Dictionary

All Word

76551 राजपाल ना. १.राज्यको हेरचाह गर्ने व्यक्ति।
76552 राजपाल ना. २. राजा वा राष्ट्रपति अथवा राष्ट्राध्यक्षको प्रान्तीय प्रतिनिधि; राज्यपाल।
76553 राजपुत्र ना. राजामहाराजाको पुत्र; राजकुमार; रौतेलो।
76554 राजपुत्री ना. राजामहाराजाकी छोरी; राजकुमारी; रौतेली।
76555 राजपुरुष ना. १.सरकारी सेवामा नियुक्त भएको मान्छे; राजकर्मचारी।
76556 राजपुरुष ना. २. राजाको भित्रिया कर्मचारी।
76557 राजपुरोहित ना. राजा वा राजपरिवारको निश्चित पुरोहित; राजाको कर्मकाण्डी पुरोहि।
76558 राजपूत ना. १.भारतीय जातिको ठकुरी।
76559 राजपूत ना. २. ठकुरी।
76560 राजप्रतिनिधि ना. १.राष्ट्रप्रमुखका बदलामा काम गर्ने व्यक्ति।
76561 राजप्रतिनिधि ना. २. सरकारको वारिसका रूपमा नियुक्त भएको प्रतिनिधि।
76562 राजप्रासाद ना. राजभवन; राजदरबार।
76563 राजप्रासाद दीर्घ सेवा पट्ट ना. पहिले राजप्रासादमा अविच्छिन्न रूपले पच्चिस वर्षको सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने गरिएको एक पदक।
76564 राजप्रासाद सेवा पदक ना. पहिले राजप्रासादमा अविच्छिन्न रूपले पन्ध्र वर्षसम्म सेवा गर्ने, तत्कालीन शाही नेपाली सेनाका व्यक्तिलाई प्रदान गर्ने गरिएको पदक।
76565 राजबन्दी ना. राजकाज अपराधअन्तर्गत कैद परेको व्यक्ति; राजनीतिक बन्दी।
76566 राजबेली ना. भोर्लाका आकारका चोसा परेका पात हुने, पातबाट नराम्रो गन्ध आउने, प्याजी रङ्ग मिश्रित फूलबाट सुगन्ध आउने, सेता टीका परेका छिर्के डाँठ हुने एक प्रकारको लहरो; त्यसै बोटको फूल वा पा।
76567 राजभक्त १.राज्यको भक्त; देशभक्।
76568 राजभक्त २. राजाको भक्ति गर्ने;राजाको सेवक।
76569 राजभवन ना. १.राजा बस्ने दरबार; राजदरबार; राजगृह।
76570 राजभवन ना. २. राष्ट्रको सर्वोच्च शासक बस्ने घर; राष्ट्राध्यक्षभवन।
76571 राजभार ना. १.राज्यको अभिभारा; जागिर वा पदवी।
76572 राजभार ना. २. सरकारी जागिर; राजपाट।
76573 राजभारा ना. राजभार; जागिर।
76574 राजभाषा ना. राष्ट्रको प्रशासनिक कामकाज वा लेखापढीका निमित्त प्रयोग गरिने भाषा; राज्यभाषा।
76575 राजभोग ना. १.भात खान उत्तम मानिने, बास्नादार चामल हुने एक जातको धान।
76576 राजभोग ना. २. हलुवाईले तयार गर्ने एक प्रकारको मिठाई।
76577 राजभोज ना. १.राजकीय स्तरमा प्रबन्ध गरिएको भोज।
76578 राजभोज ना. २. विशिष्ट अतिथिको सम्मानमा आयोजना गरिने सरकारी भोज।
76579 राजमण्डूक ना. १.ठुलो जातको पानीभ्यागुतो; पाहा; ब्याङ।
76580 राजमण्डूक ना. २. राजदरबारको मात्र आश्रय लिएर बाहिरी दुनियाँसित केही सरोकार नराख्ने व्यक्ति; राजाका निम्ति ज्यादै ठुलो भार बन्न पुगेको नामर्द व्यक्ति।
76581 राजमहल ना. राजामहाराजाहरूको भवन; राजदरबार।
76582 राजमहिषी ना. सत्तासीन राजाकी जेठी धर्मपत्नी; पटरानी; राजपत्नी; महारानी।
76583 राजमाता ना. १.राजाकी आमा।
76584 राजमाता ना. २. नेपाल अधिराज्यका श्री ५ महाराजाधिराज सरकारका मुमा।
76585 राजमार्ग ना. १.फराकिलो र लामो पक्की सडक; मूल सडक; राजप।
76586 राजमार्ग ना. २. टाढाटाढासम्म जाने पक्की सडक।
76587 राजमुकुट ना. गद्दीनसिन राजाले शिरमा लगाउने शिरपेच; श्रीपेच।
76588 राजमुद्रा ना. १.हे. लालमोहर।
76589 राजमुद्रा ना. २. सरकारी छाप।
76590 राजयोग ना. १.फलित ज्योतिषअनुसार राज्यको सुख र अधिकार प्राप्त गर्न पाउने ग्रहगतिको एक योग।
76591 राजयोग ना. २. पतञ्जलिको योगशास्त्रमा वर्णन गरिएको एक योगदर्शन।
76592 राजरक्षक वि. राजाका वरिपरि रहेर अङ्गको रक्षा गर्ने व्यक्ति; अठपहरिया; बडीगार्ड; ए.डी.सी.।
76593 राजराज ना. १.राजाहरूको राजा; सम्राट्; बादशाह।
76594 राजराज ना. २. कुबेर।
76595 राजराज ना. ३. चन्द्रमा।
76596 राजराजेश्वर ना. १.बादशाह; सम्राट् ;राजराज।
76597 राजराजेश्वर ना. २. राजन्य।
76598 राजराजेश्वरी ना. १.रणबहादुर शाहकी महारानी राजेश्वरीका स्मृतिमा स्थापना गरिएकी एक देवी।
76599 राजराजेश्वरी ना. २. राजराजेश्वरकी पत्नी।
76600 राजरोग ना. हे. क्षयरोग।