Dictionary

All Word

77151 रिसाहा वि. एक्कासि वा कुरै नबुझीकन बढी रिसाउने स्वभावको; जङ्ग्याहा; झोकी; क्रोधी।
77152 रिसिनु अ.क्रि क्रोधित हुनु; चिढिनु।
77153 रिसिभर ना. टेलिफोनमा हातले समाती कान थापेर सुनिने र मुखले कुरा गरिने उपकरण वा यन्त्र।
77154 रिहर्सल ना. नृत्य, गीत, नाटक आदि दर्शकसमक्ष प्रस्तुत गर्नुभन्दा पहिले गरिने अभ्यास; कुनै कामकुराको पूर्वाभ्यास।
77155 रिहा वि. बन्धन वा कैदबाट छुटकारा पाएको; मुक्त;छुटेको।
77156 रिहाइ ना. १.छुटकारा; मुक्ति।
77157 रिहाइ ना. २. मिनाहा; माफी।
77158 रिहाइ ना. ३. अवकाश; छुट्टी।
77159 रीढ ना. शरीरको पृष्ठभागमा गर्धनदेखि गुदद्वारसम्म फैलिएको लाम्चो करङ; पछाडिको हाड।
77160 रीत ना. हे. रि।
77161 रीति ना. १.कुनै काम गर्ने काइदा, किसिम वा ढङ्ग; परिपाठ।
77162 रीति ना. २. कामको परिपाटी वा पद्धति।
77163 रीति ना. ३. पुर्ख्यौली चलन; रिवाज; प्रथा।
77164 रीति ना. ४. विधान; नियम।
77165 रीति ना. ५. साहित्यमा ओज, माधुर्य, प्रसाद आदि गुण उत्पन्न गर्ने विशिष्ट पदरचना (लाटी, गौडी, पाञ्चाली आदि)।
77166 रीतिथिति ना. १.चलेर आएको प्रथा; चालचलन; परम्परा।
77167 रीतिथिति ना. २. नीतिनियम; बरबन्दोबस्।
77168 रीतिप्राधान्यवाद ना. समुचित पदहरूको ठिकठिक रखाइ नै काव्यको आत्मा मान्ने सिद्धान्।
77169 रीतिभाँती ना. रितभाँ।
77170 रीतिरिवाज ना. १.पहिलेदेखि चलिआएको कुनै काम गर्ने नियम वा काइदा; रीतिथिति; चालचलन; प्रथा।
77171 रीतिरिवाज ना. २. बरबन्दोबस्त; प्रबन्ध।
77172 रीतिवाद ना. साहित्यमा रीतिलाई प्रमुखता दिने सिद्धान्।
77173 रीतिवादी वि. रीतिवादको अनुयायी।
77174 रीतिस्थिति ना. रीतिरिवाज; रीतिथिति।
77175 रीमा ना. हे. रिमा।
77176 रुँग्नु स.क्रि. १.कुनै आशङ्कित खराबीबाट बच्न वा कसैको रेखदेख गर्नका निम्ति रखवारी गर्नु; रक्षा गर्नु; जोगाउनु; कुर्नु।
77177 रुँग्नु स.क्रि. २. कसैलाई पर्खनु; प्रतीक्षा गर्नु; ढुक्नु।
77178 रुँगाइ ना. रुँग्ने भाव, क्रिया वा प्रक्रिया।
77179 रुँगाइनु क.क्रि. रुँग्न लाइनु।
77180 रुँगाउनु प्रे. क्रि. रुँग्न लाउनु।
77181 रुँगालो ना. रुँग्ने वा रखवारी गर्ने मानिस; धरालो।
77182 रुँगालो ना. स्त्री. रुँगाली।
77183 रुँगिनु क.क्रि. रुँग्ने काम गरिनु।
77184 रुँदै ना. पानी पर्न आँटे झैँ भई धुम्मिएको बादल; बदली।
77185 रुँदाइ ना. रुँदिने भाव, क्रिया वा प्रक्रिया।
77186 रुँदिनु अ.क्रि. पानी पर्लाजस्तो भई बादल लाग्नु; धुम्मिनु।
77187 रुँध्नु स.क्रि. अगाडि बढ्न नदिनु; कामकाज आदि गर्न नदिनु; रोक्नु।
77188 रुँधाइ ना. रुँध्ने क्रिया वा प्रक्रिया।
77189 रुँधाइनु क.क्रि. रुँध्न लाइनु।
77190 रुँधाउनु प्रे. क्रि. रुँध्न लाउनु।
77191 रुँधिनु अ.क्रि. १.रुँध्ने काम हुनु।
77192 रुँधिनु अ.क्रि. क.क्रि. २. रुँध्ने काम गरिनु।
77193 रुनु अ.क्रि. १.मन दुःखित भएर आँसु चुहाउँदै विलाप गर्नु; रुदन गर्नु; सुँक्कसुँक्क गर्नु वा डाँको छोड्नु।
77194 रुनु अ.क्रि. २. कसैको अप्रिय व्यवहारबाट हैरान हुनु।
77195 रुनु अ.क्रि. ३. ज्यादै दुःखित वा खिन्न हुनु।
77196 रुनु अ.क्रि. ४. कसैसँग गएर दुःखपुकारा गर्नु; मनको बह पोख्नु।
77197 रुई ना. रुवो; कपास।
77198 रुईदार / दारी वि. भित्र रुवो भएको वा रुवो हाली तगिएको रुवावाला; तकुवा (वस्त्र)।
77199 रुका ना. राजाको आज्ञापत्र (दिव्य.); रुक्का।
77200 रुकुम ना. नेपालको रापती अञ्चलमा पर्ने एक जिल्ला।