Dictionary

All Word

76201 रसेटो ना. २. पकाउने, पिध्ने आदि धेरै कामधन्दाको टन्टा; झमेला।
76202 रसेटो ना. कुनै चिजबिजको थुप्रो वा डङ्गुर।
76203 रसौषध ना. पारो हालेर तयार गरिएको औषधी; धातुको भस्मको रसादि।
76204 रस्ता ना. १.बाटो; मार्ग।
76205 रस्ता ना. २. कुनै कार्यसम्पादन गर्ने उपाय; काम गर्ने कुनै पनि तरिका।
76206 रस्ताकिस्ता ना. १.कामकाज गर्ने प्रबन्ध; कार्यसञ्चालन गर्ने प्रबन्ध; रस्ता।
76207 रस्ताकिस्ता ना. २. विभिन्न प्रकारका आर्थिक कारोबार गर्ने बन्दोबस्त; रकमकलमका ठेकाहरूको लेनदेन गर्ने व्यवस्था।
76208 रस्याइ ना. रस्याउने वा थुप्य्राउने क्रियाप्रक्रिया।
76209 रस्याइनु क.क्रि. रस्याउने काम गरिनु; थुप्य्राइनु।
76210 रस्याउनु स.क्रि. १.कुनै वस्तुको डङ्गुर लगाउनु;रास पार्नु; थुपार्नु।
76211 रस्याउनु स.क्रि. २. मलत्याग गर्नु; थुस्स्याउनु (निन्दार्थमा )।
76212 रह ना. पानीको ठुलो दह; ताल; ह्रद।
76213 रहनु अ.क्रि. १.बस्नु; ठहर्नु; टिक्नु।
76214 रहनु अ.क्रि. २. मौजुद हुनु; उपस्थित हुनु; विद्यमान हुनु।
76215 रहनु अ.क्रि. ३ गतिमा अडान आउनु; रोकिनु; थामिनु।
76216 रहनु अ.क्रि. ४. कुनै वस्तुको अवशेष बच्नु; बाँकी हुनु; बच्नु।
76217 रहनु अ.क्रि. ५. जहाँको तहाँ छुट्नु; छोडिनु।
76218 रहकुल ना. कुनै समूहको हिसाबबाट बाँकी रहेको अंश; अवशेष; बचेखुचेको वस्तु।
76219 रहजन ना. एकलास पुरेको बाटो ढुकेर बटुवाहरू लुट्ने डाँकू; एकान्तमा ढुकेर डाँका गर्ने चोर।
76220 रहजनी ना. बाटाघाटाको एकान्त ठाउँमा ढुकी मौका पारेर डाँका गर्ने काम; डकैती।
76221 रहन ना. रहाइ; बसाइ (समासको आरम्भमा मात्र, जस्तै- रहनसहन )।
76222 रहनसहन ना. १.लवाइ खवाइ, व्यवहार, परम्परा आदिको ढाँचाकाँचा।
76223 रहनसहन ना. २. जीवननिर्वाह गर्ने पद्धति।
76224 रहनी ना. १.रहने वा रोकिने ठाउँ; गति अवरोध हुने स्थल।
76225 रहनी ना. २. कसैको मन राख्ने व्यवहार; चित्त बुझाउने कुरो।
76226 रहनी ना. ३. कवितामा निश्चित ठाउँमा रहने विश्राम; यति; अडान।
76227 रहनी ना. ४ गीत वा सङ्गीतको क्रमशः दोहरिइरहने अंश; टेक; स्थायी।
76228 रहनी ना. ५. थेगो।
76229 रहर ना. १.शिरीषका जस्ता पात हुने, बढीमा चार मिटर लामो, एकै साल मात्र रहने बुटो हुने, पहेँला फूल फुल्ने र एकै भेट्नामा चारपाँचवटा कोसा लाग्ने, एक कोसामा दशबाह्रवटा दाना लाग्ने, दालजातको एक अन्न।
76230 रहर ना. २. यसै कोसाका फललाई दलेर दाल खान बनाइएको छाँटा।
76231 रहर ना. कुनै काम वा ज्ञानार्जन आदि गर्न जाग्ने उत्कट इच्छा; उत्कण्ठा; चाख; चाह; आकाङ्क्षा।
76232 रहरलाग्दी वि. अभिरुचि बढाउने खालकी; मन पर्ने किसिमकी; राम्री (स्त्री)।
76233 रहरलाग्दो वि. अभिरुचि वा आकर्षण जगाउने खालको; मनपर्दो।
76234 रहरी ना. रहर (दाल र बोट)।
76235 रहरे वि. रहर गर्ने; अत्यन्त इच्छा गर्ने; रौसे।
76236 रहरेको खहरे पदा. अनावश्यक कुराको रहर गर्ने अचाडु व्यक्ति।
76237 रहल वि. रहेको; बचेको; बचेखुचेको; उब्रेको।
76238 रहलपहल वि. १.बाँकी रहेको; बचेखुचेको ना. २. उम्रिएको वस्तु;निथारपिथार; जुठोपुरो।
76239 रहस्य ना. १.प्रकृतिका जुनसुकै पक्षमा भित्र छिपेर रहेको गाँठी कुरो; मूल तत्त्व; गुप्त तत्त्व; गुप्त भेद; गुह्य; गोप्य तत्त्व।
76240 रहस्य ना. २. मर्म; मित्री आशय।
76241 रहस्य ना. ३. दार्शनिक दृष्टिले दुर्बोध वस्तुको प्रत्यक्षीकरण गर्न प्रयास गरिने सार वस्तु; दुर्बोध तत्त्व।
76242 रहस्य ना. वि. ४. गुप्त; छिपेको।
76243 रहस्यवाद ना. प्रत्यक्ष वस्तुलाई परिचालन गर्ने तत्त्वका रूपमा भित्री तहमा रहेका शक्तिलाई स्विकार्ने सिद्धान्।
76244 रहस्यवादी वि. रहस्यवादको अनुसरण गर्ने; रहस्यवादको समर्थक।
76245 रहाँटे ना. १.रँगटे कमिलो।
76246 रहाँटे ना. २. चर्खे पिङ।
76247 रहाँटो ना. राँटो।
76248 रहाइ ना. रहने भाव, क्रिया वा प्रक्रिया।
76249 रहाइनु क.क्रि. रहन लाइनु; बसाइनु।
76250 रहाउनु प्रे. क्रि. रहन लाउनु; रहने पार्नु; बसाउनु।