Dictionary

All Word

76851 रामराम ना. ३. मलामीहरूले शवलाई सागरमा वा घाटमा लैजाँदा दोहार्‍याएर भन्ने शब्द।
76852 रामरिट्ठो ना. ठुलठुला पात र पहेँला फूल हुने एक जातको रुख वा त्यसैको झुप्पाकार फल।
76853 रामलीला ना. रामका कथाको अभिनय।
76854 रामशाह ना. वि. सं. १६६६ देखि १६९३ सम्म गोरखामा राज्य गर्ने शाहवंशीय प्रसिद्ध समाजसुधारक राजा।
76855 रामा ना. १.रूपवती वा सुन्दरी स्त्री।
76856 रामा ना. २. लक्ष्मी; सीता; राधा।
76857 रामा ना. ३. भार्या; पत्नी।
76858 रामाइ ना. गाईबस्तुले राम्ने क्रिया वा प्रक्रिया।
76859 रामायण ना. १.रामको चरित्र तथा कीर्ति वर्णन भएको संस्कृतमा वाल्मीकि मुनि, हिन्दीमा सन्त तुलसीदास र नेपालीमा कवि भानुभक्तद्वारा रचित प्रसिद्ध काव्यग्रन्।
76860 रामायण ना. २. कुनै मृत व्यक्तिको शोकप्रकट गर्दै गाईजात्रामा सेतो वा पहेँलो वस्त्र धारण गरेर सहर घुमिघुमी गाइने गीत वा त्यस्तो गीत गाउने मण्डली।
76861 रामानुज ना. १.रामका भाइ (खास गरी लक्ष्मण)।
76862 रामानुज ना. २. वैष्णवपन्थ चलाउने दक्षिण भारतका एक प्रसिद्ध वैष्णवाचार्य।
76863 रामारुमी वि. १.कतै पनि केही नदेखिने; निस्पट्ट; गाढा (अँध्यारो )।
76864 रामारुमी वि. (उदा.- बेसीमै रामारुमी भइसकेकाले हिजो गाउँ आउन सकिएन। ) २. सुनसान;चकमन्न।
76865 रामारुमी वि. (उदा. जाडामा नौ बजेतिर नयाँ सडक पनि रामारुमी भइसक्छ।)।
76866 रामिनु अ.क्रि. राम्ने काम होइनु।
76867 रामेछाप ना. नेपालको मध्यमाञ्चल विकासक्षेत्रभित्र पर्ने जनकपुर अञ्चलको एक पहाडी जिल्ला।
76868 रामेश्वर ना. भारतको दक्षिणी समुद्रको किनारामा अवस्थित स्वयम् रामचन्द्रले स्थापना गरेको मानिने, हिन्दुहरूका प्रसिद्ध चार धाममध्ये एक।
76869 रामो ना. बिँडमा मुङ्ग्राले ठोकेर काठ काट्ने वा खोप्ने, हलाका फालीजस्तो तर तिखो धार भएको फलामे हतियार; राँबो।
76870 रामोराम ना. किरिया हाल्दा प्रयोग गरिने शब्द; सत्तेसत्ते; धरोधर्म।
76871 रामोराम ना. (उदा.- रामोराम दिदी, मैले तपाईंको पछ्यौरा लिएको छैन।)।
76872 राम्बाँस ना. रम्बाँस; क्यात्तुके; हात्तीबार।
76873 राम्ररी क्रि.वि. राम्रो गरी; सुहाउँदोसँग।
76874 राम्रो वि. १.देख्ता मन पर्ने; सुन्दर; रमणीय।
76875 राम्रो वि. २. गुण, हित आदिका दृष्टिले उम्दा; असल; बेस।
76876 राम्रो मुख ना. १.नरम वा मिठो बोलीवचन; सोझो मुख।
76877 राम्रो मुख ना. २. सुन्दर अनुहार वा चेहरा।
76878 राय ना. १.कुनै कुरा, पक्ष, सिद्धान्त आदिमा व्यक्त गरिने विचार; आशय; म।
76879 राय ना. २. कुनै विषयमा कसैलाई दिइने उचित सुझाउ; सल्लाह; सम्मति।
76880 रायछनक ना. राय दिने सङ्केत; सम्मति वा सरसल्लाहको आभास।
76881 रायबझाइ ना. कुनै कुरामा कसैको सहमति र कसैको असहमति भई विचार नमिल्ने स्थिति; दुई थरीको कुरा फाट्ने काम; रायबाझो।
76882 रायबाझो ना. परस्पर राय फाटेर वा नमिलेर, अलगअलग राय हुने काम।
76883 रायफैसला ना. हाकिम, तहरिर र असिस्टेन्टका बिचमा राय फाटी वा नमिली गरिएको साधक फैसला।
76884 रायल वि. १.राजकीय, शाही ना. २. छब्बिस इन्ची लमाइ र बिस इन्च चौडाइ हुने कागतको नापोविशेष।
76885 रायल्टी ना कुनै वस्तुका कर्ता वा कृतिका लेखकलाई निजमा रहेको स्वत्वाधिकार वा स्वामित्वका निम्ति दिइने उक्त वस्तु वा कृतिबाट भएका लाभको केही अंश, लेखकस्व।
76886 रायो ना. १.तोरीका जस्ता कोसा, पहेँला फूल र ठुलठुला पात हुने, तरकारीका निम्ति प्रसिद्ध एक जातको साग वा त्यसको तोरीजस्तो गेडा (फल), राई, पाच्छैं।
76887 रायो ना. २. पिप्लाको बीज।
76888 रारा ना. पश्चिमी नेपालमा कर्णाली अञ्चलको मुगु जिल्लामा पर्ने प्रसिद्ध स्थल।
76889 रारा दह ना. रारा गाउँको दक्षिण किनारामा रहेको एक प्रसिद्ध ताल।
76890 राल ना. मुख रसाएर चुहिने लेसाइलो थुक; र्‍याल।
76891 रालग्रन्थि ना. राल छोड्ने ग्रन्थि वा इन्द्रिय ।
76892 रालघोल ना. १.एकै ठाउँमा मुछिने वा मिल्ने काम।
76893 रालघोल ना. २. तानातान, खिचातानी।
76894 राले ना. १.लुगामा राल नचुहियोस् भनी केटाकेटीका गलामा बाँधेर लगाइने वस्त्र वि. २. राल काढिरहने।
76895 रालो ना. घण्टाको बिचमा रहने र हल्लाउँदा घण्टा बज्ने दण्डाकार लङ्गुर।
76896 रावण ना. १.लङ्काको राजा तथा रामद्वारा मारिएको रामायणको प्रसिद्ध प्रतिनायक।
76897 रावण ना. वि. २. हाहाकार गराउने; अत्याचारी; दुष्ट र मिचाहा।
76898 रावन्ने ना. हे. रावण।
76899 रावन्ने मुला ना. गोठालेमुला; वनमुला।
76900 राशन ना. हे. रासन।