Dictionary

All Word

76751 रातो मुनियाँ ना. रातो रङ्ग भएको सानो मुनियाँ चरो।
76752 रातो सिमी ना. रातोरातो गेडा हुने सिमीको एक जा।
76753 रात्तै निपा. उदेक, आश्चर्य आदि जनाउँदा प्रयुक्त हुने शब्द (उदा.- तिमीले भन्दैमा कहाँ मान्छु र रात्तै।)।
76754 रात्रि ना. १.रात; रजनी; निशा।
76755 रात्रि ना. चर- वि. १. राती हिँड्ने।
76756 रात्रि ना. २. निशाचर; राक्षस।
76757 रात्रि पाठशाला ना. प्रायः प्रौढहरूलाई पढाइने, राति कक्षा चल्ने विद्यालय।
76758 रात्रिभोज ना. विशिष्ट वा आमन्त्रित अतिथिहरूलाई राती दिइने औपचारिक भोज; रातको भोजन।
76759 रात्र्यन्ध वि. राती आँखा नदेख्ने रोग लागेको; रतौँधी रोग लागेको।
76760 राधा ना. १.महाभारतकालीन वृषभानुकी छोरी र कृष्णकी प्रियतमा; राधिका।
76761 राधा ना. २. महाभारतका प्रसिद्ध योद्धा कर्णलाई पाल्ने एक स्त्री।
76762 राधा ना. ३. वैशाख पूर्णिमा।
76763 राधा ना. ४. विशाखा नक्षत्र।
76764 राधा ना. ५. समृद्धि।
76765 राधिका ना. कृष्णकी प्रेमिका; राधा।
76766 रानी ना. १.राजाकी पत्नी; राजमहिषी; महारानी।
76767 रानी ना. २. आफैँ राज्यसञ्चालन गर्ने स्त्री।
76768 रानी ना. ३. स्त्रीहरूलाई सम्मान जनाउने शब्द।
76769 रानी अर्चले ना. कुटमिराको जस्तो बोट र पात हुने, कालो फल लाग्ने र वैशाखजेठतिर पाक्ने एक जातको अर्चले।
76770 रानी करेला ना. साधारणभन्दा केही ठुलो लाम्चो खालको करेला।
76771 रानीखेत ना. कुखुराहरूलाई लाग्ने एक सङ्क्रामक रोग।
76772 रानीचरी ना. १.प्राय: केराका घारी, झाङ आदिमा रहने राम्रो र रङ्गीचङ्गी हुने सानो एक जातको चरो।
76773 रानीचरी ना. २. पासाको एक किसिमको खेलविशेष।
76774 रानीढकायो ना. गाभामा रातो फूल हुने एक किसिमको ढकायो।
76775 रानीतरुल ना. तरुलको एक जा।
76776 रानीबन ना. चारैतिर फिँजिएको ठुलो वन; रनबन।
76777 रानीबाबियो ना. पहराहुँदो उम्रने र तलतिर फर्केर रहने एक प्रकारको बाबियो।
76778 रानीबाँस ना. बाँसको एक जा।
76779 रानीभलायो ना. आँपका जस्ता संयुक्त मालाकार पात हुने, दाँती नपरेका किनारा हुने, पहेँलाहरिया भावका थुप्रै फूल फुल्ने, आयुर्वेदका अनुसार आउँ - पखाला र चर्मरोगमा काम लाग्ने, आँपको समूहमा पर्ने एक जातको काँडादार रुख वा त्यसैको फल।
76780 रानीभ्याकुर ना. लहराका जरामा फल्ने, कुनाकुना परेका पात हुने एक जातको भ्याकुर।
76781 रानीमासु ना. केस्रादार फल मासु।
76782 रानीमोथे ना. मोथे झारको एक जा।
76783 रानु ना. १.मौरीको रानी वा माऊ; रानो।
76784 रानु ना. वि. २. अगुवा; मुख्य।
76785 रानो ना. १.फलको भित्री सारभाग; चुरो।
76786 रानो ना. २. रानू।
76787 रानो ना. वि. ३. भित्र गुदी भएको (ओखर आदि फल )।
76788 राप ना. घाम, आगो आदिको तातोपन; आँच; ताप।
76789 रापताप ना. घामपानी वा असिनापसिना सहने काम; चिन्तासुर्ता;परताप।
76790 रापती ना. १.नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्रमा पर्ने रुकुम,रोल्पा, सल्यान, प्यूठान र दाङ पाँच जिल्ला भएको एक अञ्चल।
76791 रापती ना. २. सोही अञ्चलमा बग्ने एक प्रसिद्ध नदी।
76792 रापिनु अ.क्रि. १.राप लाग्नु; रापिलो हुनु; आँच बढ्नु।
76793 रापिनु अ.क्रि. २. तातो हुनु; गर्माउनु; तात्नु ;सेकिनु।
76794 रापिनु अ.क्रि. ३. कुनै कामकुरा मन नपरेर रिसाउनु; मुरमुरिनु।
76795 रापिलो वि. राप वा आँच भएको; गर्माएको; मुरमुरिएको।
76796 राफसाफ ना. १.सबै पूरा हुने वा टुङ्गिने काम।
76797 राफसाफ ना. २ हिसाब आदिको फछर्यौट वा चुक्ताचुक्ती।
76798 राफसाफ ना. ३. सुग्घरसफाइ।
76799 राफसाफ ना. ४. समस्याको समाधान; निराकरण।
76800 राफसाफ ना. वि. ५. सफा; सुग्घर।