Dictionary

All Word

76351 राकसनी / राकस्नी ना. वि. ४. अति दुष्टा; दयामाया कत्ति पनि नभएकी; साह्रै क्रूर वा निष्ठुर स्वभावकी।
76352 राका ना. १.पूर्णिमाको रात; पूर्णिमा।
76353 राका ना. २. अङ्गिरा ऋषिका चार छोरीमध्ये एक।
76354 राका ना. ३. बृहस्पति ऋषिकी भगिनी; अग्नि, बृहस्पति, उतथ्य र संवर्तका चार भगिनी-अनुमती, राका, कुहु र सिनीवालीमध्ये एक।
76355 राक्षस ना. १.प्राचीन युगदेखि नै मान्छेका प्रतिपक्षी मानिएका असुरजाति; राक्स।
76356 राक्षस ना. २. पुराण आदिका अनुसार नरभक्षी जाति।
76357 राक्षस ना. वि. ३. दुष्ट; क्रूर; दुच्छर।
76358 राक्षस विवाह ना. युद्ध नगरीकनै सुटुक्क कन्या लुटेर ल्याई गरिने विवाह; स्मृतिले बताएका विभिन्न प्रकारका विवाहमध्ये एक।
76359 राक्षसी ना. १.राक्षसजातिकी स्त्री;स्त्री राक्षस।
76360 राक्षसी ना. २. दुष्ट स्वभाव भएकी आइमाई; दुच्छर स्वास्नीमान्छे।
76361 राक्षसी ना. वि. ३. राक्षससम्बन्धी; आसुरी।
76362 राक्षसी ना. ४. राक्षस झैँ निष्ठुर स्वभावकी।
76363 राक्षसी ना. ५. राक्षसजस्तो डरलाग्दो; विकट (कर्म)।
76364 राक्षसी माया ना. आसुरी माया; छलछाम।
76365 राक्षसी विवाह ना. राक्षसविवाह।
76366 राक्से वि. १.फोहरी; मैलो।
76367 राक्से वि. ना. २. रासकोटी ठकुरीलाई पूर्व नेपालमा भनिने शब्द।
76368 राक्सेनी वि. १.राकस स्वभाव भएकी (स्त्री)।
76369 राक्सेनी वि. ना. २. रासकोटी महिला वा रासकोटीकी पत्नी।
76370 राख्नु स.क्रि. १.कुनै वस्तुलाई कुनै ठाउँमा थन्क्याउनु,;एक ठाउँमा जतनसाथ रहन दिनु।
76371 राख्नु स.क्रि. २. जोगाउनु; साँच्न; खर्च नगर्नु।
76372 राख्नु स.क्रि. ३. बसाउनु; बसाल्नु।
76373 राख्नु स.क्रि. ४. कुनै वस्तुको प्रतिष्ठा गर्नु; स्थापना गर्नु; थाप्नु।
76374 राख्नु स.क्रि. ५. विवाहविधि नगरी कुनै आइमाईलाई स्वास्नी बनाउनु; रखौटी तुल्याउनु।
76375 राखन ना. कुनै वस्तुको संरक्षण 'धरन' शब्दसँग समास हुँदा मात्रै, जस्तै राखनधरन।
76376 राखनधरन ना. कुनै वस्तुको थान्कोमुन्को गर्ने काम; जोगाउ।
76377 राखफार ना. १.राख्ने र फेर्ने काम।
76378 राखफार ना. २. फेरफार गर्ने,कपडा, गहना आदि।
76379 राखल ना. जीवनका आयुको सीमा; बाँच्नुपर्ने अवधि; आयु; परमायु।
76380 राखल ना. २. रक्षक भगवान्; विष्णु।
76381 राखलदास ना. १.विष्णुको भक्।
76382 राखलदास ना. २. दासहरूका रक्षक विष्णु।
76383 राखाली ना. नेपालको एक प्रसिद्ध किराँत-जाति।
76384 राखिनु क.क्रि. राख्ने काम गरिनु; थान्कोमुन्को गरिनु; थन्क्याइनु।
76385 राग ना. १.सुरुवालको जाँघ वा चाकमा पर्ने फराकिलो भाग।
76386 राग ना. २. तिघ्राको अघिल्लो भाग।
76387 राग ना. ३. घोडाको काठीमा बसेर जाँघले च्याप्ने एक प्रक्रिया।
76388 राग ना. १.कुनै प्यारो विषय वा वस्तुप्रति हुने अनुराग;झुकाउ; प्रेमभाव; अनुरक्ति।
76389 राग ना. २. कुनै वस्तु वा विषयप्रतिको मोह।
76390 राग ना. ३. लोभ; लालसा।
76391 राग ना. ४. उमङ्ग; आनन्द; हर्ष।
76392 राग ना. ५. ईर्ष्या; द्वेष।
76393 राग ना. ६. कपुर, कस्तूरी, चन्दन आदिबाट तयार गरिएको, शरीरमा घस्ने लेप; अङ्गले।
76394 राग ना. ७. मेहँदी; माहुर।
76395 राग ना. ८. रसरङ्ग।
76396 राग ना. ९. अत्यन्त चर्को वा कडा गन्ध।
76397 राग ना. १०. सङ्गीत - शास्त्रअनुसार स्वर र गायनप्रक्रियाद्वारा सुव्यवस्थित, सुन्दर र आकर्षक ध्वनिहरूको विशेष संयोजन; ध्वनिराग।
76398 राग ना. (यसका औडव, षाडव र सम्पूर्ण तीन भेदका भैरव, मालकोश, हिण्डोल, दीपक, श्री र मेघ छ राग छन्।) ११. पिरोपन; हरक।
76399 रागदरबारी ना. शास्त्रीय सङ्गीतको एक राग।
76400 रागद्वेष ना. १.मनमा जन्मिने घमन्ड, उत्तेजना, रिस आदि।