Dictionary

All Word

77001 रिँगा ना. ओखर जस्तै एक प्रकारको सानो जङ्गली फल।
77002 रिँगाइ ना. रिँग्ने भाव, क्रिया वा प्रक्रिया।
77003 रिँगाइनु क.क्रि. रिँग्न लाइनु; फनफनी घुमाइनु।
77004 रिँगाउनु प्रे. क्रि. रिँग्न लाउनु; फनफनी घुमाउनु।
77005 रिँगिनु अ.क्रि. फनफनी घुमिनु।
77006 रिँग्ने वि. १.रिँगाउने वा घुमाउने।
77007 रिँग्ने वि. २. दुःख दिने।
77008 रिँग्ने वि. ना. ३. कसैलाई गाली गर्दा प्रयोग गरिने शब्द।
77009 रिँग्ने वि. (उदा.- तेरीमा रिँग्ने, बिनसित्ति अरूलाई किन मुख छोडेको ?)।
77010 रिँध्नु स.क्रि. खाने-पिउने कुरो तयार पार्नु वा पकाउनु; बनाइतुल्याइ गर्नु; राँध्नु।
77011 रिँधाइ ना. रिँध्ने भाव, क्रिया वा प्रक्रिया।
77012 रिँधाइनु क.क्रि. रिँध्न लाइनु।
77013 रिँधाउनु प्रे. क्रि. रिँध्न लाउनु; रिँध्ने पार्नु वा लाउनु।
77014 रिँधिनु क.क्रि. रिँध्ने काम गरिनु।
77015 रिकर्ड / रिकाट ना. हे. रेकर्ड।
77016 रिकापी ना. गहिराइ कम भएको उत्तानो कचौरा वा सानो थलिया; रिकाबी।
77017 रिकाब ना. घोडा चढ्दा गोडा अड्याउने काठीमा झुन्ड्याइएको पाउदान।
77018 रिकाब द्वार ना. काठीका दायाँबायाँ दुवैतिर रिकाब अड्याउन बाँधिने छालाको फित्ता।
77019 रिकाबी ना. हे. रिकापी।
77020 रिकुट ना. नयाँ भर्ती भएको सैनिक वा सिपाही।
77021 रिकुटे ना. १.रिकुट भएको व्यक्ति; नयाँ सिपाही।
77022 रिकुटे ना. वि. २. रिकुटमा भर्ती भएको; रिकुटको।
77023 रिक्त वि. १.कुनै पद, स्थान, असर, सङ्ख्या आदि खाली भएको; रित्तो; शून्य।
77024 रिक्त वि. २. केही नभएको; कङ्गाल; निर्धन, गरिब।
77025 रिक्तता ना. रित्तो हुने अवस्था वा छाँट; रित्तोपन; खालीखाल्चा।
77026 रिक्ता ना. चौथी, नवमी र चतुर्दशी तिथि।
77027 रिक्थ ना. सम्पत्ति; धन; माल।
77028 रिक्थ पत्र ना. आफ्नो सम्पत्ति उत्तराधिकारीमा यस प्रकारले बाँड्नू भनी लेखिएको पत्र; इच्छापत्र।
77029 रिक्सा ना. मानिसले पाउदान चलाएर वा त्यसै तान्ने एक प्रकारको तीनपाङ्ग्रे सवारी।
77030 रिखी ना. हे. ऋषि।
77031 रिखी डोरो ना. रक्षाबन्धन।
77032 रिखी तर्पनी ना. रिखीलाई तर्पन दिने पूर्णिमा, जनैपूर्णिमा।
77033 रिखी पञ्चमी ना. ऋषिपञ्चमी।
77034 रिङ्नु अ.क्रि. रिँग्नु; घुम्नु।
77035 रिङ ना. १.तार, डन्डी, बेत, रबर आदिको चटक देखाइने वा फ्याँक्ने र समात्ने गरी खेलिने बाटुलो चक्का।
77036 रिङ ना. २. कानमा लगाइने मुन्द्रो।
77037 रिङ ना. ३. बाटुलो डोलो औँठी।
77038 रिङ ना. ४. खेलतमासा आदि अखाडाको वृत्ताकार जमिन।
77039 रिङ ना. ५. घण्टीको शब्द।
77040 रिङटा ना. हे. रिँगटा।
77041 रिङटे वि. रिँगटे।
77042 रिङाइ ना. रिङने भाव, क्रिया वा प्रक्रिया।
77043 रिङाइनु क.क्रि. रिङ्न लाइनु।
77044 रिङाउनु प्रे. क्रि. रिँगाउनु ; घुमाउनु।
77045 रिङिनु अ.क्रि. रिङ्ने काम होइनु; घुमिनु।
77046 रिङ्गी गुम्बा ना. गण्डकी अञ्चलको गोरखा जिल्लामा रहेको एक प्रसिद्ध गुम्बा।
77047 रिङ्गै क्रि.वि. चारैतिर; वरिपरि।
77048 रिङ्गै क्रि.वि. (उदा.- कालीवन रिङ्गै डढेलाले खाएछ।)।
77049 रिचो ना. वेदको मन्त्र; ऋचा।
77050 रिजर्भ ना. १.पूरै शुल्क वा अग्रिम रकम दिएर कुनै स्थान,वस्तु, गाडी आदि सुरक्षित गर्ने वा खेलतमासा, सवारी आदिको आसन ओगट्ने काम।