Dictionary

All Word

77051 रिजर्भ ना. वि. २. आफ्नै मात्र हकको; एकलौटी।
77052 रिजिमन्ट वि. १.भएजति सबै; खलिकपुर; तमाम।
77053 रिजिमन्ट वि. ना. २. धेरै जनाको फौज वा समूह।
77054 रिजिमन्ट वि. ३. रेजिमेन्ट।
77055 रिझ ना. कसैलाई गरिएको सेवा चाकरीमा हुने खुसी; प्रसन्नता।
77056 रिझ ना. (उदा. - उक्त जग्गा रिझबापत निजलाई बकसपत्र गरिदिएँ।)।
77057 रिझाइनु क.क्रि. रिझाउने काम गरिनु।
77058 रिझाउनु स.क्रि. कसैलाई सेवाशुश्रूषा, चाकरी आदिबाट खुसी पार्नु; प्रसन्न तुल्याउनु।
77059 रिझनु अ.क्रि. सेवा सुसार, चाकरी आदिबाट प्रसन्न हुनु; खुसी हुनु।
77060 रिट ना. १.राज्य वा न्यायालय आदिद्वारा कसैलाई कुनै काम गर्न वा नगर्नका लागि दिइने आज्ञापत्र।
77061 रिट ना. २. कुनै मुद्दाको विषय कानुनबाट टुङ्गो लगाउन नमिल्ने अवस्थामा सम्बन्धित व्यक्तिले कानुनी उपचारका निम्ति सर्वोच्च अदालतमा दिने निवेदन।
77062 रिटक ना. गीतको बोल वा स्थायी; टेको।
77063 रिटाइ ना. रिटाउने क्रिया वा प्रक्रिया।
77064 रिटाइनु क.क्रि. रिटाउने काम गरिनु।
77065 रिटाउनु स.क्रि. १.कुनै वस्तुलाई चिरिच्याँट्ट पार्नु; सिँगार्नु; राम्रो तुल्याउनु।
77066 रिटाउनु स.क्रि. २. कौशल देखाएर काम गर्नु; सिप लाउनु।
77067 रिटाउनु स.क्रि. ३. फर्काउनु (जस्तो- कुलो रिटाउनु)।
77068 रिटायर वि. उमेरको हदम्याद पुगी जागिरबाट अवकाश पाएको; नोकरी छुटेको; सेवा वा कामबाट निवृत्त भएको।
77069 रिटिक्क क्रि.वि. कुनै वस्तुलाई सजिसजाउ पार्ने गरी; रिटाउने कायदाले।
77070 रिट्ठे वि. १.रिट्ठाजस्तो निक्खुर कालो (गोरु )।
77071 रिट्ठे वि. २. रिट्ठासम्बन्धी; रिट्ठाको।
77072 रिट्ठे झाँक्री ना. रिट्ठाको माला पहिरने झाँक्री; धामीको देउता।
77073 रिट्ठे भुमरी ना. हल गर्न असम्भव रहस्य।
77074 रिट्ठो ना. लामालामा पात हुने, सेता फूल फुल्ने, भित्र कालो बियाँ हुने, फलको बोक्रा लुगा धुने काममा प्रयोग गरिने एक जातको रुख वा त्यसैको खैरो गोलो फल।
77075 रिट्ठे नबिराई टु. एउटा पनि नछोडीकन।
77076 रिडी ना. पाल्पा र गुल्मी जिल्लाको बिचमा काली गण्डकीको किनारमा रहेको, माघे सङ्क्रान्तिमा तीन दिनसम्म ठुलो मेला लाग्ने, प्रसिद्ध धार्मिक एवं प्राकृतिक स्थल; रुरुक्षेत्र।
77077 रित ना. कुनै कामकुरा गर्ने युक्ति; कामको काइदा वा तरिका; प्रथा; रीति।
77078 रितमत ना. १.पुख्र्यौली प्रथा, रीतिथिति।
77079 रितमत ना. २. चालचलन; विधिविधा (उदा.- बिहेवारी रीतभाँतअनुसार नै गरे बेस हुन्छ।)।
77080 रितरोह ना. नियम - काइदा; रीतभाँ।
77081 रित्तिनु अ.क्रि. कुनै वस्तु राखेको ठाउँबाट सकिनु; बाँकी नरहनु; खाली हुनु; रित्तो हुनु।
77082 रित्याइ ना. रित्तिने र रित्याउने क्रियाप्रक्रिया।
77083 रित्त्याइनु क.क्रि. रित्तो पारिनु।
77084 रित्याउनु प्रे. क्रि. बाँकी नराख्नु; रित्तो पार्नु; खाली गर्नु।
77085 रित्तो वि. १.भित्र केही नभएको; खाली।
77086 रित्तो वि. २. सारहीन; निस्सार; खोक्रो।
77087 रित्तो वि. स्त्री. रित्ती।
77088 रित्तो फुक्लो वि. हातमा वा साथमा केही वस्तु नभएको; अल्झोबिल्झो केही नभएको; स्वतन्त्र।
77089 रित्तो फुक्लो वि. स्त्री. रित्तीफुक्ली।
77090 रिन ना. भाकाभित्र ब्याजसुद्ध अथवा ब्याजविना साँवा मात्र बुझाउने गरी सापटी लिएको धन; ऋण।
77091 रिनधन ना. रिन काढिएको धन आदि; सरसापट; ऐँचोपैँचो।
77092 रिनाहा वि. रिन लिइरहने; रिनबाट नउक्सने।
77093 रिनाही वि. रिन लिने (स्त्री)।
77094 रिनी वि. रिन लिने (व्यक्ति); ऋणी।
77095 रिनीधनी वि. रिन लिने र रिन दिने व्यक्तिहरू।
77096 रिप ना. १.ज्यादै ओस लाग्ने ठाउँ; चिसमिरो जमिन।
77097 रिप ना. २. हिलो।
77098 रिपु ना. शत्रु; वैरी।
77099 रिपु वि. अत्यन्त निपुण; औधी सिपालु; पोख्।
77100 रिपोट / रिपोर्ट ना. १.कुनै उल्लेख्य घटना वा कामकुरा आदिका बारेमा कसैलाई दिइने सूचना; कार्यविवरण।