Dictionary

All Word

76051 रशना ना. २. लगौँटी अल्झाउन कम्मरमा लगाइने सूत्र; मौञ्जी।
76052 रशना ना. ३. पटुका; पेटी।
76053 रशना ना. ४. डोरी।
76054 रशनोपमा ना. अलङ्कारशास्त्रका अनुसार उमपेय क्रमशः उपमानमा बदलिँदै गएर शृङ्खला तयार हुने एक अर्थालङ्कार।
76055 रश्मि ना. १.चहकदार वस्तुबाट निस्कने किरण; प्रकाशमय वस्तुबाट निस्कने किरण; प्रकाश; ज्योति; चमक।
76056 रश्मि ना. २. रथ वा सादा घोडाका मुखबाट चालकका हातसम्म पुग्ने डोरी; चालकले घोडालाई वशमा राख्न प्रयोग गर्ने साधन।
76057 रश्मि ना. ३. घोडाको लगाम; गाडाको रास।
76058 रश्मि ना. ४. डोरी।
76059 रस ना. १.आलो वा गिलो वस्तु निचोर्दा आउने द्रव पदार्थ; झोल।
76060 रस ना. २. वन्य जरीबुटीका पात, बोक्रा, डाँठ, जरा र फूलसमेत पाँच अङ्गलाई कुटेर निचोर्दा आउने तरल पदार्।
76061 रस ना. ३. जरीबुटी, वनस्पति आदिलाई उसिनेर निकालिने सार; जरीबुटीको काँडा।
76062 रस ना. ४. रुख-बिरुवामा घाउ लगाएर निकालिने खोटो, चोप आदि कुनै प्रकारको तरल पदार्थ; निर्यास।
76063 रस ना. ५. प्राणीका शरीरबाट निस्कने रगत, दुध, वीर्य, पसिना आदि।
76064 रस ना. ६. अमरता प्रदान गर्ने सुधा; अमृ।
76065 रस ना. ७. रक्सी; मदिरा ८. प्राणीले खाएको भोजन पाचनथैलीमा पुगी रगत बन्नुभन्दा पहिले बन्ने तरल पदार्थ; शरीरका सप्त धातुमध्ये एक।
76066 रस ना. ९. जल; पानी।
76067 रस ना. १०. तरल पदार्थ; पन्यालो वस्तु; द्रव।
76068 रस ना. ११. पानीमा घोलिएको चिनी, मिस्री, नुन आदिको घोल; मिश्रि।
76069 रस ना. १२. खाद्य वस्तु जिभ्रामा पर्दा जिभ्राले अनुभव गर्ने अमिलो, नुनिलो, पिरो, गुलियो, टर्रो, तितोसमेत छ प्रकारको स्वाद; षड्रस; रसनेन्द्रियले प्राप्त गर्ने आस्वाद।
76070 रस ना. १३. साहित्यमा विभाव, अनुभाव र सञ्चारीभावका संयोगबाट प्रस्फुरण हुने शृङ्गार, वीर, करुण, हास्य, अद्भुत, भयानक, रौद्र, बीभत्स र शान्तसमेतका अनुभूतिगत नवरस।
76071 रस ना. १४. कुनै वस्तुको सारतत्त्व; मुख्यतत्त्व।
76072 रस ना. १५. आयुर्वेदीय पद्धतिअनुसार विभिन्न धातुहरूको भस्म बनाएर तयार गरिएको औषधी; रसादि।
76073 रस ना. १६. पारो।
76074 रस ना. १७. सिम्रिक।
76075 रस ना. १८. कामव्यवहारमा रसबस गर्ने व्यक्तिले पाउने आकर्षण;आन्तरिक रुचि।
76076 रस ना. १९. कुनै कार्य गर्दा मिल्ने आत्मसन्तुष्टि।
76077 रस ना. २०. रसरङ्ग; रासक्रीडा; केलि।
76078 रस ना. २१. गणितज्योतिषमा ६ अङ्कको नाम; ६ अङ्कलाई बुझाउने शब्द।
76079 रस ना. २२. वास्तु तथा मूर्तिकलाअनुसार ६ अमलको नापोलाई बुझाउने शब्द।
76080 रसकपुर ना. आयुर्वेदमा प्रयोग हुने एक सेतो धातु।
76081 रसकेलि ना. १.आमोदप्रमोद।
76082 रसकेलि ना. २. रसरङ्ग।
76083 रसकेलि ना. ३. मोजमज्जा।
76084 रसकेसर ना. कपुर; कर्पूर।
76085 रसक्रीडा ना. रसकेलि।
76086 रसगरी ना. बेसारका जस्ता पात, तन्किएका काण्ड, दशदेखि तिस सेन्टिमिटर लामा, मालाआकारका पात हुने र पातकै टुप्पामा सेतो गुलाफी फूल फुल्ने, हिमालयतिर पाइने, आयुर्वेदमा गाईबस्तुका औषधीको रूपमा प्रयोग गरिने, अदुवाका समूहको एक बुटी।
76087 रसगर्गी ना. जरामा आलु जस्तै दाना लाग्ने, संयुक्त पात हुने, लहरामा बास्नायुक्त मसिना फूल फुल्ने र राता फल लाग्ने, आयुर्वेदका अनुसार काण्डको उपयोग दाँत दुख्दा र जराको उपयोग टाउको दुख्दा हुने एक लहरो।
76088 रसगर्भ ना. रसाञ्जन।
76089 रसगोला ना. दूध फटाएको छोक्रालाई गोलगोल पारी चिनीको चास्नीमा डुबाई बनाइने मिठाई; रसबरी।
76090 रसज्ञ वि. १.साहित्य वा आयुर्वेदमा वर्णन भएअनुसार रसको मर्मलाई फेला पारी पारख गर्न जान्ने; रसको महत्त्वलाई बुझ्ने।
76091 रसज्ञ वि. २. कला र साहित्यको मूल्यलाई हृदयदेखि कदर गर्न जान्ने; रसिक।
76092 रसद ना. १.कुनै समूह, संस्था, सेना आदिका निमित्त व्यवस्था गरिने खाद्य सामग्री; रासन;अन्नपात; अनाज।
76093 रसद ना. २. सिधा;रसोद।
76094 रसपानी ना. खाने कुरा र पानी;अन्नपानी; खाद्यान्न र पेय जल।
76095 रसदार वि. एकदमै रसयुक्त; रसैरस भएको; रसिलो।
76096 रसधयेँरो ना. टोकरीटोकरी परेका राता फूल फुल्ने, फुस्रा हरिया रडका लाम्चा, मसिना पात हुने, बुटाबुटी परेका मसिना रुख हुने, प्रायः चार हजार फिटभन्दा कम उचाइमा मात्र हुने, प्रशस्त गुलियो रस भए पनि सीताको रगत ठानी मौरी बस्तैन भनी लोकले विश्वास गरिएको एक पोथ्रो।
76097 रसधातु ना. १.शरीरमा रहेका सात धातुमध्येको एक धातु वा जलीयतत्त्व।
76098 रसधातु ना. २. पारो।
76099 रसन ना. जिब्राले छोएर स्वाद विचार गर्ने कार्य; चखाइ।
76100 रसना ना. १.खाएका वस्तुको मिठोनमिठो, तितोपिरो आदि स्वाद थाहा पाउने अङ्ग; जिब्रो।