Dictionary

All Word

76801 राफसाफ ना. ६. झन्जट नरहेको; झमेला हटाइएको।
76802 राफसाफ ना. ७. समस्या समाधान भएको।
76803 राबडी ना. १.दुधको तर र चिनीबाट बनाइने एक प्रकारको खानेकुरो।
76804 राबडी ना. २. खावा घोटेको दुध; दुधको खावा।
76805 राम्नु अ.क्रि. गाई, भैँसी आदि खुसी भएर उफ्रँदै कराउनु।
76806 राम ना. १.अयोध्याका राजा दशरथ र उनकी पटरानी कौशल्याका जेठा छोरा; रामचन्द्र।
76807 राम ना. २. ईश्वर; भगवान्।
76808 राम ना. ३. प्रसिद्ध तीन रामका नाम (मर्यादापुरुषोत्तम राम, परशुराम र बलराम )।
76809 राम ना. ४. माना- पाथी आदिले अनाज भर्दा गन्तीको शुभारम्भका रूपमा एक जनाउने शब्द।
76810 राम ना. ५. जात्रा; रमाइलो।
76811 रामकडेरा ना. मकैका जस्ता लामालामा पात र त्यसकै जस्ता बोट हुने बुटीविशेष।
76812 रामकली ना. १.श्यामकलीका जातको रातो भेट्नु हुने बुटोविशेष वा त्यसको सेतो फूल।
76813 रामकली ना. २. सङ्गीतमा हिण्डोल रागको एक रागिनी।
76814 रामकसुर ना. लाम्चा कुनाकुना परेका पात हुने, निला फूल फुल्ने र मुगीका जस्ता लामा कोसा हुने एक जातको लहरो वा त्यसैको सखरखण्डजस्तो गानु।
76815 रामकहानी ना. रामको जस्तो दुःखद कहानी भएको, कुनै पनि व्यक्तिका जीवनमा घटेका घटनाको वृत्तान्त; गथासो; दुखेसो।
76816 रामकृष्ण कुँवर ना. नेपालको राणापरिवारका पूर्वज, पृथ्वीनारायण शाहका एक प्रसिद्ध सेनापति।
76817 रामचन्द्र ना. विष्णुका दश अवतारमध्ये एक; राम।
76818 रामछायाँ ना थोरै समयको आनन्द; क्षणिक सुख; मायाजाल।
76819 रामझुपडी ना. सानो छाप्रो; सानो भए पनि रामकृपाले पाएको, आरामदायी ठानिएको आफ्नै घर।
76820 रामतिलक ना. १.सपेता, कमेरो आदिमा मिसाएर घरमा रङ लाउने आदि काम लिइने एक किसिमको पहेँलो माटो।
76821 रामतिलक ना. २. वैष्णवहरूले टीका लाउन प्रयोग गर्ने चन्दन; रामरज।
76822 रामतोरियाँ ठुलठुला पाँचचोसे पात हुने, सेता र कलेजी रङका फूल फुल्ने एक प्रकारको बोट वा त्यसैको तरकारी खाइने खस्रो कोसा (फल);भिण्डी।
76823 रामदल ना. १.रामचन्द्रलाई सहयोग गर्ने वानरी सैन्य।
76824 रामदल ना. २. नेपालका प्रहरीको पुरानो एक विभाग।
76825 रामदाना ना. लट्टे।
76826 रामनरवानर ना. नृतत्त्वका अनुसार अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएको नरवानर; शुष्कनरवानरको समसामयिक नरवानर।
76827 रामनवमी ना. रामको जन्म भएको दिन; चैत्र शुक्ल नवमी।
76828 रामनामी ना. रामनाम छापिएको एक प्रकारको पछ्यौरा।
76829 रामपत्री ना. काफलका जस्ता साधारण पात हुने, छ मिलिमिटर लामा फूल फुल्ने, बियाँ औषधीमा काम लाग्ने एक जातको सानो रुख।
76830 रामपुरी ना. प्राय: पहेँलो रङ्गको ऊनी पछ्यौरीविशेष।
76831 रामफटाका ना. वैष्णवहरूले निधारमा लाउने ठाडो तीनधर्के टीका वा तिलक; श्रीतिलक।
76832 रामफल ना. केराका पातजस्ता भालाकार र तिखा टुप्पा हुने दाँतीदार किनारा भएको, बास्ना आउने ठुलो सेतो फूल फुल्ने, ठुला फल लाग्ने, मृगौलाजस्ता बिउ हुने एक जातको रुखविशेष।
76833 रामवाण ना. १.अजीर्ण रोग भएकालाई खुवाइने रसादि औषधीविशेष।
76834 रामवाण ना. वि. २. रामले हानेको वाण जस्तै खेर नजाने वा तुरुन्त पूरा हुने; अचुक; अमोघ।
76835 रामभरोसा ना. रामको मात्र भरोसा वा आधार।
76836 रामभरोसे वि. अरू कसैको आधार नभई रामको मात्र भरोसा भएको।
76837 रामभिँडा ना. गोलभेँडा।
76838 राममन्दिर ना. १.नेपालको प्रसिद्ध तीर्थस्थल जनकपुरमा रहेको रामको प्रसिद्ध मन्दिर।
76839 राममन्दिर ना. २. रामको मूर्ति प्रतिष्ठापित भएको मन्दिर।
76840 राममाटी ना. काठबाट बन्ने सामान दराज, मेच आदि चिल्ल्याउन दलिने एक किसिमको माटो।
76841 रामरउस ना. आनन्द र रमाइलो; रामरमिता।
76842 रामरगेडा ना. असाध्य परिश्रम; चर्को मिहिने।
76843 रामरज ना. टीका लगाउन हुने एक प्रकारको पहेँलो माटो; रामतिलक।
76844 रामरमिता ना. आनन्ददायी उत्सवको रमिता; रमाइलो; रमझम।
76845 रामरस ना. १.मनलाई सुख दिने वस्तुको उपभोग; सुखचैन।
76846 रामरस ना. २. नुन वा लवणका निम्ति प्रायः जोगीहरूले प्रयोग गर्ने शब्द।
76847 रामराज्य ना. १.देशका सबै जनतालाई सुखशान्ति परिपूर्ण हुने रामको जस्तो शासनव्यवस्था भएको आदर्श राज्य।
76848 रामराज्य ना. २. मनमोज; ढलीमली।
76849 रामराम ना. १.भेटघाट वा बिदावारीका क्षणमा भनिने एक किसिमको ढोगभेट जनाउने शब्द।
76850 रामराम ना. २. कुनै कुराको नाश हुँदा र कसैको दुःख-कष्ट देख्ता वा सुन्दा सहानुभूतिपूर्वक निस्कने शब्द;कठैबरा।