रहेको एक तीर्थस्थल।
77300 रुद्राक्ष ना. रुद्राच्छे हाँगामा लामालामा हरिया केशर हुने सेतो फूल फुल्ने प्रसिद्ध वृक्ष वा जपमाला बनाइने त्यसैको साह्रो गोल काँडे बियाँ।