Dictionary

All Word

76601 राजरोगी वि. राजरोगले ग्रस्।
76602 राजर्षि ना. १.राजाका वंशमा उत्पन्न भएका महर्षि; क्षत्रिय कुलमा उत्पन्न भएका ऋषि।
76603 राजर्षि ना. २. राजा पनि ऋषि पनि भएको व्यक्ति (उदा. जनक)।
76604 राजर्षि ना. ३. राजपाट छोडेर ऋषि बनेको व्यक्ति (उदा.- विश्वामित्र)।
76605 राजलक्षण ना. सामुद्रिक शास्त्रका अनुसार राजा हुने वा राजासमानको हुने लक्षण वा चिह्न; राजचिह्न (उदा.- मैयाँसँग भेट्ने ती युवक राजलक्षणले युक्त भएका देखिन्थे।)।
76606 राजलक्ष्मी ना. १.राजा वा राष्ट्रको वैभव तथा शक्ति वा गौरव; राजश्री।
76607 राजलक्ष्मी ना. २. राष्ट्रकी अधिष्ठात्री देवी।
76608 राजलवट ना. नेवार समुदायको एक उपाधि वा थर।
76609 राजलिपि ना. कुनै देशको सरकारी कार्य, अदालत आदिमा लेखापढीको माध्यम भएर चलेको लिपि।
76610 राजवंश ना. राजाको पहिलेदेखि चलिआएको वंश वा खानदान; राजाका सन्तान; राजकुल; राजघराना।
76611 राजवंशी वि. १.राजवंशमा उत्पन्न भएको।
76612 राजवंशी वि. २. राजवंशसम्बन्धी; राजवंशको।
76613 राजवंशी वि. ना ३. नेपालीको एक थर; नेपालको झापा र मोरङमा बस्ने एक जाति।
76614 राजवस्त्र ना. राजाहरूले विशेष अवसरमा बाहिरपट्टि पहिरने एक प्रकारको खुकुलो वस्त्र।
76615 राजविद्या ना. राज्यको संरक्षण, सुदृढता तथा शासन- व्यवस्थासम्बन्धी कुशलता प्राप्त गर्ने विद्या; राजनीति।
76616 राजविद्रोह ना. राजा वा राज्यप्रति गरिने विप्लव; राजद्रोह।
76617 राजविद्रोही वि. राजविद्रोह गर्ने; राजद्रोही।
76618 राजविराज ना. सगरमाथा अञ्चलको सदर मुकाम र पूर्वी तराईको एक मुख्य वाणिज्यकेन्द्र।
76619 राजवृक्ष ना. चिल्ला लामा पात हुने, छिनछिनेका जस्ता पहेँला कुप्पादार फूल फुल्ने, अनेक औषधीका निम्ति उपयुक्त एक वृक्ष वा त्यसैका गुलिया, बाटुला, काला चक्की हुने लौरीदार फल; अमलतास; बन्दरलौरी।
76620 राजवैद्य ना. १.उच्चस्तरको वैद्य २. राजदरबारमा औषधी उपचार गर्ने प्रमुख वैद्य।
76621 राजश्री ना. राजा वा राज्यको शोभा तथा वैभव।
76622 राजसंरक्षक ना. राजतन्त्रात्मक मुलुकमा राजाको नाबालक अवस्था वा लामो समयसम्मको अस्वस्थतामा राज्यको रेखदेख, व्यवस्था, सञ्चालन आदिको भार लिने व्यक्ति।
76623 राजस ना. १.मनको कुनै किसिमको आवेग वा क्रोध; रजोगुण।
76624 राजस ना. २. राजाको पद वा सिंहासन।
76625 राजस ना. ३ राज्यको शासन गर्ने अधिकार।
76626 राजस ना. वि. ४. रजोगुणबाट उत्पन्न; रजोगुणी।
76627 राजसत्ता ना. १.राज्यको शक्ति वा सामर्थ्ययुक्त स्वामित्व; प्रभुसत्ता; राज्याधिकार।
76628 राजसत्ता ना. २. राजतन्त्र।
76629 राजसत्तात्मक वि. राज्यको शासनप्रणाली, सिद्धान्त आदिमा राजाको सत्ता प्रधान रूपमा रहेको।
76630 राजसदन ना. राजदरबार; राजप्रासाद; राजभवन।
76631 राजसभा ना. राजाहरूको वा राजाको उपस्थिति भएको गण्यमान्य व्यक्तिहरूको सभा; भाइभारदारहरूसहितका भारदारीसभा।
76632 राजसिंहासन ना. राजतन्त्रात्मक मुलुकमा कुनै विशेष अवसरमा राजा बस्ने आसन; राजगद्दी।
76633 राजसी वि. १.राजाहरूलाई सुहाउने वा राजाहरूको जस्तो; राजोचि।
76634 राजसी वि. २. रजोगुणसम्बन्धी; रजोगुणको।
76635 राजसेवक ना. १.राज्यको सेवा गर्ने व्यक्ति; राजकर्मचारी।
76636 राजसेवक ना. २. राजाको सेवक।
76637 राजसेवा ना. १.सरकारी विभिन्न पदमा बहाल रहेर गरिने राज्यको सेवा वा नोकरी।
76638 राजसेवा ना. २. राजाको सेवा।
76639 राजस्व ना. मालपोत, भन्सारमहसुल, विभिन्न कर वा शुल्क आदिका रूपमा राज्यलाई प्राप्त हुने धन।
76640 राजस्व न्यायालय वि. राजस्वसम्बन्धी सिलसिलामा उठेका मुद्दामामिलाको कारबाई गर्ने अदाल।
76641 राजहंस ना. खुट्टा र चुच्चो रातो हुने ठुलोखाले एक जातको हाँस; रजहाँस।
76642 राजहंस ना. स्त्री, राजहंसी।
76643 राज हुनु अ.क्रि. आसन ग्रहण गर्नु; बस्नु ( विशिष्ट आदरार्थी प्रयोगमा)।
76644 राज हुनु अ.क्रि. (उदा. जुवाइँ साहेब, यता राज होस्।)।
76645 राजा ना. १.राजतन्त्रात्मक मुलुकमा वंशपरम्पराअनुसार उत्तराधिकार प्राप्त हुने तथा त्यहाँको शासन सञ्चालन गर्ने प्रमुख शासक।
76646 राजा ना. २. बालकप्रति स्नेह जनाउने शब्द।
76647 राजा ना. वि. ३. प्रमुख; विशेष।
76648 राजाङ्क ना. राजचिह्न; सरकारी छाप।
76649 राजाज्ञा ना. राजाबाट भएको आज्ञा वा हुकुम।
76650 राजाधिदेव वि. राजा वा प्रमुख शासकलाई निजी खर्चका निम्ति सरकारी कोषबाट दिइने रकम।