Dictionary

All Word

76451 राजकीय वि. २. राजासँग सम्बन्धि।
76452 राजकीय परिषद् ना. राजसंस्थायुक्त; राष्ट्रको उच्चस्तरीय सभा; राज्य वा राजसभा।
76453 राजकीय प्राभियोक्ता ना. सरकारवादी हुने मुद्दामा सरकारका तर्फबाट कुनै मुद्दा चलाउने व्यक्ति; सरकारी पक्षबाट कसैका विरुद्ध मुद्दा चलाउने व्यक्ति।
76454 राजकीय सभा ना. सरकारी स्तरको सभा; मन्त्री र सरकारका प्रमुख व्यक्तिहरूको सभा।
76455 राजकुमार ना. १.राजाको पुत्र; राजाको छोरो; शाहजादा।
76456 राजकुमार ना. २. रौतेलो; कुमार; कुँवर; कमर।
76457 राजकुमारात्मज ना. राजकुमारको छोरो; राजाको नाति।
76458 राजकुमारी ना. १.राजाकी छोरी; राजकन्या; शाहजादी।
76459 राजकुमारी ना. २. मैयाँ; रौतेली।
76460 राजकुल ना. १.राजाको वंशपरम्परा; राजघराना; राजाको परिवार।
76461 राजकुल ना. २. राजप्रासाद; राजदरबार।
76462 राजकुल ना. ३. प्राचीन कालमा न्याय अन्यायको छानबिन हुने ठाउँ; दरबार; कचहरी।
76463 राजकुलो ना. सबभन्दा ठुलो कुलो; राजपैनी; गडकुलो।
76464 राजकोष ना. राजा वा सरकारको खजाना; राजस्व।
76465 राजकोषीय ना. सरकारी कोष वा राजस्वसम्बन्धी (नीति, सिद्धान्त आदि)।
76466 राजखानी ना. १.बोका, थुमा, बनेल आदि जन्तुहरूका भाले जातिको अण्डकोष।
76467 राजखानी ना. २. त्यस्ता भाले जातिलाई काटी पकाउन वा पोल्न निकालिएको अण्डकोष।
76468 राजखानी ना. ३. अण्डकोष।
76469 राजगद्दी ना. १.राजाको गद्दी; राजसिंहासन।
76470 राजगद्दी ना. २. राज्याधिकार।
76471 राजगुठी ना. १.विभिन्न देवदेवी, धर्मशाला, पुल आदिमा पूजाअर्चना, सह्यारसम्भार, सुरक्षा आदिका निम्ति सरकारले आफ्ना तर्फबाट केही चलअचल सम्पत्ति एकैमुष्ट जम्मा पारी स्थापना गरिएको गुठी।
76472 राजगुठी ना. २. राजाहरूले धर्मकार्यका निमित्त राखेको गुठी।
76473 राजगुरु ना. १.राजालाई मन्त्रदान गर्ने गुरु; राजाका गायत्रीगुरु।
76474 राजगुरु ना. २. राजाको धार्मिक कार्य गराउन औपचारिक रूपमा नियुक्त भएका गुरु।
76475 राजगुरु ना. ३. राज्यको धर्मसम्बन्धी विषयमा सर्वोच्च मान्यताप्राप्त व्यक्ति।
76476 राजगुह्य ना. अत्यन्त रहस्यपूर्ण ज्ञान; गोप्यतम मन्त्र।
76477 राजगृह ना. राजामहाराजहरूको दरबार; राजप्रासाद; राजमहल।
76478 राजघराना ना. १.राजामहाराजाको वंशपरम्परा; राजाका सन्तान- दरसन्तान; राजाको वंश।
76479 राजघराना ना. २. राजपरिवार।
76480 राजघरानिया वि. राजाको वंशपरम्पराको; राजपरिवारको; राजकुलको।
76481 राजचिह्न ना. राजाका अङ्गमा रहने चिह्न; राजत्वका छाता,चमर, झन्डा, दण्डा, खड्ग, श्रीपेच आदि चिह्न।
76482 राजज्योतिषी ना. राजपरिवारमा ज्योतिषसम्बन्धी सबै काम गर्ने व्यक्ति; राजदरबारको निश्चित ज्योतिषी।
76483 राजतन्त्र ना. राजा सर्वेसर्वा भई देशको शासनव्यवस्था सञ्चालित हुने पद्धति; राष्ट्रको सर्वोच्च प्रशासक राजा नै हुने शासनतन्त्र।
76484 राजतन्त्रवाद ना. राजतन्त्र नै देशका निम्ति लाभदायक हुन्छ भन्ने सिद्धान्।
76485 राजतन्त्रवादी वि. राजतन्त्रवादको अनुयायी।
76486 राजतन्त्रात्मक वि. राजतन्त्रका सिद्धान्तले निर्देश गरेअनुसारको; राजतन्त्रसम्बन्धी।
76487 राजतान्त्रिक वि. राजतन्त्रात्मक।
76488 राजतिलक ना. १.पहिलोपल्ट राज्यसिंहासनमा बस्ता राजालाई विधिपूर्वक प्रदान गरिने तिलक, टीका, प्रसाद आदि।
76489 राजतिलक ना. २. राज्यारोहण।
76490 राजतिलक ना. ३. राज्यारोहण -समारोह।
76491 राजतेज ना. १.सत्ताको प्रभाव वा तेज।
76492 राजतेज ना. २. राजाको प्रभाव वा तेज।
76493 राजत्व ना. राजाकीय विशेषता वा लक्षण; राजाको गुण वा भाव।
76494 राजदण्ड ना. १.राजाका साथमा हुने राजचिह्नस्वरूप दण्ड।
76495 राजदण्ड ना. २. राजाका आदेशअनुसार वा राज्यविधानअनुसार दिइने सजाय; सरकारले दिने दण्ड।
76496 राजदण्ड ना. ३. महाअपराधीलाई दिइने दण्ड।
76497 राजदण्ड ना. ४. ठुलो सजाय।
76498 राजदन्त ना. सामुन्नेका तल दुई र माथि दुई गरी जम्मा चार दाँ।
76499 राजदया ना. १.मृत्युदण्डको सजाय पाउने गरी फैसला भएका अभियुक्तलाई राजा, राष्ट्रपति वा सर्वोच्च शासकले दिने क्षमा; सजायको आंशिक वा पूर्ण माफी।
76500 राजदया ना. २. राजाद्वारा दिइने अभयदान।