Dictionary

All Word

76701 राढिनु अ.क्रि. हे. राडिनु।
76702 राणा ना. १.नेपालमा वि. सं. १९०३ मा शासनसत्ता आफ्नो हातमा लिने जङ्गबहादुरदेखि चलेको कुँवर थरका राणा प्रधानमन्त्री ( तीन सरकार ) का वंशजहरूको उपाधि।
76703 राणा ना. २. भारतको राजस्थानप्रदेशमा रहने क्षत्रिय राजाहरूको उपाधि।
76704 राणातन्त्र ना. राणाहरूले चलाएको जहानियाँ शासनपद्धति।
76705 रात ना. घाम अस्ताएदेखि घाम नझुल्कुन्जेलको समय; दिनको विपरीतार्थक शब्द; रजनी; रात्रि।
76706 रातदिन ना. १.रात र दिन; दिनरा।
76707 रातदिन ना. क्रि.वि. २. विनाअडान; लगातार; रातोदिन; सर्वदा।
76708 रातमाटे वि. रातो माटो भएको वा हुने (ठाउँ)।
76709 रातारात क्रि.वि. १.उज्यालो हुँदा नहुँदै; रातभरिमा।
76710 रातारात क्रि.वि. २. रातरात गरी; रातरातमा; रातीराती।
76711 राति / राती क्रि.वि. १.रातमा; रात्रिमा।
76712 राति / राती क्रि.वि. ना. २. रात्रि; रा।
76713 रातीगेडी ना. १.चनाका जस्ता पात हुने, हल्का गुलाफी रङ्गका फूल फुल्ने, केराउका जस्ता कोसा लाग्ने, जरा 'जेठीमधु' कहिने एक प्रकारको लता वा त्यसमा फल्ने, सुन आदि तौलिँदा लाल वा रत्तीको परिमाण बनाइने, कालो टीका भएको रातो गेडो; लालगेडी; आँखीगेडी।
76714 रातीगेडी ना. २. थोरै धन (उदा. हर्के बुढी आमैको एउटा छोरो भएकाले त्यही उनका निम्ति रातीगेडी भएको थियो)।
76715 रातु वि. रातो रङको; राती (गाई)।
76716 रातु वि. (उदा. कैलो गाई त घर आयो, रातु गाईको ठेगान छैन। )।
76717 राते वि. रातभरि रहेको; रातसम्बन्धी; रातको।
76718 राते वि. (उदा.- एकराते दही, दुईराते मही।)।
76719 राते ना. १.अमिल्च्याहा पात हुने, गेडावरिपरि राता अमिला केस्रा हुने र ती केस्राको झोल पनि रातै हुने, रगतमासीको औषधीमा काम लाग्ने बुटीविशेष; बेलीचन्दा।
76720 राते ना. २. बोटबिरुवाको डाँठ रातो हुने एक प्रकारको रोग; रतङ्गे; राँको।
76721 राते ना. २. रतुवा (मृग)।
76722 राते ना. वि. ४. रातो भएको; रातो रङको।
76723 रातेघाँस ना. खरपाखामा उम्रने टुप्पामा छाताजस्तो भएको एक प्रकारको घाँस।
76724 रातेमृग ना. स्तनधारी समूहमा पर्ने, रातोरातो खालको, भालेमा कस्तूरी मृगको जस्तै दाह्रा निस्कने र सानो सिङ हुने, भुक्तै हिँड्ने एक जातको मृग।
76725 रातो वि. १.सिन्दूर, रगत आदिको जस्तो रङ्ग भएको; रक्त; लाल।
76726 रातो वि. स्त्री. राती।
76727 रातो वि. ना. २. रगतजस्तो रङ; लाल।
76728 रातो अचानु ना. १.कुनै काम फत्ते गरेबापत लिम्बू आदि जातिले आफ्नो सभामा कुखुरो काटेर भए पनि रगतले अचानु रातो पार्ने काम।
76729 रातो अचानु ना. २. त्यस्तो सभा टुङ्गिएपछिको भोज।
76730 रातो उखु ना. गाढा रातो रङको डाँठ हुने एक जातको उखु।
76731 रातो कमिलो ना. टोक्ने र पिसाब गर्ने काम एकै चोटि गर्ने मसिनु खालको कमिलो।
76732 रातो गेवँरा ना. रातो डाँठ हुने गेवँरा उखुको एक जा।
76733 रातो चारपाटे ना. साधारण हरिया डल्ला तर तिखा टुप्पा भएको पात हुने निलो गुलाफी वा बैजनी रङको फूल फुल्ने एक जातको अग्लो बुटीवशेष।
76734 रातोचुच्चे काग ना. जिउ कालो भई चुच्चो र खुट्टा रातो हुने,गाउँहुँदी आएर चारा खोजी खाने, जमातमा र एक्लै पनि हिँड्ने काग जस्तै चरो।
76735 रातो च्याउ ना. जमिनमा उम्रने छाताको आकार र सिन्दूरजस्तो रङ भएको खान हुने एक च्याउ।
76736 रातो जाँड ना. नेवारजातिका विभिन्न पूजा आजामा चाहिने, हकुवा चामलको खाजाद्वारा तयार पारिएको, धेरै समयसम्म राख्न सकिने र पुरानो हुँदै जाने, रातो रङ भएको विशेष जाँड (ह्याउँयो )।
76737 रातो जाँड ना. ( यस्तो जाँड बनाउने घ्याम्पो रहेको घरमा चट्याङ पर्दैन भन्ने जनविश्वास छ र यो जाँड रजस्वला, पाठेघर आदिको स्त्रीरोगमा औषधीका रूपमा पनि प्रयोग गरिन्छ।)।
76738 रातो टाटो ना. सूर्य, घाम (उदय र अस्तमा)।
76739 रातोडाँठे घाँस ना. साधारण हरिया डाँठ भएका वा नभएका मालाकार पात हुने, टुप्पामा सेता फूल फुल्ने, हिमालमा हुने एक जातको बुटी।
76740 रातोदिन क्रि.वि. जत्तिखेर पनि; रात र दिनभरि; रातदिन; हरबखत; अहोरात्र।
76741 रातो पानीबेत ना. ठुला रुखमा जेलिएर रहने, डाँठ र पातमा ससाना काँडा हुने, प्रायः सुक्खा ठाउँमा पाइने पानीबेतमध्ये कमसल खालको बेत; कुखुरे बे।
76742 रातो पान्डा ना. हिमाली भेगतिर पाइने, घरबिरालोजत्रै कालो पेट र रातो भुवादारी जिउ भएको मांसाहारी समूहमा पर्ने तर शाकाहारी एक जन्तु।
76743 रातोपिरो वि. हृष्टपुष्ट र गालामा रगत चढेको; भरभराउँदो र मनपर्दो।
76744 रातोपिरो वि. स्त्री. रातीपिरी।
76745 रातो बलु ना. ठुला पात हुने र राता फूल फुल्ने एक जातको बलु।
76746 रातो मत्स्येन्द्रनाथ ना. ललितपुरमा बुङमतीदेखि रथ तानेर जाउलाखेलसम्म ल्याई प्रतिवर्ष प्रसिद्ध ऐतिहासिक भोटो देखाउने जात्रा गरिने एक देवता।
76747 रातो मन्सरा ना. बोक्रा रातो हुने मझौला खालको एक जातको धान वा त्यसैको चामल।
76748 रातो माटो ना. घर लिपपोत गरिने रातो रङगको एक प्रकारको माटो।
76749 रातो मार्सी ना. मार्सी जातको रातो रङ हुने धान वा त्यसैको चामल;रक्तशाली; जाडेमार्सी।
76750 रातो मुख ना. रिसाउँदा वा लाज मान्दा हुने मुखको रातो वर्ण।