Dictionary

All Word

76951 राष्ट्रिय प्रजातन्त्र ना. संसदीय प्रणालीमा आधारित एक राजनीतिक व्यवस्था।
76952 राष्ट्रिय प्रजातन्त्र दिवस ना. फागुन ७ गते मनाइने राष्ट्रिय चाड वा उत्सव।
76953 राष्ट्रिय फुल ना. राष्ट्रले मान्यता दिएको फूल; (नेपालमा लालीगुराँस )।
76954 राष्ट्रिय रङ्ग ना. राष्ट्रले प्रतीक मानेको रङ; (नेपालमा सिम्रिक रङ)।
76955 राष्ट्रिय वाणिज्य बैङ्क ना. विभिन्न निक्षेप जम्मा गर्ने वा वाणिज्य तथा उद्योगसम्बन्धी कार्यमा ऋण उपलब्ध गराई देशको अर्थ- व्यवस्थामा सघाउ पुर्‍याउने ब्याङ्क।
76956 राष्ट्रिय विकास सेवा ना. स्नातकोत्तर तहका छात्रछात्राहरूले कुनै जिल्लाका निर्धारित गाउँमा गई अध्यापन कार्यमा सघाउ पुर्‍याउनुका साथै ग्रामीण क्षेत्रको अध्ययन गर्ने कार्यक्रम।
76957 राष्ट्रिय विभूति ना. राष्ट्रको गौरव बढाउन आआफ्ना क्षेत्रमा विशिष्ट योगदान दिने महापुरुष।
76958 राष्ट्रिय बिमा संस्थान ना. निर्जीवनबिमा र जीवन-बिमा दुई प्रकारका बिमा- व्यवसाय चलाई निर्धारित रकम लिने र त्यसरी बिमा भएका वस्तु, व्यक्ति आदिलाई भौतिक क्षतिबाट सुरक्षा गर्ने तथा भविष्यका निम्ति आर्थिक संरक्षण दिने कार्य गर्ने बिमासंस्थान ऐनद्वारा स्थापित संस्था।
76959 राष्ट्रिय समाचार समिति ना. राष्ट्रिय दृष्टिकोणलाई ध्यानमा राखी निष्पक्ष तथा आधिकारिक रूपमा देशभित्र र बाहिरका गतिविधिको जानकारी जनसाधारणसमक्ष पुऱ्याउनका निम्ति समाचारसङ्कलन, वितरण तथा आदान-प्रदानको व्यवस्था गर्न बनेको एक स्वशासित संस्था; रा. स. स.।
76960 राष्ट्रिय सेवा दल ना. छात्रछात्राहरूमा राष्ट्रिय भावनाको वृद्धि गरी उनीहरूलाई योग्य र अनुशासित नागरिक बनाउन तथा नेतृत्वको क्षमता बढाउन सैनिक तालिम वा शिक्षा दिइने दल।
76961 राष्ट्रोत्थान ना. विभिन्न उन्नति र प्रगति गरी राष्ट्रलाई उठाउने काम; राष्ट्रको उत्थान।
76962 राष्ट्रोन्नति ना. राष्ट्रको उन्नति; देशोन्नति।
76963 रास ना. थुप्रो; राशि।
76964 रास ना. १.गोपगोपीहरूका साथ कृष्णले गरेको प्रसिद्ध क्रीडा वा अचेलको धाननाचको जस्तो नाचखेल; रासलीला।
76965 रास ना. २. कोलाहल।
76966 रास ना. ३. शब्द; ध्वनि।
76967 रास ना. १.बागडोर; लगाम।
76968 रास ना. २. बग्गीको सवार बस्ने ठाउँ।
76969 रासक ना. हास्यरस प्रधान हुने एक प्रकारको एकाङ्की रूपक।
76970 रासका रास ना. रासमाथि रास; हे. रासैरास।
76971 रासन ना. १.खानेपिउने सामग्री वा अन्नपात; रसदपानी; राशन।
76972 रासन ना. २. निर्धारित समय र मात्रामा सुपथ मूल्यमा दिइने वा पाइने खाद्य वस्तु।
76973 रासन कार्ड ना. रासन वितरण गर्दा दिइने र जनाइने पत्रक।
76974 रासनृत्य ना. रासनाच; रासलीला।
76975 रासलीला ना. कृष्णले वृन्दावनमा गोपिनीहरूका साथ गरेको प्रमोदलीला, रासनृत्य।
76976 रासायन वि. रसायनसम्बन्धी, रासायनिक।
76977 रासायनिक वि. रसायन वा रसायनशास्त्रसम्बन्धी रसायन।
76978 रासायनिक उर्जा ना. रासायनिक प्रक्रियाद्वारा उत्पन्न हुने ऊर्जा (शक्ति)।
76979 रासायनिक परिवर्तन ना. रासायनिक एवं भौतिक दुवै गुणमा परिवर्तन आउने मिश्रित वस्तुको रूपान्तरण।
76980 रासायनिक प्रतिक्रिया ना. दुई वा दुईभन्दा बढी रासायनिक यौगिक मिसाउँदा कुनै उत्प्रेरकका माध्यमले हुने आमूल परिवर्तन।
76981 रासैरास ना. धेरै रास; रासमाथि रास; रासका रास।
76982 रासोबासो ना. १.बरोबर आउनेजाने वा बस्ने गरेको ठाउँ।
76983 रासोबासो ना. २. बसोबासो।
76984 राह ना. १.बाटो; मार्ग।
76985 राह ना. २. परिआएको बेला बाटो बनाउने एक खालको रकम वा कर।
76986 राहत ना. प्राकृतिक प्रकोपमा परेकाहरूको वा दुःखीहरूको उद्धार गर्ने काम; अड्ने उपाय; सान्त्वना।
76987 राहतदानी ना. स्वदेशबाट विदेश जान वा विदेशबाट स्वदेश फिर्नका निम्ति सरकारसँग लिइने अनुमतिपत्र; पासपोर्ट।
76988 राहा ना. कुनै कुरामाथिको विचार; राय; मतो।
76989 राहा ना. (उदा.- अंशका कुरामा दाजुभाइको राहाबिराहा के छ पहिले त्यही बुझ्नु राम्रो होला।)।
76990 राही ना. राह हिँड्ने; बटुवा।
76991 राहु ना. १.नौ ग्रहमध्ये एक र पुराणअनुसार समय- समयमा सूर्य वा चन्द्रमालाई छोप्ने ग्रह; पापग्रह।
76992 राहु ना. २. विप्रचित्ति र सिंहिकाका छोराको नाम।
76993 राहु ना. ३. अन्धकार।
76994 राहु ना. वि. ४. ज्यादै करेप्ने, पछेटा लाग्ने वा दुःख दिने (मानिस)।
76995 राहु ग्रास ना. सूर्य अथवा चन्द्रको ग्रहण।
76996 रिँग्नु अ.क्रि. फेरो मारेर वा फनफनी घुम्नु; चारैतिर डुल्नु; चक्कर खानु।
76997 रिँग्नु अ.क्रि. (उदा. सिङ्गै सहर रिँगेर पनि डाक्टरले लेखेको औषधी पाइएन।)।
76998 रिँगटा ना. १.दुब्लोपन, गर्मी, डर आदिले वा फनफनी घुम्दा आफू वरिपरिका दृश्य, पदार्थ सबै घुमेजस्तो हुने भान वा टाउको घुमेजस्तो लाग्ने व्यथा; फनफने।
76999 रिँगटा ना. २. चक्कर लाग्ने वा घुम्ने अवस्था; भाउन्न; भर्मन।
77000 रिँगटे वि. रिँगटा लाग्ने वा लगाउने (पिङ, खेल आदि)।