Dictionary

All Word

77201 रुकुमा ना. प्रेमिकाले 'बिकरम' भनी सम्बोधन गर्दा प्रेमीले भन्ने पुरानो शब्द।
77202 रुकुमै ना. रुकुमा।
77203 रुक्का ना. राणाशासनभन्दा पहिले श्री ५ को र राणाशासन सुरु भएपछि श्री ३ को हुकुमको तोक लेखिएको सानो पत्र; सानो कागतमा टिप्पणी लेखी थिति बाँधिने एक प्रकारको ऐन वा शासनपत्र; हुकुमी आज्ञा।
77204 रुक्कादस्खत ना. दस्तखतसहित प्रचारमा ल्याइएको रुक्का वा आज्ञापत्र।
77205 रुक्खो वि. रुखो।
77206 रुक्मिणी ना. कृष्णकी प्रथम पटरानी।
77207 रुख ना. १.अनुहारबाट खुल्ने मनको भाव।
77208 रुख ना. २. आकृति; चेहरा; मुख।
77209 रुख ना. ३. झुकाउ; चेष्टा।
77210 रुख ना. मास्तिर हाँगा हाल्ने र तलतिर जरा गाड्ने कुनै पनि बोट; वृक्ष;तरु।
77211 रुख कटहर ना. रुखमा फल्ने ठुलो कटहर; कटहर।
77212 रुखकाने ना. हरिया, तिखा टुप्पा भएका पात हुने, पहेँला फूल फुल्ने एक जातको साह्रो लहरो।
77213 रुखकेशर ना. साधारण पातमाथि चिल्लो टल्कने खालको फूल फुल्ने एक जातको रुख वा त्यसैको विभिन्न आकार हुने सुपारीजस्तो फल; नागेश्वरी।
77214 रुखपात ना. रुख, पोथ्रा, बुटा आदि; रुख र पा।
77215 रुखबयर ना. सानासाना पात हुने र पहेँला फूल फुल्ने एक जातको काँढे रुख वा त्यसैको खैरो फल।
77216 रुखसिमाली ना. सिमाली वृक्ष; सेतो सिमाली।
77217 रुखसत ना. १.छुट्ने काम; छुटकारा; मुक्ति।
77218 रुखसत ना. २. जाने वा हिँड्ने काम; प्रस्थान।
77219 रुखाइ ना. रुखो हुनाको भाव, क्रिया वा प्रक्रिया।
77220 रुखासुखा वि. रुखो र सुक्खा; रुखोसूखो।
77221 रुखिनु अ.क्रि. १.चिल्लो, रसिलो आदि नभई रुखो हुनु; फुस्रिनु।
77222 रुखिनु अ.क्रि. २. मलिलो नहुनु।
77223 रुखिनु अ.क्रि. ३. लालायित हुनु; औताउनु।
77224 रुखो वि. १.चिल्लो नभएको; स्निग्ध नभएको; खस्रो; फुस्रो।
77225 रुखो वि. २. शील, स्वभाव, विनय, नम्रता आदि गुण नभएको; ठर्रो; बिरसिलो; बिझाउने; कर्कश (बोली)।
77226 रुखो वि. ३. पोस र बल लाग्ने कुरो नभएको; सारहीन।
77227 रुखो वि. ४. उब्जनी नहुने; ऊषर (जमिन)।
77228 रुखोसुखो वि. चिल्लोचापुल्लो र रसिलोपोसिलो नभएको (खानेकुरो)।
77229 रुख्याइ ना. रुखिने वा रुख्याउने काम।
77230 रुख्याउनु प्रे. क्रि. १.रुखो पार्नु; फुस्य्राउनु।
77231 रुख्याउनु प्रे. क्रि. २. कसैको चित्त दुखाउनु।
77232 रुख्याउनु प्रे. क्रि. ३. अरूलाई लालायित तुल्याउनु।
77233 रुख्याहा वि. रुखिएको; रुखो पार्ने खालको।
77234 रुख्याहा वि. स्त्री. रुख्याही।
77235 रुगरुग क्रि.वि. केटाकेटी वा किरा-फट्याङ्ग्रा हिँड्ने चालले; रगरग।
77236 रुगरुगती क्रि.वि. अझै छिटो र लगातार रुगरुग हुने गरी।
77237 रुगरुगाउँदो वि. चिल्लो- चापुल्लो वा पोसिलो नभएको; मायालाग्दो।
77238 रुगरुगी क्रि.वि. रुगरुगती; रगरगी।
77239 रुगरुगे वि. १.रुगरुग गर्ने।
77240 रुगरुगे वि. २. चिल्लो नभएको रुखो; फुस्रो (उदा.- रुगरुगे जाउलो खानु छ, भान्सामा के जानु ? )।
77241 रुगरुगे वि. ३. दयनीय; मायालाग्दो।
77242 रुगा ना. आँखा राता र रसिला हुने, नाकबाट पानी अनि पातलो सिँघान चुहिने, बारबार छिउँ लाग्ने र ज्वरोसमेत आउने एक रोग; रुघा।
77243 रुगाखोकी ना. सर्दी आदिका कारणले रुघा र खोकी दुवै लाग्ने रोग।
77244 रुग्ण वि. थलिएर जीर्ण भएको; बिरामी।
77245 रुग्णावकाश ना. थलिँदा वा बिरामी हुँदा लिइने र पाइने छुट्टी; बिरामी बिदा।
77246 रुघा ना. हे. रुगा।
77247 रुघाखोकी ना. रुगाखोकी।
77248 रुधिलो ना. हे. रुदिलो।
77249 रुङ्नु स.क्रि. रुँग्नु; कुर्नु; पर्खनु।
77250 रुङाइ ना. रुङ्ने क्रिया वा प्रक्रिया।