Dictionary

All Word

76901 राशि ना. १.कुनै वस्तुको रास वा थुप्रो।
76902 राशि ना. २. क्रान्तिवृत्तमा रहेका मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन- यी बाह्र ताराहरूको समूह।
76903 राशि ना. ३. सङ्ख्या; अङ्क।
76904 राशिचक्र ना. मेष, वृष, मिथुन आदि राशिहरूको चक्र वा मण्डल।
76905 राशिनाम ना. जन्मेका समयको नक्षत्रअनुसार जुराई राखिएको नाउँ; चिह्नाको नाम।
76906 राष्ट्र ना. १.जनता, सरकार तथा सार्वभौमसत्तासम्पन्न भएको कुनै देश; मुलुक।
76907 राष्ट्र ना. २. एकै देशका एउटै संस्कृति तथा अर्थव्यवस्थामा आबद्ध समस्त नागरिक; जनता।
76908 राष्ट्रऋण ना. विभिन्न योजना चलाउनका निम्ति तोकिएको समयसम्ममा उचित ब्याज दिने गरी राष्ट्रले सर्वसाधारण जनतासँग लिने ऋण।
76909 राष्ट्रघातक वि. राष्ट्रको हत्या वा ठुलो हानि हुने काम गर्ने।
76910 राष्ट्रघाती वि. राष्ट्रको हत्यारो; राष्ट्रघातक।
76911 राष्ट्रनायक ना. कुनै राष्ट्रका प्रमुख नेता।
76912 राष्ट्रनिर्माण ना. नयाँ राष्ट्र बनाउने वा कुनै राष्ट्रको उन्नति- प्रगति गर्ने काम।
76913 राष्ट्रनिर्माता ना. नयाँ राष्ट्रको सङ्गठन वा संरचना गर्ने व्यक्ति।
76914 राष्ट्रनिर्माता ना. पृथ्वीनारायण शाहलाई दिइएको उपाधि।
76915 राष्ट्रपति ना. गणतान्त्रिक शासन प्रणालीअनुसार बहुमतद्वारा निर्वाचित कुनै राष्ट्रका सर्वप्रधान शासक वा प्रतिनिधि।
76916 राष्ट्र परिषद् ना. राष्ट्रका प्रमुख समस्यामा सल्लाह तथा सहयोग लिन गठित राष्ट्रका प्रतिनिधिहरूको परिषद्।
76917 राष्ट्रपाल ना. १.राजा; नृप।
76918 राष्ट्रपाल ना. २. राष्ट्रपति।
76919 राष्ट्रपिता राष्ट्रको स्वतन्त्रता, स्वाधीनता र लोकतन्त्रका लागि विशिष्ट योगदान गर्ने महान् व्यक्तिलाई सम्मानस्वरूप दिइने उपाधि।
76920 राष्ट्र बैङ्क ना. १.राष्ट्रका मुद्राको प्रचलन तथा नियन्त्रण गर्ने, आफ्नो राष्ट्रमा रहेका अन्य बैकहरूको पुँजी सुरक्षाका निम्ति जम्मा गर्ने, सरकारी ऋणपत्रको प्रबन्ध गर्ने आदि कार्य गर्नगराउन विशेष अधिकारप्राप्त प्रधान ब्याङ्क, केन्द्रीय बैङ्क।
76921 राष्ट्र बैङ्क ना. २. नेपालको ऐनबमोजिम गठन भएको नेपाल राष्ट्र बैङ्कका नामले नेपाल अधिराज्यमा उपर्युक्त काम गर्ने प्रसिद्ध तथा प्रमुख बैङ्क।
76922 राष्ट्रभाषा ना. १.राष्ट्रको भाषा; कुनै राष्ट्रमा प्रचलित भाषा।
76923 राष्ट्रभाषा ना. २. कुनै राष्ट्रका बहुसङ्ख्यक जनताले बोल्ने, व्यवहार गर्ने र सरकारी अड्डाखानामा लेखापढी आदिमा चलेको प्रमुख भाषा।
76924 राष्ट्रमण्डल ना. समान भाव वा हितका दृष्टिले परस्पर आबद्ध हुने राष्ट्रहरूको मण्डल वा समूह (कमनवेल्थ)।
76925 राष्ट्रवाद ना. १.आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको विशेष भक्तिभावना।
76926 राष्ट्रवाद ना. २. मध्ययुगीन सामन्ती निरङ्कुशताका विरुद्धमा वा औपनिवेशिक दासताबाट मुक्तिका लागि उठेको राष्ट्रिय स्वतन्त्रताको आवाज; त्यसैसँग सम्बन्धित चिन्तन वा विचारधारा।
76927 राष्ट्रवादी वि. राष्ट्रवादको मत मान्ने; राष्ट्रवादसित सम्बन्ध भएको।
76928 राष्ट्रविप्लव ना. राष्ट्रमा उत्पात मचाई मुलुक विखण्डन गर्ने प्रयास; राष्ट्र टुक्र्याउने गतिविधि।
76929 राष्ट्रसङ्घ ना. प्रथम विश्वयुद्धपछि राष्ट्रहरूका बिच पारस्परिक सहयोग, सद्भावना र मित्रता कायम गरी विश्वशान्तिको स्थापना गर्ने उद्देश्यले इ. १९१९ मा खडा भएको विश्वका स्वाधीन राष्ट्रहरूको सङ्गठन।
76930 राष्ट्रसङ्घीय वि. राष्ट्रसङ्घसम्बन्धी, राष्ट्रसङ्घको।
76931 राष्ट्रसेवक ना. १.राष्ट्रमा सार्वजनिक उत्तरदायित्व वहन गर्ने पदप्रतिष्ठामा रहेको व्यक्ति।
76932 राष्ट्रसेवक ना. २. नेपाल सरकार वा कुनै सङ्गठित संस्थाप्रति लिइने शपथ वा सर्त, कबुल वा सम्झौताअनुसार प्राप्त भएको नियुक्ति, मनोनयन वा निर्वाचन हुने कुनै लाभको पदधारण गरेको वा सो पदमा बहाल रहेसम्मका अवस्थाको व्यक्ति।
76933 राष्ट्रिय वि. १.राष्ट्रसम्बन्धी; राष्ट्रको।
76934 राष्ट्रिय वि. २. राष्ट्रले गर्ने वा राष्ट्रको हितका निम्ति गरिने विशिष्ट क्रियाकलाप वा उद्देश्य भएको।
76935 राष्ट्रिय वि. (जस्तै- राष्ट्रिय अखण्डता, राष्ट्रिय निर्देशन, राष्ट्रिय प्रकृति, राष्ट्रिय योजना, राष्ट्रिय लगानी, राष्ट्रिय हित इ.।)।
76936 राष्ट्रियकरण ना. १.सरकारले क्षतिपूर्ति गरी वा नगरी विशेष उद्योग, भूमि आदिमा अधिकार गरी सार्वजनिक पार्ने काम।
76937 राष्ट्रियकरण ना. २. कुनै सरकारी उद्देश्यपूर्तिका निम्ति मुआवजा दिई वा नदिई सर्वसाधारण जनताको जग्गाजमिन आदिको अधिग्रहण गर्ने काम।
76938 राष्ट्रियकृत वि. राष्ट्रिय बनाइएको; राष्ट्रियकरण गरिएको।
76939 राष्ट्रियगान ना. १.राष्ट्रले मान्यता दिएको गाना; राष्ट्रको गान; राष्ट्रिय गी।
76940 राष्ट्रियगान ना. २. नेपाल सरकारबाट स्वीकृत राष्ट्रिय मान्यताप्राप्त स्वदेशगान।
76941 राष्ट्रियगीत ना. आफ्नो राष्ट्रप्रति सबै जनताको असीम श्रद्धा र भक्ति जनाउन कुनै राष्ट्रिय उत्सव वा सामूहिक समारोहमा गाइने, राष्ट्रको वा राष्ट्रका प्रतीकको गुणगाथाले भरिएको गीत; राष्ट्रिय गान।
76942 राष्ट्रिय जनावर ना. राष्ट्रिय रूपमा मान्यता दिइएको पशु (नेपालमा गाई)।
76943 राष्ट्रिय झन्डा ना. १.कुनै राष्ट्रको प्रतीक र परिचयात्मक सङ्केतका रूपमा सृजित तथा निर्मित झन्डा।
76944 राष्ट्रिय झन्डा ना. २. नेपालको संविधानअनुसार, सिम्रिक रङको भुईं र गाढा निलो रङको किनारा भएको, दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बिचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको, परम्परागत झन्डा।
76945 राष्ट्रियता ना. राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना; राष्ट्रप्रेम; राष्ट्रको स्थिति वा आफ्नोपन।
76946 राष्ट्रिय निकुञ्ज ना. वन्य जन्तु र पक्षीसम्पदालाई प्राकृतिक स्थितिमा संरक्षण गर्न छुट्ट्याइएको जङ्गलको विशेष क्षेत्र।
76947 राष्ट्रिय पञ्चायत ना. पञ्चायतकालीन नेपालको विधायिका।
76948 राष्ट्रिय पन्छी ना. कुनै राष्ट्रले मान्यता दिएको पक्षी (नेपालमा डाँफे )।
76949 राष्ट्रिय पुँजी ना. आफ्नै राष्ट्रिय उद्योग- उत्पादन वा श्रम-साधनद्वारा प्राप्त पुँजी वा धन; राष्ट्रिय आय।
76950 राष्ट्रिय पुँजीपति ना. बाहिरिया पुँजीपतिद्वारा हुने शोषणद्वारा देशलाई जोगाउने खालका उद्योग खोल्ने वा बन्दव्यापार गर्ने व्यक्ति।