Dictionary

All Word

76651 राजाम्र ना. राजआँप।
76652 राजाश्रित वि. राजाको आश्रयमा बाँचेको; राजाबाट आश्रि।
76653 राजिका ना. ठुला पात हुने, तरकारी खानमा प्रसिद्ध सागविशेष; रायो; रायोको साग।
76654 राजी ना. १.कुनै कुरामा जनाइने सहमति; मन्जुरी।
76655 राजी ना. वि. २. मानेको; मन्जुर; सहम।
76656 राजीखुसी ना. मनोमानसँग गरिएको मन्जुरी र प्रसन्नता;खुसीराजी।
76657 राजीनामा ना. १.आफ्नो हकमा रहेको घर-जग्गा आदि बिक्री गरेर खुसीसाथ छोड्ने काम वा सो छोड्दा ऐननियमअनुसार लेखिदिने काग।
76658 राजीनामा ना. २. कुनै पनि कर्मचारी वा सङ्घसंस्थाका सदस्यहरूले अशक्तता वा परिस्थिति देखाई आफू रहेको पद, अधिकार आदि छोड्ने काम; त्यसरी छोड्दा सम्बन्धित अड्डामा प्रस्तुत गर्ने त्यागपत्र; इस्तिफा।
76659 राजीबाजी ना. परस्परमा प्रसन्नतापूर्वक भएको मन्जुरी; राजीखुसी।
76660 राजु वि. राजी।
76661 राजेन्द्र ना. राजाहरूका पनि राजा; राजाधिराज।
76662 राजेन्द्र वीरविक्रम शाह ना. वि. सं. १८७० मा जन्मी १८७३ मा राजगद्दीमा बस्ने र वि. सं. १९३८ मा दिवङ्गत भएका नेपालका शाहवंशीय पाँचौँ राजा।
76663 राजै ना. लोकव्यवहारमा राजा वा प्रिय व्यक्तिलाई सम्बोधन गरिने शब्द।
76664 राजै ना. (उदा. कहिले भेट होला है राजै, यो जिन्दगानीमा। माधव घिमिरे।)।
76665 राजोपकरण ना. राजाका झन्डा, छत्र, चमर, दण्ड आदि चिह्न; राजचिह्न।
76666 राज्ञी ना. १.बडामहारानी; पट्टमहिषी।
76667 राज्ञी ना. २. राजसिंहासनमा बसेकी स्त्री।
76668 राज्य ना. १.कुनै राजा वा शासनसत्ताका अधीनमा रहेको देश; मुलुक; राष्ट्र।
76669 राज्य ना. २. कुनै ठुलो राष्ट्रअन्तर्गत स्वायत्तशासनको अधिकार पाएको भाग वा प्रदेश।
76670 राज्य ना. ३. राजाको काम; रजाइँ; शासन।
76671 राज्यच्युत वि. राजसिंहासनबाट झिकिएको वा हटाइएको।
76672 राज्यच्युति वि. राज्यच्युत गर्ने कार्य, भाव वा अवस्था।
76673 राज्यतन्त्र ना. शासनपद्धति वा प्रणाली।
76674 राज्यपरिषद् ना. १.राष्ट्रका प्रधान शासकको अनुपस्थितिमा वा विशेष परिस्थिति आइपर्दा काम चलाउनका निम्ति गठित हुने विशिष्ट व्यक्तिहरूको सभा।
76675 राज्यपरिषद् ना. २. विभिन्न राज्यले पारस्परिक हितका निम्ति गठन गरेको सङ्गठन।
76676 राज्यपाल ना. कुनै राष्ट्रअन्तर्गतका राज्यमा राष्ट्रप्रमुखको प्रतिनिधि भई शासन सूत्र सँभाल्ने व्यक्ति; गभर्नर।
76677 राज्यमन्त्री ना. १.मन्त्रीभन्दा तल्लो र सहायक मन्त्रीभन्दा माथिल्लो तहमा रहने मन्त्री ।
76678 राज्यमन्त्री ना. राज्य लक्ष्मी- ना. १. राजलक्ष्मी।
76679 राज्यमन्त्री ना. २. नेपालको इतिहासमा प्रसिद्ध, राजेन्द्रवीरविक्रम शाहकी कान्छी रानी; देशमा राणा शासन सुरु भएको बखत (वि. सं. १९०३) की महारानी।
76680 राज्यविप्लव ना. राज्यमा हुने ठुलो विद्रोह वा क्रान्ति।
76681 राज्यव्यवस्था ना. कुनै राज्यको नियम, नीति वा सोहीअनुसार प्रशासकीय व्यवस्था मिलाउने सरकारी अङ्ग।
76682 राज्यसंरक्षक ना. हे. राजसंरक्षक।
76683 राज्यसभा ना. राज्यका निर्वाचित प्रतिनिधि रहने एक सभा; लोकसभाभन्दा भिन्न सभा।
76684 राज्यसाक्षी ना. आफूले क्षमा मागी सरकारी साक्षी भएर आफ्ना साथीहरूको अपराध प्रमाणित गराउन प्रहरीलाई सहयोग गर्ने व्यक्ति।
76685 राज्यसिंहासन ना. हे. राजसिंहासन।
76686 राज्याङ्ग ना. १.राज्यका अङ्गहरूको समूह- देश, राजा, मन्त्री, दुर्ग, बल, कोष र मित्र।
76687 राज्याङ्ग ना. २. राज्य वा राष्ट्रमा हुनुपर्ने भूमि, जनता, सरकार, प्रभुसत्ता आदि आवश्यक तत्त्व।
76688 राज्याभिषेक ना. नयाँ राजा पहिलोपल्ट विधिपूर्वक राजगद्दीमा बस्दा विभिन्न तीर्थबाट ल्याइएको तथा औषधीमिश्रित जलले मन्त्रपूर्वक गरिने अभिषेक एवं तत्सम्बन्धी उत्सव।
76689 राज्यारोहण ना. कुनै राजा पहिलोपल्ट विधिपूर्वक राजगद्दीमा बस्ने काम।
76690 राज्योपकरण ना. राजचिह्न; राजोपकरण।
76691 राडिनु अ.क्रि. परस्परमा भित्रभित्रै द्वेष वा विरोध हुनु; राडो मच्चिनु; मुरमुरिनु।
76692 राडी ना. घरेलु उद्योगका रूपमा प्रायः नेपाली ऊनबाट बुनिने, काम्लोजस्तो खस्रो, बिछ्याइने वस्त्र।
76693 राडीडसना ना. १.राडी र डसना।
76694 राडीडसना ना. २. गतिलो ओछ्यान।
76695 राडीपदुवा वि. १.काम पार नलगाई राडीमा मात्र बसेर गफिने; साह्रै अल्छी।
76696 राडीपदुवा वि. २. डरछेरुवा; पानीआन्द्रे।
76697 राडीपाखी ना. १.राडी र पाखी ।
76698 राडीपाखी ना. २. सामान्य ओढ्ने ओछ्‌याउने।
76699 राडो / राढो ना. आपसआपसमा भएको द्वेष वा विरोध;परस्परको चर्को झगडा; रडाको; हल्ला।
76700 रड्याइ ना. राडो झक्ने वा राहिने क्रिया वा प्रक्रिया।