Dictionary

All Word

76301 राँडीमासु ना. विधवाका शरीरमा लागेको मासु; पोइको मृत्युपछि स्वास्नीका जिउमा बढेर आएको मासु; राँडो मासु।
76302 राँडीमासु ना. राँडीलाई पोतेको रहर ( उखान )।
76303 राँडो ना. १.स्वास्नी मरिसकेको पुरुष; पत्नी बितिसकेको व्यक्ति; विधुर।
76304 राँडो ना. वि. २. स्वास्नी मरेको; विधुर।
76305 राँध्नु स.क्रि. कुनै वस्तु पकाउनु; पकाउनुपर्ने काम गर्नु; बनाइतुल्याइ गर्नु; रिँध्नु।
76306 राँधिनु अ.क्रि. १.खुबसँग पाक्नु; बेसरी पाक्नु।
76307 राँधिनु अ.क्रि. क.क्रि. २. राँध्ने काम गरिनु; रँधाइमा पारिनु।
76308 राँबो / राँमो ना. काठ ताछ्ता सम्म्याएर चिल्लो पार्ने हतियार; रामो।
76309 राइँदाइँ / राइँफाइँ ना. १.कुनै कामकुरामा हुने आफ्नै सामर्थ्यपूर्ण ढलीमली; रजाइँ; सम्पूर्ण; अधिकार।
76310 राइँदाइँ / राइँफाइँ ना. २. हैहुकुम।
76311 राइटर ना. नयाँ प्रशासनव्यवस्थाभन्दा पहिलेको बहिदारभन्दा माथि मुखियाभन्दा तलको पद वा उक्त पदको कर्मचारी।
76312 राइता / राइतो ना. नुन र मरमसला मिलाई दहीको लेदोमा चोपेर तयार गरिएको बुनियाँको अचार; पिँधेको रायोको धुलो र मरमसला मिलाएर बनाइएको दहीको लेदो।
76313 राइफल ना. सिसाका मसिना दश पन्ध्र, बिस वा अनेक गोलीहरू अटाउने र पड्केर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्ने आधुनिक बन्दुक।
76314 राइफाँडो ना. १.परस्परको झगडा, आपसको विवाद।
76315 राइफाँडो ना. २. कुनै वस्तु वा सरसामानको जथाभावी प्रयोग ३. गोबर, फोहर, हिलो आदि गिलो वा लेदो वस्तु कुल्चेर जथाभावी टेक्दा हुने फोहोर।
76316 राइफाँडो ना. ४. रायो पकाएको फाँडो ( निन्दार्थमा)।
76317 राइबाघ ना. १.ठुलो जातको बाघ, पाटे बाघ (रायल - बङ्गाल टाइगर)।
76318 राइबाघ ना. वि. २. भयङ्कर वा ठुलो, डंडाक, ढड्डु।
76319 राइबाघा वि. १.बघिनीको जस्तो दुच्छर स्वभावकी राकस्नी, मापाकी, राइबघिनी ना. २. बाघजस्ती भयङ्कर वा उग्र स्वभावकी आइमाई।
76320 राइबाघा वि. ३. ठुलो जातकी बघिनी।
76321 राइबाघे वि. राइबाघको जस्तो कडा आनीबानी भएको, मापाको दुच्छर स्वभावको डँडाक।
76322 राइरत्ती वि. १.भएभरको; अलिकति पनि नछोडिएको; सम्पूर्ण।
76323 राइरत्ती वि. क्रि.वि. २. थोर पनि; ज्यादै कम मात्रामा पनि; रायोको दानु अथवा रत्ती वा लालगेडीको दानुजति पनि।
76324 राई ना. गहुँको एक जात; मुडुलो गहुँ; मुडुली गहुँ; मुरली गहुँ।
76325 राई ना. हिमाली भेगमा पाइने एक जातको च्याङ्ग्रो।
76326 राई ना. १.प्राचीन नेपाली भाषामा राजालाई (विशेषतः कर्णाली प्रदेशका) बुझाउने शब्द।
76327 राई ना. २. नेपालको एक जाति; किराँती।
76328 राई ना. ३. प्राचीन कालमा मालपोत वा तिरोभरो उठाउने एक पदाधिकारी।
76329 राई ना. ४. रायो।
76330 राई ना. ५. पिप्लाको साग।
76331 राईकुरा ना. राईभाषा।
76332 राईगँडेरो ना. कालीगण्डकीतिर पाइने ठुलो जातको गँडेरो।
76333 राईजाति ना. राई।
76334 राईपगरी ना. मर्यादाका लागि राईलाई दिइने वा दिइएको पगरी; राईको मानमर्यादाको पगरी।
76335 राईभाषा ना. राईजातिले बोल्ने अनेकौँ भाषाहरूमध्ये कुनै एक।
76336 राउटे ना. नेपालको सुदूर पश्चिमाञ्चलको, फिरन्ता व्यवसाय भएको सिकारजीवी एक जाति; काठका भाँडाहरू बनाई जीवन वृत्ति चलाउने र जङ्गलमा बस्ने एक जाति।
76337 राउटे कुरा ना. राउटे जातिको भाषा।
76338 राउटे जाति ना. राउटे।
76339 राउटे संस्कृति ना. राउटे जातिको, अझै गुफामा आश्रित संस्कृति।
76340 राउटे सभ्यता ना. राउटे जातिको अझै कृषि-व्यवसायमा रतिई नसकेको आदिम सभ्यता।
76341 राउत ना. नेपाली क्षत्रीको एक थर।
76342 राउत ना. स्त्री. राउत्नी; रौतिनी।
76343 राउल ना. नेपाली क्षेत्रीको एक थर।
76344 राउल ना. स्त्री. राउल्नी।
76345 राकस ना. १.राक्षस; राच्छेस।
76346 राकस ना. २. दुष्ट स्वभाव भएको व्यक्ति वा प्राणी ।
76347 राकस ना. वि. ३. दुष्ट; निठुरी।
76348 राकसनी / राकस्नी ना. १.राक्षस स्त्री; दानवी।
76349 राकसनी / राकस्नी ना. २. दुष्ट स्वभाव भएकी आइमाई; साह्रै मापाकी स्वास्नीमान्छे; दुष्टा स्त्री।
76350 राकसनी / राकस्नी ना. ३. असाधारण साहस र काम गर्ने शक्ति भएकी आइमाई।