Dictionary

All Word

76151 रसाउनु अ.क्रि. ६. रसाइन लाउनु।
76152 रसाउनी ना. रसाइन।
76153 रसाञ्जन ना. आँखाको औषधीका निम्ति चुत्राको काठ, जरो आदि पकाएर बनाइने वस्तु; आँखाको औषधी; रसगर्भ।
76154 रसातल ना. पृथ्वीभन्दा तल मानिएका सात लोकमध्ये छैटौँ लोक; पाताल र तलातलका बिचको एक लोक।
76155 रसात्मक वि. १.काव्यमा आवश्यक रसले युक्।
76156 रसात्मक वि. २. रसलाई महत्त्व दिएर लेखिएको।
76157 रसात्मक वि. ३. रसिलो; रोचक।
76158 रसात्मक वि. ४. झोलदार; झोलिलो; रसयुक्त; तरल।
76159 रसादि ना. १.पारो हालेर भस्मका रूपमा तयार गरिएको आयुर्वेदिक औषधी।
76160 रसादि ना. वि. २. धातुउपधातु मिसाई बनाइएको (औषधी)।
76161 रसायन ना. १.धातुलाई गालेर भस्म पार्ने वा एक धातु वा द्रव्यलाई अर्का वस्तुमा परिणत गर्ने विज्ञान; रासायनिक विद्या;रसायनशास्त्र।
76162 रसायन ना. २. तामालाई सुन बनाउन सकिने एक कल्पित योग।
76163 रसायन ना. ३. औषधी।
76164 रसायन ना. ४. रसाइन।
76165 रसायन ना. ५. तरल पदार्थ बिस्तारै चुहुने काम; रसाइ।
76166 रसायन विज्ञान ना. रसायनसम्बन्धी विधिलाई प्रदर्शन गर्ने विद्या।
76167 रसायनशास्त्र ना. पदार्थमा रहने अनेकानेक रसतत्त्वको विवेचना वा विश्लेषण गर्ने विद्या; रसायन विज्ञान।
76168 रसाल ना. १.आँप; आम्रफल।
76169 रसाल ना. २. उखु।
76170 रसाल ना. ३. कटहर।
76171 रसाल ना. वि. ४. रसले भरिएको; रसिलो ।
76172 रसाल ना. ५. मिठो; मधुर; स्वादयुक्।
76173 रसालु वि. रस वा स्वाद लिन जान्ने।
76174 रसालो ना. सिखर्नी।
76175 रसिनु अ.क्रि. १.प्रेम हुनु; परस्परमा आकर्षण बढ्नु;हिमचिम हुनु।
76176 रसिनु अ.क्रि. २. तरल पदार्थ अलिअलि गरी चुहुनु।
76177 रसिनु अ.क्रि. ३. दुईवटा धातुका वस्तुहरू परस्परमा रसाइनद्वारा जोडिनु।
76178 रसिनु अ.क्रि. ४. प्वाल परेको ठाउँ रसाइनद्वारा टालिनु ; रसाइनु।
76179 रसिक वि. १.रस वा स्वाद लिने; पारख गर्न जान्ने।
76180 रसिक वि. २. आनन्दी; मगनमस्।
76181 रसिक वि. ३. क्रीडाप्रेमी; खेलप्रिय।
76182 रसिक वि. ४. रसदार; स्वादिष्ठ।
76183 रसिक वि. ना. ५. सौन्दर्य, कला, साहित्य आदि विषयमा अनुराग भएको व्यक्ति; सहृदयी व्यक्ति; भावयुक्त व्यक्ति।
76184 रसिक वि. ६. काव्य र कलाको मर्म बुझ्न सक्ने व्यक्ति; रसज्ञ।
76185 रसिकता ना. १.रसिकको गुण वा भाव; रसिकपन; रसज्ञता।
76186 रसिकता ना. २. हँसीदिल्लगी; ख्यालठट्टा।
76187 रसित वि. १.रस भएको; रसयुक्।
76188 रसित वि. २. रसाएको; चुहेको।
76189 रसित वि. ३. शब्द वा आवाज निकालिएको।
76190 रसिद ना. रसीद कुनै वस्तु वा पैसा बुझाउँदा बुझ्ने तर्फबाट बुझाउनेले लिइराख्ने पुर्जी; भर्पाई।
76191 रसिया ना. १.युवकयुवतीले परस्परमा प्रश्नोत्तर गरेर गाउने शृङ्गार रसयुक्त लोकगीत; तरुनी- तन्नेरी मिलेर गाइने दोहोरी; जुहारीको एक प्रकार।
76192 रसिया ना. २. झ्याउरे छन्दको एक प्रकार।
76193 रसिलो वि. १.धेरै रस भएको; रसैरस भरिएको।
76194 रसिलो वि. २. मिठो; स्वादिष्ठ।
76195 रसिलो वि. ३. सुन्दा आनन्द लाग्ने; सुमधुर।
76196 रसिलो वि. ४. मिजासिलो; रमाइलो कुरा गर्ने।
76197 रसिलो वि. ५. ठट्यौलो; रसिक।
76198 रसुवा ना. १.नेपालको वाग्मती अञ्चलको काठमाडौँ जिल्लाभन्दा उत्तरी भेकतिर रहेको एक पहाडी जिल्ला।
76199 रसुवा ना. २. सोही जिल्लाको उत्तरी भागमा पर्ने, आवतजावत गर्ने एक हिमाली भन्ज्याङ।
76200 रसेटो ना. १.रस पकाउने वा केही पकाउने चुलो; उखु, कागती, तित्री आदिको रस पकाउने ठुलो चुलो।