Dictionary

All Word

77101 रिपोट / रिपोर्ट ना. २. कुनै निकासा लिनुपर्ने वा अवगत गराउनुपर्ने कुराको विवरण लेखी तालुकवालाकहाँ गरिने जाहेरी; प्रतिवेदन।
77102 रिपोर्ट दस्तुर ना. १.कुरा गर्न खोजेको मानिस फेला नपरेमा लाग्ने दस्तुर वा रकम।
77103 रिपोर्ट दस्तुर ना. २. पहुँचदस्तुर।
77104 रिपोर्टर ना. १.सभासमिति आदिमा भएका कामकुराको विवरण लेख्ने व्यक्ति।
77105 रिपोर्टर ना. २. समाचारपत्रको संवाददाता।
77106 रिपोर्टर ना. वि. ३. रिपोर्ट गर्ने वा रिपोर्ट दिने; प्रतिवेदक।
77107 रिबन ना. सिँगारपटार आदिको काम लिइने, नाइलनले बुनेको विभिन्न रङको पट्टी वा फित्ता।
77108 रिभल्भर ना. भित्री चक्का क्रमैले घुमेर एक-एकवटा गरी छुट्ने, गोली भर्न हुने पिस्तोलका ढाँचाको एक शस्त्र।
77109 रिम ना. जिस्ताको पच्चिस ताउका हिसाबले पाँच सय ताउ र चौबिस ताउका हिसाबले चार सय असी ताउ पनि हुने, बिस जिस्ता कागतको खात वा बिटो।
77110 रिमा ना. प्रेमीले प्रेमिकालाई बोलाउँदा प्रयोग हुने पुरानो शब्द; मायालु।
77111 रिमै ना. रीमा।
77112 रिमझिम ना. १.चटक, तमासा, उत्सव आदिको रमाइलो; रमिता।
77113 रिमझिम ना. क्रि.वि. २. हल्का पानी पर्ने चालले; रिमरिम; सिमसिम।
77114 रिमठिम ना. चालचलन; रीतिथिति।
77115 रिमरिम क्रि.वि. १.अलिअलि उज्यालो हुने किसिमले; मिरमिर; झसमिस।
77116 रिमरिम क्रि.वि. २. हल्का चालले पानी पर्ने गरी; रिमझिम।
77117 रिमरिमे वि. रिमरिम भएको वा परेको; सिमसिमे (पानी)।
77118 रिमझिमी ना. १.रमाइलो; रमिता; रिमझिम।
77119 रिमझिमी ना. क्रि.वि. २. सिमसिम।
77120 रिमोट कन्ट्रोल ना. कुनै यान्त्रिक उपकरणलाई निश्चित दुरीबाट नियन्त्रण गर्ने विद्युतीय संयन्त्र।
77121 रिम्ट ना. घुम्ने काम; घुमाइ।
77122 रिम्टनु अ.क्रि. चक्कर लिनु; घुम्नु।
77123 रिम्टाइ ना. रिम्टने क्रिया वा प्रक्रिया।
77124 रिम्टाइनु क.क्रि. रिम्टन लाइनु।
77125 रिम्टाउनु प्रे. क्रि. रिम्टन लाउनु वा रिम्टने पार्नु।
77126 रिम्टिनु अ.क्रि. रिम्टनु।
77127 रिम्बोर्छे ना. सेर्पाजातिका कुलदेवता वा गुरु।
77128 रियाज ना. कुनै कुशलताको प्राप्तिका निमित्त गरिने रटाइ; रफत; अभ्यास।
77129 रियाजी वि. १.रियाज गर्ने; रफत गर्ने।
77130 रियाजी वि. २. रियाजसम्बन्धी; रियाजको।
77131 रियासत ना. प्रान्तका रूपमा रहेको वा सानोतिनो राज्य; सामन्त राज्य।
77132 रियासती वि. रियासतसम्बन्धी; रियासतको।
77133 रिल ना. १.धागो बेरिने लट्टाइजस्तो काठको साधन वा त्यसमा बेरिएको धागो।
77134 रिल ना. २. टिनबाट मट्टीतेल झक्ने एक प्रकारको पम्प।
77135 रिल ना. ३. कुनै यन्त्रको घुम्ने भाग।
77136 रिल ना. ४. चारकुने फल्याकलाई तल र माथिबाट आधाआधीजसो चिरी बिचमा कपेर साङ्ली पारी बनाइएको, जिल्ददार किताब खोलेर राख्न हुने खटिया; च्यापे; कठौतो।
77137 रिवाज ना. कुनै समाजमा चलेको रीति वा प्रथा; रीतिथिति; चालचलन।
77138 रिश्वत ना. हे. रिसव।
77139 रिस ना. १.मन नपर्ने, अनुचित वा अन्यायको काम भएको देखेर कसैप्रति मनमा उठ्ने रोष; क्रोध, कोप; जङ।
77140 रिस ना. २. कुनै कारणवश कसैप्रति गरिने डाहा; ईर्ष्या; द्वेष।
77141 रिसको पोका वि. छिटो-छिटो रिसाउने; रिसाहा।
77142 रिसल्ला ना. घोडचढीको फौज; अश्वारोही सेना।
77143 रिसवत ना. एक पक्षलाई हानि र अर्को पक्षलाई लाभ पुर्‍याउने उद्देश्यले लाभ हुने पक्षबाट प्राप्त गर्ने रकम, दैदस्तुर, सलामी, इनाम, बक्स आदि नगदी वा अरू जुनसुकै आर्थिक लाभ; घुस; रिश्व।
77144 रिसाइ ना. रिसाउने भाव, क्रिया वा प्रक्रिया।
77145 रिसाइनु अ.क्रि. क्रोधित हुनु।
77146 रिसाउनु अ.क्रि. १.कुनै कुरा, काम, कारण आदिमा चित्त नबुझी कसैसँग क्रुद्ध हुनु; रिस उठ्नु; जङ्गिनु; चिढिनु।
77147 रिसाउनु अ.क्रि. २. अप्रसन्न हुनु; नाराज हुनु।
77148 रिसानी ना. रिसाउने काम; नाराजी (आदरार्थमा )।
77149 रिसानी ना. (उदा.- भुल भए माफ पाऊँ, बिनसित्ति रिसानी नहोस् मुमा !)।
77150 रिसारिस ना. आफू-आफूमा रिसाउने काम; परस्परको रिस; झोकाझोक।